धरान ४ दिनसम्म आएको अविरल वर्षापछि आएको भेलवाढीका कारण नेपालको पुर्वी भेगमा मात्रै ५ जनाको ज्यान गएको छ । ३ जना वेपत्ता भएका छन् । झापाको पाँचगाछी –१ मा नाम नखुलेकी करिव ४२ बर्षीया महिला कमल खोलाले बगाएर वेपत्ता छिन् । शरणामति –८ का राजु कर्मकारका २ बर्षीय छोरा रोहमनको घर नजिकैको नालीमा डुबेर ज्यान गएको छ । झापा दमक–१ का २४ बर्षीय शिव राई , दमक–१३ का २५ बर्षीय धिरज ताजपुरिया र अर्का नाम नखुलेका एक युवा रतुवा खोलामा आएको बाढीले बगाएर दुइ दिनदेखि बेपत्ता छन् । ती बाढीमा बगेर आएका दाउरा झिक्ने क्रममा वगेर वेपत्ता भएको प्रहरीले जनाएको छ । त्यसैगरि मोरङको केरावारी –३ स्थित खोला तर्ने क्रममा वगेर वेपत्ता भएका सिंहदेवी –७ का १८ वर्षिय सुजन लिम्वु मृत भेटिएको प्रहरीले जनाएको छ । सिंगिया खोलामा आएको बाढीका कारण विराटनगर –१० सरस्वती टोल स्थित सुकुम्बासी बस्तीका ३८ घरका २ सय ४० जना बिस्थापित भएका छन । २ सय २५ जनालाई गायत्री माध्यमिक विद्यालयको पसिरमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसैगरी विस्थापित तीन परिवारका १४ जना साकम्बरी मन्दीर परिसरमा अलपत्र छन् । वर्षाका कारण मोरङका डेढ दर्जन वढि गाविस र विराटनगर डुवानमा छन् ।
अबिरल बर्षाका कारण सप्तकोसी नदीको कोसी व्यारेजमा खतराको सुचक रातो झण्डा गाडिएको छ । एकलाख ५० हजार क्युसेक प्रतिसेकेण्ड पानी कोसीमा बग्न थालेपछि रातो झण्डा राख्ने गरिन्छ । सप्तकोशी नदीमा पानीको वहाब बढेसँगै ब्यारेजका ५२ वटा ढोका मध्ये ३७ बटा खोलिएको कोसी व्यारेज कण्ट्रोल रुमले जनाएको छ । कोसीमा पानीको बहाब बढेसगैं कोसीको पश्चिमी क्षेत्रमा रहेको श्रीलंका टाप्पु तर्फ कटान शुरु भएको छ । श्रीलंका टप्पु कोसीको भंगालोको बिचमा पर्छ । कोसीले कटान थालेपछि सो क्षेत्रका सर्वसाधारण आतंकित भएको स्थानीय बाबुराम कार्कीले जानकारी दिए । यो बर्ष कोशी नदीको पानीलाई पश्चिम तर्फ फर्काईएकोले सो क्षेत्रमा कटान भएको हो । पुर्वी तटबन्ध तर्फको धरहरा टपन भन्ने ठाउँमा रहेको स्पर नम्बर २३–५२ देखी २३–७८ को बीचमा पानीको बेग ठोकिएको छ । पानीको बेगका कारण सो क्षेत्रमा पानीको बेग रोक्न लगाइएको प्रकोपाइनहरु समेत बगाएर लगेको छ ।
यसैबिच बर्षाका कारण सुनसरीको सोनापुर ३ मा टेग्रा खोला गाँउ पसेको छ । खोला गाँउ पस्दा सोनापुररनिगाँउ का २ सय घर उच्च जोखिममा परेका छन् । दुईदिन देखि खोला गाँउ पस्दा पनि रोकथामका लागि प्रशासनले वास्ता नगरेको स्थानीयले गुनासो गरेका छन् । सुनसरी मोरङको औद्योगिक कोरीडोरका उद्योगहरुमा टेग्रा खोलाको बाढि पसेको छ । बाढिका कारण अरिहन्त मल्टिफाइबर्स लिमिटेड, प्रगती टेक्सटायल लगायतका उद्योगको काम समेत प्रभावीत भएको छ । यस्तै सुनसरी खोलाको बाढीले नरसिंह गाविसको १,२,३,४,५,७ र ६ डुवानमा पर्दा सयौ स्थानियहरु विचल्लीमा परेका छन् । नरसिंह गाविस ३ का ४०, २ का ५४ र ६ का ४३ घर डुवानमा परेको पिडितहरुले बताएका छन् । डुवानका कारण विस्थापित भई सुनसरी खोलाको बाधमा त्रिपाल टागेर बस्न वाध्य भएको स्थानिय जगदिस यादवले बताए । केसलीया खोलाको बाढीले रामगंज बेलगछीया गाविसको २ र ८ नम्बर वार्ड डुवानमा पर्दा १सय ५० परिबार बिचल्लीमा परेका छन् । गाविसका स्थानीयहरु घर नजीकै रहेको नहरको डिलमा बसेको इलाका प्रहरी कार्यालय चिमडीका प्रहरी नायव निरिक्षक शंकर चौधरीले जानकारी दिए । सुनसरीको दुहवी बजार क्षेत्रमा २ फिटसम्म पानी जमेको छ । दुहवी १ को मुसहर बस्तीमा १५ परिवार विस्थापीत भई स्थानीय मदन आर्षित विद्यालयमा सरण लिई बसेको स्थानीय आषिश यादवले बताए । लगातार परेको पानीका कारण दुहवी बजार डुबेको र उक्त क्षेत्रमा रहेका सम्पुर्ण विद्यालय बन्द गरीएको छ । सुनसरीको वक्लौरी ३ स्थित मुसहरी वस्तीमा पसेको पानीले १सय घर डुवानमा परेको स्थानिय विजय चौधरीले बताए । अहिले सम्म बाढीले के कति क्षति भयो पुर्ण विवरण आई नसकेको प्रहरीले जनाएको छ ।
पहाडमा पनि प्रकृति प्रकोप पुर्वको मुख्य वजार धरानलाई जोडने सेउती खोलाको पुल अविरल वर्षको कारण भत्कीने अवस्थामा पुगेको छ । सो पुल भत्केमा पुर्वको धरान, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर सम्म जाने यातायातमा अवरोध पुग्ने छ । धरान जोडने एक मात्र सो पुलको म्याद सकि सके पनि वेवास्ताको कारण जीर्ण वनेको पुलवाटै यातायात संचालनमा थियो । म्याद सकिएको भन्दै आज भन्दा पाच वर्ष अघि मैनाचुली निर्माण कन्ट्र्रक्सनलाई ५ करोड ८५ लाखमा ठेक्का दिईएको भए पनि ठेकेदारले पुल निर्माणमा ढिलाई गरेको कारण पुल नवनेको हो । अविरल वर्षा कारण पुरानो पुल भत्कन लागेकोले केही दिन यता देखि सुरक्षाकर्मी खटाएर अवस्था हेरेर यातायात संचालनमा ल्याईएको छ । पुल जोखिममा रहेकोले सडक डिभिजन कार्यालयले वैकल्पिक पुल निर्माण गर्ने तयारी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्षमण थापाले वताए । सेउती खोलामा आएको बाढीले तलतिरबाट कटान गर्दै गएपछि पुल उच्च जोखिममा परेको हो । निर्माण कम्पनीले भनेको समयमा पूरा नगरेको भन्दै अहिले विराटनरस्थित क्षेत्रीय सडक डिभिजन कार्यालयले उसलाई कालो सूचीमा राख्ने तयारी गर्दै कारबाहीको तयारी अघि बढाएको डिभिजनका आयोजना प्रमुख विनोदकुमार मौवारले बताए । उनले निर्माण कम्पनीलाई बारम्बार सम्पर्क गरे पनि मूख्य मानिस नै ६ महिनादेखि सम्पर्कविहीन भएको बताए। कम्पनीका मदन अधिकारीले केही महिना अघि चन्दा आतंकको कारण आफूहरु असुरक्षित भएको बताउँदै निर्माण कार्यलाई पनि बेला बेला रोक्दै आइरहेको थियो । उसले ल्याएको सम्झौता पनि एकवर्ष पुनः थप गरे पनि त्यो समयमा पनि पूरा गर्न सकेको छैन् । तरहरा, इटहरी र धरानका युवाहरुले करोडौं चन्दा माग गरेपछि निर्माणधिन पुल अलपत्रको अवस्थामा पुगेको हो । यसले अहिले समस्या खड़ा गरिदियो ।