भानुजयन्तीमा दाहाल र छेत्रीको रथयात्रा

Read Time:4 Minute, 0 Second

काठमाण्डु

 नेपालीलाई खस भाषाका माध्यमबाट जोड्न खास रोल खेलेका आदिकविको उपमा दिइएको भानुभक्त आचार्यको आज २ सय औ“ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइदै छ ।

आदिकवि आचार्यको जन्म विक्रम सम्वत १८७१ साल असार २९ गते आजैका दिन तनहुको चुदी रम्घामा भएको थियो ।   सरल र सहज भाषमा कविता लेखन सुरु गर्ने नेपालकै पहिलो व्यक्ति भएका कारण भानुभक्तलाई आदिकविको उपमा दिइएकोहो । भानुभक्तले  संस्कृत भाषामा लेखिएको रामायण नेपालीमा भावानुवाद गरी नेपाली भाषाको विकासमा महत्वपूर्ण योदगान गरेकाथिए । भानुभक्तका रामायणबाहेक बधुशिक्षा, भक्तिमाला, प्रश्नोत्तरी, रामगीताका साथै थुप्रै फुटकर कविताले नेपाली साहित्यलाई समृद्ध तुल्याउन महत्वपूर्ण योगदान दिएको मानिन्छ ।
  भानुजयन्तीका अवसरमा आज मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, राष्ट्रकवि माधव घिमिरेलगायतले प्रज्ञा भवन परिसरमा रहेको भानुभक्तको शालीकमा माल्यार्पण गरेका थिए ।  भानु जयन्तीका अवसरमा भानु प्रतिष्ठानले बिहान काठमाडौमा प्रभातफेरी तथा रथ यात्रा निकाल्यो । वरिष्ठ कवि लीलबहादुर छेत्री आसाम (भारत) र रेडियो नेपालका साहित्य संसार कार्यक्रम प्रस्तोता दाहाल यज्ञनिधिलाई रथमा राखेर सहरका विभिन्न भागको परिक्रममा गराइएको थियो । कमलादीबाट सुरु भएको रथयात्रा रत्नपार्क, भद्रकाली, न्यूरोड, भोटाहिटी, जमल, घण्टाघर हुदै पुनः कमलादीमै पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा श्रष्टाहरु लीलबहादुर छेत्री र दाहाल यज्ञनिधिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्मान ग्रहण गर्दै  साहित्यकार छेत्रीले नेपाल र नेपालीले गरेको सम्मानले आफ्नो ह्रदय भरिएको प्रतिक्रिया दिए । यस्तै भानुभक्तको जन्मस्थल तनहुंमा पनि कविता बाचन तथा सांगितिक कार्यक्रम गरेर भानु जयन्ती मनार्इदैछ । भानु जयन्तीका अवसरमा आज मुलुकभित्र र बाहिर रहेका नेपालीले पनि भानुजयन्ती मनाउने गरेका छन् । यस्तै नेपाली भाषी बाहुल्य भारतको सिक्किम, दार्जिलिङ, आसामलगायत क्षेत्रमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
भानुभक्त आचार्यले सबैले बुझ्ने सरल र सहज नेपाली भाषाको माध्यमबाट मुलुकलाई एकसूत्रमा बॉध्ने काम गरे । तर तीनै भाषाको आडमा शासकहरुले नेपालका अन्य भाषाहरुलाई पाखा लगाउने र बन्चितीकरण गर्ने काम गरेकोले भानुभक्तप्रति उनीहरु रुष्ट छन् । केहि बर्ष अघि दार्जिलिङमा यहि बिषयलाई लिएर भानुभक्तको शालिक ढाल्ने काम गरिएकोथियो । त्यसैले अन्य भाषाहरुलाई पनि उत्तिकै मान सम्मान गर्दै नेपाली भाषालाई राष्ट्रिय भाषाको रुपमा विकास गर्नु आजको आवश्यक्ता ठानिएकोछ ।
आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %