यही आईतवार महाबाणिज्यदुत महेश प्रसाद दाहालले जनजाति महासंघलाई वार्ताको लागि बोलाएकाछन् । गएको आईतवार दुई पक्षीय वार्ता गरिने भनि बैठक बोलाईएपनि महासंघको तर्फबाट केहि सहभागी सदस्यहरुको समय नमिलेको भन्दै अकस्मात स्थगन गरिएकोथियो । जनजाति नपठाईएको भन्दै जनजाति महासंघले नयां महाबाणिज्यदुतलाई सामाजिक बहिष्कार गरिरहेकोछ ।
संयोग पनि कस्तो जुरेकोछ भने यसै क्रममा आजै चेम्बर अफ कमर्शका सदस्यहरुले नयां महाबाणिज्यदुतलाई उनकै कार्यकक्षमा गई स्वागत गरेकाछन् । यसअघि चेम्वरले तत्कालै गई कार्यालयमा यस्तो कार्यक्रम गरि सार्वजनिक सम्मानको लागि निम्तो दिने गरेकोथियो । तर आज चेम्वरले त्यसो गरेन ।
यस्तो सार्वजनिक कार्यक्रम गर्न नसकिरहेको कमर्शका अध्यक्ष जेएन ज्ञवालीले दाहालकै सामु उनलाई कार्यक्रममा बोलाएर द्वन्द बढाउन नचाहेको स्पष्टीकरण दिएकाथिए । बरु यो समस्या निबटारा गर्न केहि गर्नुपर्ने सुझाव दिएकाथिए । अध्यक्षको त्यस्तो लाचारी सुनेपछि दाहाल खिस्रिक्क परेकाथिए । कार्यलयमा स्वागत गर्न आएपछि सार्वजनिक कार्यक्रम पनि आयोजन गर्छन् भनि तिनले आश गरेका थिए । त्यसैले जनजातिको कुरा उठ्दा त्यहां उनी चिढिएकाथिए ।
चेम्बरको सल्लाहकारको हैसियतले त्यहां सहभागी जनजाति संघर्ष समितिका पूर्व सचिव किसन राईले जनजातिले उठाईरहेको माग सम्बन्धमा कोट्याँउदा दाहालले ठाडो जवाब दिएको एक सहभागी बताँउछन् । आफु नियुक्त भैसकेकोले आन्दोलन बारे नयाँ तरिकाले सोंच्नुपर्ने उनको जवाब थियो ।