
संसारका आदिवासी जनजातिहरुको पर्व ” विश्व आदिवासी दिवश ९ अगष्ट ” लाई नेपाल आदिवासी जनजाति युवा परिषद युएईले आगामी ९ अगष्ट २०१३ को दिन युएईको राजधानी आबुधावी स्थित केरेला सोसियल सेन्टरमा चियापान कार्यक्रमका साथ मनाउने निर्णय गरेको छ । उक्त निर्णय २०१३ जुन २१ तारिक शुक्रवार युएईको राजधानी आवुधावी स्थित रेड प्यालेश रेष्टु रेण्टमा परिषद्का अध्यक्ष हरि बहादुर घर्ति मगरको अध्यक्षतामा बसेको परिषद्को दोस्रो बैठकले गरेको हो ।
बैठकले उपाध्यक्ष मोहन कुमार तामाङ्गको संयोजकत्वमा ११ सद्यीय कार्यक्रम तैयारी समित चयन गरेको छ जसमा उपाध्यक्ष चन्द्रकला राई,लिम्बु समुदाय संगठन विभाग प्रमुख दिपराज नेवाङ्ग,तामांग समुदाय संगठन विभाग प्रमुख भिम लामा,नेवा संगठन विभाग प्रमुख शुर्यभक्त श्रेष्ठ,मगर समुदाय संगठन विभाग प्रमुख मनोज काउछा मगर,महासचिव पृथीछक बुढा मगर,सह-कोषाध्यक्ष वृख लिम्बु सचिवालय सदस्यहरू कुल बहादुर राना,थाम बहादुर घर्ति मगर र सुश्री कार्चुंग लामा छन् । उक्त चिया पान कार्यक्रममा युएईमा रहनु हुने विभिन्न संघ,संस्था एवं सम्पुर्ण आदिवासी जनजाति एवं गैर आदिवासी जनजातिहरुलाई समेत निमन्त्रणा गरिने कार्यक्रम संयोजक मोहन कुमार तामांगले जानाकारी दिएकाछन् ।
राष्ट्र संघीय प्रणाली अन्तर्गत आदिवासी जनजाति समस्या पता लगाई समस्या निराकरणको निम्ति आदिवासी अधिकारको विश्वव्यापी घोषणा-पत्र तयार गर्न १९८४ मा आदिवासी कार्यदल गठन भएको र त्यहि कार्यदलको सिफारिसमा १९९३ लाई संयुक्त राष्ट्र संघले ” विश्व आदिवासी दिवश १९९३” घोषणा गरेको थियो । तत् पश्च्यात प्रतेक वर्षको ९ अगष्टलाई विश्वका आदिवासी जनजातिहरूले आफ्नो महान पर्व “विश्व आदिवासी दिवश” को रुपमा मनाउदै आइरहेका छन् ।
हरि बहादुर घर्ति मगर , आबुधावी , युएई