पोखरा, २९ असार
तमु धिं नेपालकी अध्यक्ष वरिष्ठ समाजसेवी कर्म तमुद्वारा स्थापित एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०७०’बाट अग्रज पत्रकार एवं लेखक तिलकप्रसाद पुन पुर्जा सम्मानित भएकाछन् ।
अध्यक्ष तमुको ३३ औं वैवाहिक वर्षगाँठका अवसरमा शनिबार एक कार्यक्रमका बिच पुरस्कार स्थापनाकर्ता कर्म तमुले नगद पाँच हजार एक रुपैया सहित सम्मानपत्र, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दुर्गा भण्डारीले खादा र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष हुमबहादुर तमुले भाङ्ग्राबाट पत्रकार पुनलाई सम्मान गरे ।
पुनलाई पुरस्कृत गर्दे समाजसेवी कर्म तमुले आफू ‘हाइलाइट’ हुनका लागि नभई आदिवासी जनजाति पत्रकारहरूलाई हौसला बढाउनका लागि पुरस्कारको स्थापना गरेको बताईन । उनले भने, आदिवासी जनजाति मुद्दालाई आदिवासी जनजाति पत्रकारहरूले आफ्नो कलमका माध्यमबाट निरन्तर उठाइरहन सकून् भनेर प्रोत्साहनका लागि मैले सानै रकमको भएपनि पुरस्कारको स्थापना गरेको हुँ, हाम्रो समाजका समाजसेवीहरुले आदिवासी जनजाति पत्रकारहरुलाई प्रोत्साहन गर्न जरुरी छ । तमुले उक्त पुरस्कार आफुपछि छोराले समेत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरिन ।
पुरस्कारबाट सम्मानित भएपछि बोल्दै पत्रकार पुनले भने, ‘म लामो संघर्ष र उत्पीडनका बीचबाट यहाँसम्म आएको छु, पुरस्कारले मलाई थप जिम्मेवारीबोध महसुस गराएको छ । मैले कहिल्यै आफ्नो लेखनीमाथि घमण्ड गरेको छैन, म उत्पीडित आदिवासी जनजातिप्रति सदा समर्पित रहनेछु ।’
प्रतिभा छनौट समितिका सदस्य, फोनिज कास्कीका सल्लाहकार, रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले लामो समयदेखि सामुदायिक, सामाजिक योगदान दिदै आएकी कर्म तमु र पुरस्कारको छनौटका बारेमा चर्चा गरेकाथिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रूद्र भट्टले पत्रकार पुनको सम्मानले सिंगो पत्रकारिता जगत् सम्मानित भएको धारणा राख्दै समाजसेवी कर्म तमुले पत्रकारिता क्षेत्रप्रति लगाएको गुनप्रति धन्यवाद व्यक्त गरे ।उनले पत्रकारीतामा पनि समावेशीता आवाश्यकता छ, उक्त मुद्धा उठान गरेको फोनिजप्रति आफु सदा साथ रहने बताए ।
फोनिज कास्कीका सल्लाहकार एवं नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजबहादुर गुरुङले राज्यले आदिवासी जनजातिद्वारा सञ्चालित पत्रपत्रिकालाई बेवास्ता गरेको र राज्यले समानुपातिक विज्ञापन वितरण प्रणाली तत्काल लागू गर्नुपर्ने बताउँदै पत्रपत्रिका बाँचेमात्र श्रमजीवी पत्रकारहरू बाँच्ने उल्लेख गरेकाथिए ।
सञ्चारिका समुह पश्चिमाञ्चल अध्यक्ष बसन्ती बाँस्तोलाले सामुदायिक अभियन्ता कर्म तमुले पत्रकारिता पुरस्कार स्थापना गरिदिनुभएर आम पत्रकारीता क्षेत्रलाई सम्मान गर्नुभएकोमा खुशी व्यक्त गरिन ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका सचिव पूर्ण Þयोल्मोले आदिवासी जनजातिका सवालहरूलाई पत्रकारहरूले प्राथमिकताका साथ कलम चलाउन आग्रह गर्दै राज्यले गरेको विभेदका विरुद्ध पनि पत्रकार जगतले सहयोग गर्नुपर्ने बताए ।
पुरस्कार छनौट कर्म तमु, फोनिजका सल्लाहकारहरु अधिवक्ता सुरेन्द्र थापामगर, रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजबहादुर गुरुङ र फोनिज कास्कीका हुमबहादुर गुरुङ सम्मिलित समितिले गरेको थियो ।
पुरस्कारका लागि छनौट भएका ५० वर्षिय पुर्जा २०५४ सालदेखि आदिवासी जनजातिको विषयमा लेखन एवं पत्रकारिता गर्दै आईरहेकाछन् । लेखकको जनजाति मञ्च, हिमदुत, कास्की आवाज, पुनहिल, लाङ्घाली, फेवा पोष्ट, कानुङ लाम, तमु संसार, तमु सँु, रहस्य, लोकलहरी, भञ्ज्याङ, गोखरा सैनिक आवाज, विमोचन, थोम्र्यो, ङ्योई नाँसा धिं, तमु मञ्च, संघात्मक, पोखराय भिन्तुना लगायतका पत्रपत्रिकाबाट आदिवासी जनजातिका संकार, सँस्कृति, कला, परम्परा, जीवनी, संस्मरण, गीत, कविता, मुक्तक, व्यग्य चित्र, आलेख, रिपोर्टिङका साथै आलेखहरुको संग्रह पुस्तक लोकसँस्कृतिका सुसेलीहरु प्रकाशित छ ।
पर्वत जिल्ला सालिजा गाविस ओखरेनीका मनबहादुर पुन र जितिमाया पुनका छोरा हाल पोखरा उपमहानगरपालिका वडा नं। ११ मा बसोवास गरिरहेका पुर्जा आदिवासी जनजातिका भावनालाई कलमबाटै आमसञ्चारको माध्यमबाट उजागर गर्न सकिन्छ भन्ने सोँचले पत्रकारितातर्फ आकर्षित भएको बताउछन् ।
यस पुरस्कारबाट गतवर्ष पत्रकार रीता गुरुङ पुरस्कृत भएकिथिईन । पुरस्कारका साथै उक्त कार्यक्रमको व्यवस्थापनका लागि तमुले फोनिज कास्कीलाई वार्षिक दशहजार रुपैया प्रदान गर्दै आएकिछन् ।
फोनिज कास्कीका अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रुद्र श्रीसमगरले स्वागत गर्देै पुरस्कृत व्यक्तित्व पुनको परिचय गराएकाथिए । कार्यक्रम सञ्चालन सचिव रोशनी तमुले गरेकि थिईन ।
रूद्र र हुम