बिक्लान् यी

Read Time:2 Minute, 22 Second

पोखरा, २६ असार ।

राजधानी बाहिर बसेर कलाकारिता गर्दाको पिडा स्वयं कलाकारलाई मात्र थाहा हुन्छ । अरुलाई यो विषयमा खासै वास्ता हुँदैन । तर अब त्यो पीड़ा सबैले थाहा पाउने भएकाछन् । मोफलसलमा बसेर कलाकारिता गर्दा एउटा कलाकारले कतिसम्मको पिडा पाउँदो रै’छ भन्ने कुरा फिल्माकंन हुने भएको छ ।

यी सबै कुरालाई पर्दामा उतार्न पोखराका केहि युवाहरु लागिपरेका छन् । ‘मोफसल’ शिर्षक दिईएको फिल्मको बुधबार पोखरामा शुभ साईत गरियो । लामो समयदेखि कलाकारिता गर्दै आएका नायक दीपेन्द्र श्रेष्ठले निर्देशन गर्दैछन् । निर्देशनमा यो उनको डेब्यु फिल्म हो । यसअघि उनले म्युजिक भिडियो मोडलिङ र फिल्मी अभिनयबाट दर्शकको मन जितिसकेकका छन् ।

निर्देशक श्रेष्ठले भने–‘मोफसलमा रहेर कलाकारितामा संघर्ष गर्दा आफैले भोगेको पिडाहरु नै फिल्मको स्टोरी भएकोले यसको प्रस्तुतीमा न्याय गर्न सक्छु भन्ने मलाई विश्वास छ ।’ फिल्मको साउन महिनाभित्र छायाँकन सकिने श्रेष्ठले जानकारी दिए ।

फिल्मको थिम अनुसार नै यो फिल्ममा अधिकाशं कलाकारहरु मोफसलमा रहेर कलाकारितामा संघर्ष गर्नेहरु नै छन् । आशिष पुन, प्रेमा गुरुङ, दिपक थापा, भम्भिर रानामगर, रोशनी गुरुङ, भीम आरडी लगाएतका कलाकारहरुले यो फिल्ममा अभिनय गर्दैछन् । फिल्मलाई नायक आशिष पुन आफैले निर्माण गरेका हुन् । निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्मको वजेट २५ लाख रुपैँया छ ।

फिल्ममा योगेश काजीले संगीत दिएका छन् भने मिलन शंकरले खिच्दैछन् । पोखरा, माछापुच्छ्रे गाउँ र मुस्ताङमा फिल्म खिचिने छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %