७ बर्षे बालिकाले ७०० को सुर उडाईदिईन्

Read Time:4 Minute, 51 Second

 पोखरा, २२ असार । कुल सात सय ७० जना गायकसंग नारिएर सामसुङ ग्यालेक्सी विग आईकनको चौथो सँस्करणमा  सातौ स्थान सम्म पुगेकि आठ वर्षिया बालिकाले पोखरेलीहरुलाई  अचम्म पारिन् । संगीतसम्बन्धि प्रशस्तै ज्ञान हासिल गरेका प्रतिभाहरुलाई पनि उनले पन्छाउँदै आईन् । तर उत्कृष्ट ७ भन्दा अगाडी भने जान सकिनन् ।

उनी अर्थात आठ वर्षिया गायन प्रतिभा प्रशान्ती राई । पोखराकै प्रस्याङमा उनी बस्छिन् । ४८ जिल्लाका सात सय ७० जनामध्येबाट छानिँदै उत्कृष्ट सातसम्मको यात्रा तय गर्दा उनी धेरैजनाको प्रशंसाको पात्र बनिन् । र, उनको बालप्रतिभालाई प्रशंसा प्राय सबैले गरे । ‘मेरी सानी छोरीले ठुला र प्रतिभावान गायकगायिकाहरुमाझ उत्कृष्ट सातसम्मको यात्रा तय गर्नु नै ठुलो उपलब्धि हो ।

’ शनिबार प्रशान्ती राई प्रतियोगिताबाट बाहिरिँदै गर्दा उनका बुवा निर्मल राईले भने–‘छोरीलाई प्रतिभा देखाउने उत्कृष्ट मञ्च दिएकोमा विग एफएमलाई पनि धेरै धन्यवाद ।’ प्रतियोगिताबाट बाहिरिएपछि आठ वर्षिया प्रशान्ती राईले आँखाबाट आँशु झारिरहिन् र उनको वक फुटेन । प्रतियोगिताबाट बाहिरिने क्रममा हरेक प्रतिस्पर्धीले आफ्नो प्रस्तुती राख्नुपर्ने भएपनि आठ वर्षिया राईलाई भने अप्ठेरो प¥यो । गाउन नसकेपछि अन्ततः मञ्चबाट बुवा निर्मल राईले काखमा लिएर गए ।

आठ वर्षियका सानी बालिकाको अपत्यारिलो प्रतिभाबाट प्रेरित भएर प्रतियोगिताको मुख्य प्रायोजक सामसुङ ग्यालेक्सी ग्राण्डका आधिकारिक विक्रेता ईन्टरनेशनल मार्केटिङ सर्भिसका प्रेसिडेन्टले उनलाई फाईनलका दिन ग्यालेक्सी स्टार मोबाईल दिने घोषणा गरे । विग एफएमले यस्ता प्रतिभालाई मञ्च दिएर उनीहरुलाई प्रस्फुटित हुने मौका दिएकै कारण आफुहरु वर्षेनी प्रतियोगिताको प्रायोजन गर्दै आएको उनले बताए ।

यो पटकको विग आईकनका विजेताले १ लाख ५० हजार रुपैँया मुल्य बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रोले ५० हजार रुपैँया प्राप्त गर्ने एफएमले जानकारी दिएको छ । चौथो सँस्करणको ‘सामसुङ ग्राण्ड विग आईकन’लाई सामसुङ ग्यालेक्सी ग्राण्डले मुख्य प्रायोजन गरेको छ भने मोबाईल मेसेन्जर निम्बजले सहप्रायोजन गरेको छ ।

  दि ब्रिटिस कलेज, थापाथली विशेष सहयोगीको रुपमा सहकार्य गरिरहेको छ । मउप–प्रायोजकमा  इटालियन स्कुटर÷बाईक पियाजियो, भेस्पाको अधिकृत विक्रेता रबि अटोमाबाइल्स नयाँबजार, पोखरा, स्टडी अब्रोड र शैक्षिक संस्था ट्रिनिटी एजुकेशन फाऊण्डेसन बाँस्तोलाथर, महेन्द्रपुल पोखरा रहेका छन् । प्रतियोगितामा सह प्रायोजकको रुपमा शैक्षिक परामर्श केन्द्र साकुरा जापानिज ल्यांगवेज सेन्टर महेन्द्रपुल पोखरा रहेको छ । त्यस्तै स्यालुट गोर्खा र अतित गिफ्ट एण्ड एक्वारियम शपले विशेष सहयोग गरेका छन् । विग आईकनमा रिदम ब्याण्डले अफिसियल ब्याण्ड पार्टनरको रुपमा सहयोग गरिरहेको छ । संगीतकर्मी सुनील थापा र विनोद बाँनिया निर्णायक रहेको  कार्यक्रममा अब  लक्ष्मी थापा, अनिता गुरुङ, सुरज थापा मगर,रबिन न्यौपाने, मिलन गुरुङ र मुस्कान रानाभाटबीच प्रतिस्पर्धा हुनेछ  ।

रेम बिक

 

 
 

 

 

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %