भूश्री बचाउने दानवीर हातहरु फेरि पुगे पोखरा

Read Time:2 Minute, 59 Second

कास्की थुमाकोडाँडा वडा नम्वर ३ याङ्जाकोट निवासी मृगौलापिडित भूश्री तमूको मृगौला प्रत्यारोपणको लागी सहयोग आउने क्रम जारी छ । पछिल्लोपटक पिडित भूश्रीको मृगौला प्रत्यारोपणका लागी कोरियाबाट १ लाख भन्दा बढी सहयोग प्राप्त भएको छ ।  पोखरा लालीगुँरासटोल घर भई हाल कोरियामा कार्यरत रुप वहादुर तमू र संगमटोल घर भई हाल कोरियामा कार्यरत सुबास तमूको सक्रियतामा संकलित १ लाख ३ हजार रुपैयाँ शनिवार एक समारोहवीच पिडित भूश्रीलाई हस्तान्तरण गरिएको छ । याङ्जाकोट तमू समाज पोखरामा आयोजित हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष अनरी कप्तान दल वहादुर तमूले पिडित भूश्रीलाई उक्त रकम हस्तान्तरण गरेकाथिए ।
हप्तामा दुईपटक डाईलोसिस गर्नुपर्ने भुश्रीको मृगौलाको लागी एकपटक डायलोसिसको करिव १ हजार ८ सय रुपैया खर्च लाग्ने परिवारले जनाएको छ । आफन्तबाट मृगौला पाएमा प्रत्यारोपण गर्न करीब ७ लाख लाग्ने र मृगौला किनेर प्रत्यारोपण गर्नुपर्दा १५ लाख लाग्ने भुश्रीको परिवारले जनाएको छ ।
यसअघि वेलायतमा रहेका भोजबहादुर केप्छैँ तमु र केशवहादुर त्होर्जे तमुको पहलमा वेलायतमा रहेका नेपालीहरुद्धारा संकलित एक लाख १ हजार १ सय ५१ रुपैया एक समारोहका विच शनिवार हस्तान्तरण गरिएकोथियो । त्यसैगरी वेलालयतमै रहेका मिनवहादुर केप्छै तमूको सक्रियतामा केप्छै, म्होब्जैँ र योज्मै दाजु-भाईहरुबाट संकलित ७२ हजार रुपैया पनि पिडित भूश्रीले प्राप्त गरिसकेकाछन् ।हालसम्म भूश्रीको मृगौला प्रत्यारोपणका लागी करिब साढे ६ लाख रुपैया संकलन भइसकेको परिवारले जानकारी दिएको छ ।
०६९ साल पौष महिनामा काठमाडौँमा स्वस्थ्य परिक्षणको क्रममा मृगौलामा खराबी देखिएका ४२ वर्षिया भूश्रीलाई सहयोग गर्न चाहनेले हिमाली बैँक न्युरोड पोखराको खाता नम्वर ०१६०४३२८९९००१२ मा जम्मा सहयोग गर्न सकिने उनका श्रीमान् सूर्य तमूले बताएकाछन् ।

-देवीजंग तमू, पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %