वाह ! मोना स्यालुट छ,यस्तो पो कर्म

Read Time:2 Minute, 10 Second

 

परोपकार कर्ममा पश्चिम क्षेत्रका संस्थाहरु मध्ये सबै भन्दा सक्रिय म्याग्दी प्रवासी संघ हङकङ (मोना) ले फेरि अर्को परोपकार कर्मको घोषणा गरेकोछ । म्याग्दी जिल्लाबाट विदेशमा रोजगारमा गएकाहरुको यस संस्था विश्वभर सक्रियताका साथ आफ्नो जिल्लाको विकासमा दत्तचित्त रहदै आएकोछ ।
मोनाले यसपालि म्याग्दीमा रहेका सुस्त मनस्थिति भएका, बहिरा र दृष्टिविहिन बच्चाहरुको लालनपोषणक र तिनको खर्चको जोहो गर्ने जिम्मेवारी उठाउन एक सांगितिक कार्यक्रमको आयोजना गर्ने भएकोछ । कुनै बेला मोना सांझको नाममा पन्चे बाजा सहित पहिलोपल्ट हङकङ थर्काएको मोनाले लामो अन्तरालपछि यहि शुभ कार्यका लागि दोश्रो मोना नाईट गर्न गैरहेको हो । मोना हङकङका अध्यक्ष दल सेर्बुजाका अनुसार, उक्त कार्यक्रमबाट आउने सम्पूर्ण रकम ति असहाय बालबालिकाका लागि खर्च गर्नेगरि नेपाल पठाईनेछ ।
म्याग्दी स्थित बाल जागृति प्रावि बगुवा खोला पूलाचौरमा रहेको २० जना सुस्त मनस्थिति विद्यार्थी , श्री धवलागिरी माध्यमिक विद्यालय सिंगामा पढिरहेका १८ जना विद्यार्थी र श्री ज्ञानोदय मावि राखु पिप्ले मौबाफाटमा अध्ययनरत १० जना विद्यार्थीहरुको सहयोगमा यो कार्यक्रम आयोजन गरिदैछ ।
यी विद्यार्थीहरु अधिकांश दलित त्यसपछि जनजाति र केहि बाहुन क्षेत्री समुदाका छन् ।

ति विद्यार्थी सम्बन्धमा थप जानकारी तल भिडीयोमा छ –

{youtube}http://www.youtube.com/watch?feature=player_embedded&v=jM6t7tvWnh8{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %