बेलायत संबाददाता पूर्व मन्त्री तथा राष्ट्रीय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाले गुर्खा र तिनका परिवारहरुलाई एनआरएनको ब्याख्याले समेट्न नसक्ने नयां बिचार लण्डनमा सुनाएकाछन् । तत्कालिन राज्यको बलजफ्जतिका कारण बिशेष परस्थितिमा गुर्खा हुनुपरेको ईतिहास बोकेको समुदायलाई अन्य नेपाली सरह बिदेशमा कमाई गर्न आएको भनि एउटै टोकरीमा हाल्न नमिल्ने उनको तर्क थियो । त्यसैले गुर्खाका सन्तानलाई द्वैध नागरिकताको माग सान्दर्भिक नरहेको थापाको ब्याख्या थियो । बिदेशमा बस्ने नेपालीले बंशजको आधारमा नागरिकता पाउने अधिकार राख्ने र लिखित रुपमा जबसम्म संबन्धित निकायमा ‘म यो देशको नागरिकता त्याग्न चाहन्छु’ भनि निबेदन नदिइदासम्म नेपाली नै रहिरहने क़ानूनी प्रावधान रहेकोले त्यो अधिकार दावी गर्न सकिने पनि उनको भनाई थियो ।
राजनीतिक चेतनाको कारण यस्ता गुढ कुराहरु थाहा नपाएको बताउदै बिशेषगरि जनजातिहरुलाई ब्यंग्य गर्दे उनले भने – “प्रतिस्पर्धाको आधारमा जसले जित्छ उसले खाने र अरुले हेरेर बस्न चाहनेहरु कांग्रेसको झोला बोक्नोस् । डण्डिको भरमा शासन गराइमाग्ने जति कम्युनिष्टको झोला बोक्नोस् र जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र सबै जाति, धर्म, लिङ्ग र क्षेत्रलाइ समानताको आधारमा ब्यबहार गरिनुपर्छ भन्ने जति राष्ट्रिय जनमुक्ति पार्टीमा गोलबन्द हुनुहोस् । ” त्यसै क्रममा संघियता, धर्म निरपेक्षता र समानुपातिक प्रतिनिधित्व जस्ता मुलभूत मुद्धाहरू लगायत दोहोरो नागरिकता र पोष्टल भोटिङ्ग् जस्ता कुराहरू जनमुक्ति पार्टीले २३ बर्ष देखिनै निरन्तर उठांउदै आएको कुरा स्मरण गराउदै यस्तो यथार्थ नबुझिएको उनको गुनासो थियो ।
बोल्ने क्रममा जनमुक्ति पार्टीको सिद्धान्त संघियता, स्वायत्तता, स्वशासन, धर्मनिरेपक्षता र जातिय जन संख्याको आधारमा समानुपातिक प्रतिनिधित्व जस्ता मुद्दा नेपाली माटो,भुगोल र त्यहा बसोबास गर्ने जनतालाई सुहाउदो खालको भएकोले यी सबै आज राष्ट्रिय मुद्दा बन्न पुगेको उनको दावी थियो । यी मुद्धाहरुलाई संस्थागत गर्न उत्पिडित जाति,बर्ग,क्षेत्र,महिला र मुश्लिम लगायत आम नेपाली जनताहरु राष्ट्रिय जनमुक्ति पार्टीको झण्डा मुनी गोलबन्द भई लड्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा दि हिमालय अर्गनाईजेसनका सल्लाहकार तथा राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रिय आर्थिक बिभाग प्रमुख केहरसिंह राना तथा संस्थाका सल्लाहकार राष्ट्रिय जनमुक्ति पार्टीको भगिनी संगठन राष्ट्रिय स्वतन्त्र महिला मोर्चाकी पुर्व केन्द्रिय उपाध्यक्ष कमला थापाले पनि बोलेकि थिईन । कार्यक्रम द हिमालयन अर्गनाइजेसनका कोषाध्यक्ष भिम रानाको अध्यक्षतामा र अध्यक्ष एम एस थापाको मुख्य आतिथ्यतामा र संस्थाका सल्लाहकार पुरन ध्वज गुरुङ्गको स्वागत र सचिव नारायण किशोर पुनको सञ्चालनमा भएको थियो।
त्यसैदिन भेलाले पुरन ध्वज गुरुङ्ग ज्युको अध्यक्षतामा २१ सदसीय कार्यसमिती रहेको दि हिमालयनको पल्मस्तिद शाखा गठन गर्यो । उपाध्यक्ष कर्मा शेर्पाले संस्थालाई ससक्त रुपमा लैजानुका साथै पलमस्तिद शाखाको सम्पुर्ण नेपालीहरुलाइ राष्ट्रिय जनमुक्ति पार्टीको अभियानमा सरीक गराइ एथेस्ट सहयोग र समर्थन जुटाउन भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुको नामावली ;
अध्यक्ष – पुरन ध्वज गुरुङ्ग
उपाध्यक्ष – कर्मा शेर्पा
सचिब श्याम थापा मगर
सह -सचिब नारायण लिम्बु
कोषाध्यक्ष- गोपीराम थापा
सदस्यहरु; थमन सिंह थापा मगर, कृष्ण बहादुर थापा मगर , डम्मर श्रीस मगर, बिसन थापा , श्री राना मगर, श्रीमती रिमकला थापा, श्रीमती टुकमाया थापा, श्रीमती दिलमाया राना, टिका श्रीस मगर , तेज बहादुर थापा , रेवत सिङ्गजाली मगर , बसन्त बहादुर थापा , जंग बहादुर राई , गणेश बहादुर गुरुङग, रनबहादुर गुरुङ्ग , थमन सिंह थापा मगर ।