जनजाति सङ्ग्राहलय: सरकार बना भन्छ, कौडी दिन्न !

Read Time:2 Minute, 22 Second

धरान, सुनसरीको धरान १४ विजयपुर स्थित हात्तीसारमा निर्माणाधीन बहुजातीय सङ्ग्राहलय निर्माणमा बजेट अभावका कारण सङ्ग्रालय निर्माणमा समस्या भएको छ । धरान नगरपालिकाको स्वामित्वमा धरान–१४ स्थित हात्तीसारमा १ बिगाह ४ कट्ठा जग्गामा सङ्ग्राहलय निर्माण थालिएको हो । पूर्वी नेपालका सवै जनजातीलाई समेटेर सङ्ग्राहलय निर्माणका लागि ३५ करोडको लागत लाग्ने अनुमानित प्रस्ताव प्रस्तुत गरि कम्पाउण्ड वाल लगायतका भौतिक पूर्वाधार निर्माणको काम थालिएको थियो ।
नेपाल सरकारका तर्फवाट तत्कालिन संसदीय ब्यवस्था संघीय मामिला तथा संस्कृतिमन्त्री डा. मिनेन्द्र रिजालले समेत सङ्ग्राहलय निर्माणका लागि ६८ लाख रुपियाँ विनियोजन गरि तत्काल निकाशा गर्ने प्रतिवद्धता गरेपनि अहिले सम्म उक्त बजेट नआएका कारण निर्माणमा समस्या आएको आदिवासी जनजाति महासङ्घ सुनसरीका अध्यक्ष सुजेन्द्र गोले तामाङले बताए । उनका अनुसार पछिल्लो समय सरकारका तर्फबाट निकाशा गरिने भनिएको रकम समेत उपलब्ध हुन सकेकोछैन ।
पूर्वी नेपालमा बसोवास गर्दै आएका लिम्वू, राई, तामाङ, भुुजेल, शेर्पा, नेवार, थारु, गनगाई, धिमाल, किसान, बहरदार, कोचे मेचे, लगायतका जातीहरुले प्राचीनकालदेखि प्रयोग गर्दै आएका सांस्कृतिक सम्पदा, बाजागाजा, हातहतियार,, ढिकीजाँतो, हलो कोदालो लगायतका सामानहरुलाई सङग्रहित गर्ने तथा सवै आदिवासी जनजातीका घरहरु समेत राख्ने योजना सहितको सङ्ग्राहलय निर्माण गर्ने योजना अनुरूप यो निर्माण कार्य थालिएकोथियो ।

– भैरब आङ्ला

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %