काठमाण्डु
भारतीय विदेश मामिला मन्त्री सलमान खुर्सीदले राष्ट्रपति डाक्टर रामवरण यादवसंग भेटवार्ता गरेर निस्किएकाछन् । राष्ट्रपति कार्यालय शितलनिवासमा खुर्सीद र राष्ट्रपति यादवबिच करिब ३५ मिनेटसम्म वार्ता भएको थियो । निक्कै महत्वका साथ हेरिएको उक्त भेटपछि भने खुर्सीदले कुनै औपचारिक प्रतिक्रिया दिन मानेनन् ।
अहिले उनी नेपाली समकक्षी माधव घिमिरेले आयोजना गरेको दिवाभोजमा सहभागी छन् । केही बेरमा राजनीतिक दलका नेताहरुसंग होटल द्धारिकामा भेटघाट गर्ने कार्यक्रम छ । खुर्सीदलाई भेट्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आफ्नो सिंगापुर भ्रमण छोट्याएर नेपाल फर्किसकेका छन् ।
यसअघि अध्यक्ष रेग्मी र परराष्ट्रमन्त्रीसंग वार्ता भैसकेकोछ । चुनावका लागि करिब ८ सय गाडी दिने सम्झौतामा हस्ताक्षर पनि गरिसकिएकोछ ।
-जगन शर्मा