भाषिक आन्दोलनको नयाँ संस्करण
टोप अस्लामी मगर ( मगर ढुट कवि )
हाम्रो मगर समाजमा साहित्यिक सर्जकहरुको सृजनालाई रकम तिरेरै भए पनि सुन्ने र सर्जकहरुलाई हौसला प्रदान गर्ने काममा यस कार्यक्रमले नयाँ आयाम नै थालनी गरेको छ । यस्ता कार्यक्रमलाई बढी भन्दा बढी देशब्यापी र अन्तराष्ट्र्रिय रुपमा पनि सम्पन्न गरिदै लैजानु अपरिहार्य छ । पहिचानको आन्दोलनमा यो कार्यक्रम ऐतिहासिक र अविष्मरणीय समेत रहने छ ।
टिकटमा मगर भाषाको कविता वाचन कार्यक्रमले मलाई व्यक्तिगत रुपमा छुट्टै किसिमको अनुभूति प्रदान गरेको छ । कार्यक्रम आयोजक र सहभागीहरुमा पनि सायद केही न केही फरक अनुभूति भएकै होला । अतिथि, बिशेष अतिथि एवम् प्रमुख अतिथिको रुपमा उपस्थित महानुभावहरुको मन्तव्य निश्चय नै थप प्रेरणाको रुपमा रहिरहनेछन् ।
मगर भाषामा कविता सृजना गर्ने सर्जकहरुमा सम्मान प्रकट गर्दछु । पहिचानको मुख्य कडी भाषा संरक्षण र सम्वर्द्धन आन्दोलनमा निरन्तर लागिरहनु हुने सबैमा सकृय रुपमा अगाडि बढ्न प्रेरणा मिलिरहोस्– शुभेच्छा र आभार । साथै मगर भाषालाई सम्वर्द्धन र प्रवर्द्धन गर्ने हेतु आयोजित टिकटमा मगर भाषाको कविता प्रवचन/वाचन कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न स्थानीय र बाह्य सबै मगर संघ-संस्था र महानुभावहरुमा पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
लेखेर बाँच्ने भईयो !

गणेश पहराई जिगम ( खाम भाषा कवि )
टिकटमा मगर भाषामा कविता वाचन गर्न पाउनु त्यो पनि पहिलो संस्करणमा । यस्तो अवसर कमैलाई मात्र मिल्छ । त्यो अवसर पाउनुमा आफ्नो ठूलो भाग्यशाली ठान्दछु । म त भन्छु यो ऐतिहासिक कार्यक्रम हो । यो नेपालको सन्दर्भमा अहिले सम्म हुनै नसकेको कार्यक्रम नेपाल मगर भाषा तथा साहित्य केन्द्रले गर्न पाउनु र गर्नु हामी जस्ता भाषा साहित्य रचना गर्नेहरुको लागि एउटा सुनौलो अवसर हो । भाषामा लेखेर मगर साहित्य विकास त छँदैछ समग्र लेखक पनि बाँच्न सक्ने एउटा आधारको शुरुवात भएको महसुस मैले गरेको छु ।
२ बर्षमा फत्ते भएको कर्म
मेजन पुन मगर ( आयोजक)

अन्य समाजमा भईरहेको कार्य हाम्रो समाजमा हाम्रो भाषाको लागि गर्न किन सकिंदैन भन्ने लागेर आजभन्दा २ वर्ष अगाडि देखि साथीहरुलाई यस्तो कार्यक्रम गरौं भनेर आएकै हो तर विविध कारणले गर्दा गर्न सकिएको थिएन । अहिले त्यो दुई वर्ष अगाडि सोचेको कुराले बल्ल वास्तविकतामा परिणत भएको छ । यसप्रकारको कार्यक्रमले सृजना र सर्जक मर्न पाउँदैन । अझ भाषामा लेख्ने व्यक्तिहरुको हौसला यसप्रकारले गर्नै पर्दछ । जसले गर्दा वहाँहरुको हौसला र यस क्षेत्रमा अझै केही गर्न प्रयासरत रहिरहनेछन् ।
कार्यक्रम गर्ने सोचाई मात्र पाल्नु ठूलो कुरा होइन तर कार्यन्वयन पक्षमा आर्थिक आवश्यकता थियो नै जसको लागि अस्टेलिया मगर समाजले कार्यक्रम गर्न लाग्नुहोस्— हामी होस्टेमा हैंसे गर्ने छौ भन्नु भएकै कारण हामी अगाडि बढेर यो कार्यक्रम सम्पन्न गर्न सफल भयौं । वहाँहरु लगायत कार्यक्रमको लागि आर्थिक, नैतिक समर्थन दिनु भएका सबैलाई हार्दिक धन्यवाद । कविद्वयलाई पनि मगर साहित्य क्षेत्रमा तपाईहरुको पाईला निरन्तर चलिरहोस् भन्ने शुभकामना छ।