कलाको पनि जातभात हुदों रहेछ !

Read Time:10 Minute, 15 Second

लोकगायक, रचनाकार, संगीतकार सुमन बुढामगर

(Photo:usnepalonline)

 म गाउनका लागि तीन बर्ष अगाडि अमेरिका आएको यतै छु, अहिले । नेपालमा नेपाल मगर बिद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष थिए । सांस्कृतिक संघको केन्द्रिय सदस्य पनि थिए । मेरो जन्म १३ अप्रील १९८५ साल डोल्पामा भएको हो । म गायन क्षेत्रमा लागेको पाँच बर्ष जति भयो । गाउने काम त सानै देखि गर्दै आएको थिए, तर एल्वमै निकालेर व्यवसायिक रुपमा लागेको जम्मा पाँच बर्ष भएको छ । गाउने काम संग-संगै नेपालमा रहदा डोल्पामा ट्रेकिङ व्यवसाय सञ्चालन गर्दथे । काठमाडौंबाट कलाकार ल्याएर दोहोरी साँझ पनि चलायौ ।

(Photo:usnepalonline)

 मैलै धेरै पढेको छैन । डोल्पाकै सरस्वती माविबाट एसएलसी गरेको हो । आइए पढ्दा पढ्दै काठमाडौंको ललितकलामा पढ्न थाले । पढाइलाई निरन्तरता दिन भने सकिएन । म गाउने क्रममा युके र अमेरिकामा मात्रै गएको छु । “पोइँला जान पाम् भन्नेलाई, मैले ल्याउन पाम्” भन्ने गीत नै मेरो हिट गीत हो । त्यस गीत बजारमा आईसकेपछि पोईल जान पामकी गायिका कोमल वलीसंग मीडिया मार्फत रमाईलो कटाक्षहरु पनि भए ।
मैले २०६० सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेको हुं । ०६५ सालमा लोकगीतमा म प्रथम पनि भएको थिए । सम्मान र प्रमाणपत्र मसंग नै छ । ०६३ सालको आन्दोलन पछि संविधानसभा बारेमा सफल पारौं संबिधान सभा भन्ने मैले गीत लेखे अनि गाए पनि तर जातिबादी मिडियाहरुले त्यति स्थान दिएनन् । कलाको पनि जातभात हुदों रहेछ क्या हो कुन्नि ! हामी मगर कलाकारहरु धेरै पछाडि छौ । राम्रा कलाकारहरुमा अरुण थापा, राम थापा पर्दछन् तर उनीहरुको नाउमा एउटा प्रतिष्ठान सम्म बनाउन सकिरहेका छैनौ । अरुण थापा भन्दा जुनियर कलाकारको मृत्यु हुदा प्रज्ञा प्रष्ठिानमा राष्ट्रिय झन्डा ओडाएर सम्मान दिइन्छ ।

(Photo:usnepalonline)

 गत बर्ष ६ अक्टोबर २०१२ न्युयोर्कमा सुमन साँझ सहित चार बटा एल्वम बाहिर ल्याए र विश्व रेकर्ड कायम गरे । उक्त साँझमा ४ नयाँ एल्बमहरु संगित, हिट्स अफ सुमन, कौरा (सालैजो) र प्रदेशको सुसेलीको लोकार्पण गरिएको थीयो। उक्त एल्बमहरुको बिमोचन बरिस्ठ संगितकार तथा उक्त साँझका प्रमुख अतिथी अम्बर गुरुङ, समाजसेवी राजा घले, गायिका तान्या ज्याक्सन, सगरमाथा आरोही लाक्पा गेल्जे शेर्पा र न्यूयोर्क शहरका कम्प्ट्रोलर जोन सि लिउले संयुक्तरुपमा गरेका थिए। एकै पटक ४ वटा एल्बम प्रकाशन गरेर विश्व रेकर्ड कायम गरेको रेकर्ड सेटर (RecordSetter.com)  संस्थाले मान्यता दिएको छ। कार्यक्रम हुनु एकहप्ता अगावै पुरा टिकट सकिएर दर्शकहरुको मायाले कार्यक्रममा नसोचेको अति धेरै दर्शकको उपस्थिती पाए , जुन मेरो जीवनकै अविष्मरणीय कार्यक्रम बन्यो त्यो ।

मेरा ९ वटा लोकगीतका एल्बम बजारमा आईसकेकाछन् । एल्बमहरुमा यो मन पनि (२००५), साल) , मैले ल्याउन पाम (२००६), आकाश राम्रो जूनले (२००६), टुहुरो (२००६), तारा बाजी लैलै (२००७), लौन गुरु (२००७), सफल पारौं संबिधानसभा (२००७),, मुग्लानी दाई (२००८) र रुन्न भन्छु (२००९) छन् । मलाई राम थापा दाई ज्यादै मन पर्दछ । नेपाली परिवेशमा मिल्ने र लय पनि राम्रो छ उहाँको । उहाँका सृजना साच्चै नै नेपाली लोकजीवनमा भिज्ने खालका छन् । मालिंगो रेष्टुरेन्टका मालीक दाई जगदिशको भविष्यमा जगदिश समाल साँझ न्युयोर्कमा गर्ने योजना छ । जहा रहे पनि हामी आफ्नो जाती, भाषा र संस्कृतिलाई माया गर्नु पर्दछ । संस्कृति भित्र पनि लोक गीत दोहोरी गीत नेपालमा मात्रै रहेको छ । जहा रहे पनि लोक संस्कृतिलाई माया गर्ने नै छौ ।

अमेरिकामा कलाकारहरुको विभिन्न संस्थाहरु खोलिएका छन् । पहिले कला मञ्च र अहिले ‘युना‘ भनेर गठन भएको रहेछ । बाल्टिमोर लगायत विभिन्न ठाउँमा संस्थाहरु खोलिने क्रम जारी छ । युएसएमा कलाकारहरु धेरै छन् । नेपालमै कलाकार बनेर चिनिएर आएका तीस जना जति भए पनि यही आएर कलाकर बनेका १०० जना भन्दा बेसी छन् । बरिष्ठ कलाकार प्रेमराजा महत र सपना श्री परीयार सम्म यही नै छन् ।
न्युयोर्कमा नेपाली कलाकारहरुको त्यति महत्व छैन । अन्य स्टेटमा जाँदा मैले एक हजार युएसए डलर गाए बापत लिने गर्दछु । बाल्टिमोर, बोस्टनसम्म जादा मैले पाँच सय सम्म लिने गरेको छु ।
मैले अमेरिकामा संगीत बाहेक अरु काम पनि गर्नु पर्दछ । शोखले मात्रै पेट पालिने रहेनछ । अरु काम गर्नु पर्दा संगीतका कार्यक्रम पनि छुटाउनु पर्दछ विदा नपाएर । तर कामै छोडेर भए पनि मैले संगीतका लागि समय दिने गरेको छु । त्यस कारण म धेरै जागिर छोड्ने मध्यमा पर्दछु । हाम्रो समाज पनि त्यस्तै छ । काम नगरि गीत मात्रै गायो भने काम गरेन हल्लिएर हिड्यो भन्दछन् । म सुमन,अनील रोका मगर र सेरबहादुर घती मगर तीन जनाको लगानीमा “शेयर सुमन वालरेस टेक्नोलोजी” पसल खोलेका छौ ज्यक्शनहाईट, न्युर्योकमा । जुन ठाउँमा रहेर पनि आफ्नो पेशालाई अगाडि बढाउदा राम्रै हुन्छ । हिजो र आजको अवस्था फरक छ गाउँघरको । हिजो मित्रसेन राम थापा गाउँ गाउँ पुगेर गीत संकलन गर्थे । तर आजभोली इन्टरनेटको पहुँचले गर्दा कोठामै बसेर गीतको रचना गर्न सकिन्छ । तर मेरो नेपाल फर्किने चाहना छ ।

( साथमा मान राना मगर,सुमन बुढा मगर र हुम पचभैया मगर )

 यो पेशामा दुःखको क्षण त्यति छैन । यो पेशामा लागे पछि धेरै चिनजान हुदोरहेछ । नामबाट चिनिन पाइदा गर्व लाग्छ ।
सरकारले कलाकारलाई सम्मान गर्नु पर्दछ । कलाकारले राजनीति गरेर सफल हुन सक्दैन । भारतमा सरकारले नै कलाकारलाई सम्मान गरेर राजनीतिमा ल्याउने काम गरिरहेको छ । कलाकार एक्लै राजनीतिमा आउँछु भनेर केही हुनेवाला पनि छैन । नेपालमा कलाकारहरु नेताको हातबाट फूलमाला लगाउने काम मात्रै भएको छ । राजनीतिक दलहरुले कलाकारलाई धेरै टाढाको व्यक्ति सम्झिन्छन् । यदि राज्यले उपेक्षा नगरेकोभए हामी यहां आउनै पर्ने थिएन । त्यसमाथि हामी पिछडिएका समुदायका कलाकारहरुलाई त झन बढी कक्रें आंखाले हेर्ने गरिएकोछ । विभेद गर्ने गरिएकोछ । राज्यले उपेक्षा गरेका कारण यसरी कलाकारहरु अमेरकिामा विदेशिए बाध्य भएका छन् । मैले जानेकै मात्र नेपालबाट यहां आई श्रम गरिरहेका कलाकारहरु थुप्रा छन् । जस्तै :

जगदीस समाल मगर – गजल तथा आधुनिक गीत

रोशन गुरुंग – आधुनिक गीत
सपनाश्री परीयार – आधुनिक गीत
प्रेमराजा महत – लोक गायक अमेरीकाको लागी सम्भावना राजदुत
कर्णदास – पप गायक
रन्जना शर्मा – नायीका
सरिश्मा अमात्य- गायीका
सरोज खनाल -नायक
रमेश उप्रेती – नायक
रमति ढुंगना – नायक
तारा गुरुंग – डान्सर
गौरीमल्ल – नायीका,अध्यक्ष यूना
सारंगा श्रेष्ठ – नायीका
रतन सुबेदी – हाश्य कलाकार
करिश्मा मानन्धर – नायीका
युना उप्रेती – नायीका
बिक्रान्त बस्नेत – नायक
राजुलामा – पपगायक
फिरोज स्यांतेन – गायक
हरीस माथेमा – गायक
राम श्रेष्ठ – गायक
बिजय नक्रर्मी – कोरीयोग्राफी
राजेन्द्र कर्ण -तबलिस्ट
बिमल बुढाथोकी – किबोर्ड
राज कपुर – मादल
नुच्छे नारायण ढंगोल – मादल
नलीना चित्रकार – पप गायीका
राजेश थापा मगर (गायक तथा उद्धधोषक)

(राज्यसत्ताका हुम थापा मगरले बुढा मगर संग थकाली किचेन न्यूयोर्कमा गरेको कुराकानीमा आधारित)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %