एनआरएनको नाममा फेसबुकमै घम्साघम्सी

Read Time:1 Minute, 28 Second
एनआरएन हगंकगमा दुई महिना देखि चलेको नक्कली सक्कलीको विवादले हगंकगं नै दुर्गन्धित बनाएकोछ । यहि विवादलाई लिएर चौथों महाधिवेशनमा सोल्टा-सोल्टी, मामा-भान्जा,दाजु-भाई, दिदी- बहिनीहरुबीच नै हात हालाहाल भएकोथियो । त्यो रिस सेलाउनुको साटो झन बढ्दै गैरहेकोछ । त्यो अब सामाजिक संजाल फेसबुकमै छरपरस्ट भैदिएकोछ । दुई पक्षबीच चलेको अस्वस्थ विववादले जगहँसाई गरिरहेकोछ (हेर्नोस फेसबुकमा भएको तँ त र म म)

स्थिति कहाँ सम्म पुगेकोछ भने घरका आईमाई केटाकेटी सबै मुख छाड्न र एक अर्कालाई धारेहात लगाउन चौराहामा निस्कन थालेकाछन् । स्थानीय एथ्निक भ्वाईस साप्ताहिकमा आफ्ना लोग्ने बिरुद्ध छापिएको स्टोरीमाथि फ़ेसबुकमा बहस चलेपछि मोर्चा सम्हाल्न विद्रोही एनआरएन अध्यक्ष एमवी तमुकी पत्नी अमिता नै आईपुगेकिछन् ।
अब कहिले यो मुखाले लडाईमा धारे हात लगाउन अध्यक्ष दुर्गा तमुकी पत्नी पनि दलबल सहित मैदानमा कुद्नेहुन् !
 

 
 
 
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %