हङकङ संवाददाता
७ बर्ष देखि जनजाति मूलका महाबाणिज्यदुत चाहिन्छ भन्दै आन्दोलन गरिरहेको आदिवासी जनजाति महासंघका कारण हङकङको समाज एक खालको उथलपुथलमा छ । हरेक दलका नेताहरु आउनासाथ तिनलाई यो माग सुनाईन्छ । ति बाध्य भई हामी जनजाति नै पठाउछौं भन्दै बाचा गर्न बाध्य छन् । नत्र तिनलाई कालो झण्डा देखाईन्े, बहिस्कार गरिने यहां प्रचलन नै बसिसकेकोछ । यसअघि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले यस्तो दुर्भाग्यको सामना गरिसकेकाछन् ।
यद्यपि बाचा गरेपनि दलका नेताले अझै सम्म यहां जनजाति महाबाणिज्यदुत पठाएका छैनन् त्यो छुट्टै हो ।तर त्यसले नयाँ आउने दुतले त्यसको मूल्य चुकाउनु परिरहेकोछ । तिनलाई कुनै कार्यक्रममा भाग लिन बन्देज गरिन्छ । संस्थाहरुलाई सामाजिक बहिस्कार गर्न लगाईन्छ ।
यसपालिका महाबाणिज्यदुत महेश प्रसाद दाहाललाई पनि त्यस्तै बहिस्कार गरिएकोछ । उनी एक किसिममले कोठामा कैद छन् । कसैले बोलाइए कार्वाही गरिने महासंघको धम्कीका कारण उनलाई कुनै संस्थाले बोलाउने हिम्मत गरेका छैनन् । एक दुईटा संस्थाले बोलाउने योजना बनाएको हल्ला चलेपछि एक खालको भिडन्तकै अवस्था आएकोथियो ।
आन्दोलनकै प्रभावले महाबाणिज्यदुतावासले नेपाल सरकारकै कतिपय नियम यहां लागु गराउन सक्ने अवस्था गुमेकोछ । जस्तै, दाहाल आउनासाथ जनजातिसंग विश्वासको वातावरण बनाउन हिन्दुका चाडमा दिईने विदाहरु सर्लप्पै घटाएकाछन् । जनाइए अनुसार, दशैंमा एक दिन मात्र विदा हुनेछ । अन्य कतिपय हिन्दु चाडमा दिईने विदाहरु कटौतीमा परेकाछन् । जनजातिका चाडमा विदा दिईनेछ । कार्यालय जनजाति मैत्री नभएको गुनासोलाई आफै लागेर हटाउने बाचा गरेकाछन् । कसैलाई काखा कसैलाई पाखा नगरिने प्रतिबद्धता जनाएकाछन् ।
अस्ति आईतवार भएको वार्तामा महाबाणिज्यदुतले आफ्नो त्यहि कामको फेहरिस्ट सुनाएर वार्तालाई सहज बनाउन खोजे।
हेर्नोस भिडीयो – {youtube}http://www.youtube.com/watch?v=9eco7mkbUcE{/youtube}
सम्बन्धित समाचार –
यसकारण विफल भो जनजाति-महाबाणिज्यदुत वार्ता