खुर्सीद उपहार : चुनावलाई करिब ८ सय गाडी

Read Time:1 Minute, 12 Second

काठमाण्डु

अध्यक्ष रेग्मीसंगको भेटमा खुर्सीदले नेपालमा संविधानसभा निर्वाचन घोषणा भएकोमा बधाई दिदै निर्वाचन सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकाछन् । यस्तै उनले भारतीय पक्षले बांध खोलेका कारण कर्णाली नदीमा बाढी आएको भन्ने विषयमा छानबिनका लागि दुई देशका प्रतिनिधि सम्मिलित समिति गठन गर्न सकिने बताएकाछन् ।

भेटबारे सञ्चारकर्मीसग कुरा गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले निर्वाचन प्रयोजनका लागि भारतले निर्वाचन आयोगलाई ४८ वटा र गृह मन्त्रालयका लागि ७ सय १६ वटा गाडी उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए । सम्झौतामा अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले हस्ताक्षर गरेकाछन् ।
-आनन्द तमु

 


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %