बौद्ध धर्म के हो ?

Read Time:10 Minute, 35 Second

आज भन्दा २५ सय बर्ष पहिले नेपालको दक्षिणी तरार्इ प्रदेशमा पर्ने लुम्बिनी कपिलवस्तु राज्यमा राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट इशापूर्व ४६३ मा माइत देवदह तर्फ जान लाग्दा बाटैमा गौतम  बुद्ध जन्मन पुगे । गौतम बुद्धको बिवाह १८ बर्षको उमेरमा यशोधरासँग हुन  गयो । बिवाहको १० बर्षपछि उनको छोरो राहुल जन्मिए । २९ बर्षको उमेरमा उनले राजदरबारको सम्पूर्ण यशआराम, शुखसयल, सुविधा बैभव त्यागि सत्मार्ग, मानव मुक्ति र ज्ञानको खोजिमा संसार यात्रा गरे । बुद्ध संसारका महान पुरूष मध्येका एक महान थिए । उनी हामी जस्तै मानव बुद्ध थिए । उनले हामी भित्रको अन्धकार हटार्इ उज्यालो  प्रकाश दि ए । हामीलार्इ सत्य र सत्मार्गको बाटो देखाए । उनको शिक्षा अत्यन्त सरल छ। कुनै दार्शनिक, कलेवर, अतिरञ्जित र अलौकिक भनार्इहरू छैनन् । मानिसको बर्तमान जिवन कसरी उज्वल, समुन्नत, सुखमय र शान्तिमय हुन्छ भन्ने प्राकृतिक सरल जीवनका बारेमा ज्ञान उपदेश दिएका छन् । जतिखेर अशान्ति चल्छ, झैझगडा र  द्वन्द बढछ, रक्तपात मच्चिन्छ, आन्तरिक तथा बाह्य शान्ति र सुखको महसुस हुन्छ,  यतिखेर हामी सबै सधै उनै बुद्धलार्इ सम्झन्छौ । उनलार्इ हामी मानव भगवान ठानेर प्रार्थना गर्दछौ  । उनी प्रति आस्था राख्दछौ । शान्तिको ज्योति बुद्ध साच्चिकै महान मानव थिए । हामी जस्तै साधारण मानव तर ज्ञानी पुरूष थिए । हामी उनी प्रति धन्य छौ । उनले मानव हितका पक्षमा दिएका शिक्षा ज्ञान उपदेशहरूनै बौद्ध  शिक्षा भनेर संसार भर कहलियो । यसैलार्इ आज बौद्ध  धर्म भनेर बौद्ध  दर्शन प्रति आस्था बिश्वास राखिन्छ ।

      सम्पन्न राजदरबारमा जन्मिएका हुर्किएका बुद्धलार्इ दरवारिया सुखसयलले सन्तोष र शान्ति दिएन । एक दिन दरवार बाहिर निस्कदा चारवटा दृश्यले उनलार्इ प्रभावित पारयो । चिन्तन गर्न चिन्तित तुल्यायो । ती चार प्रभावित दृश्यहरू थिए ।
१) बुढो मान्छे ( मानिस किन बुढो हुन्छ ? )
२) रोगी मानिस ( मानिस सँधै स्वस्थ नभएर रोगी किन हुन्छ ? )
३) मृतक मानिस ( मानिस जन्मन्छ फेरी काल अकाल किन मर्छ ? )
४) जोगी/सन्यासी मानिस ( मानिस गृह त्यागेर के का लागी जोगी सन्यासी हुन्छ ? )
     बिधमान सांसारीक दुःख निराकरणको उपाय छ । त्यसको खोजी गर्न सकिन्छ भन्ने सत्मार्गमा लाग्ने बाटो उनले देखे । उनले त्यसको खोजी, दुःख निराकरण र ज्ञान प्राप्तिकालागी एकान्त ध्यान गर्नु आबश्यक ठाने । जुन त्यतिखेरको दरवारिया चहलपहल र कोलाहल बातावरण भित्र सम्भव थिएन । उनी एक रात दरवार छोडेर सुटुक्क बाहिर निस्के । त्यतिखेर उनको उमेर २९ बर्षको थियो । उनको उमेर पनि परिपक्को भइसकेको थियो ।ध्यान तपस्याकै क्रममा बैशाख पुर्णिमाको दिन उनले बिशेष ज्ञानको ज्योति प्रकाश प्राप्त गरे । त्यतिखेर उनको उमेर ३५ बर्ष भइसकेको थियो । उनले बोधिबृक्ष (रूखको जरामा बसेर ) तत्वज्ञान प्राप्त गरे । आफुले प्राप्त गरेको त्यही ज्ञानलाइ बाडन मानव कल्याणका लागि बिश्वमा ज्ञान छर्दै हिडे । ८० बर्षको उमेरमा भगवान बुद्धले निर्वाण प्राप्त गरे । त्यसै दिन बैशाख पूर्णिमाकै दिन जन्म लिनुभएको थियो भने बैशाख पूर्णिमाकै दिन निर्वाण प्राप्त गर्नु भएको थियो । भगवान बुद्धको मुल उपदेश मानवतावाद, भाइचार, सच्चरित्रता विश्वबन्धुत्वको भावना अहिंसा र शान्तिनै मुख्य हुन । बुद्धको उपदेश अनुसार धार्मिक कर्मकाण्ड जवतप सबै ब्यर्थ हुन । यसो गर्न आबश्यक छैन । जीवन शुद्ध र पवित्र हुनुपर्दछ । यहिनै मानव धर्म हो । मुक्तिको बाटो हो । उनको धर्ममा मानवताबादी भावना बाँच र बाँच्न देउ भन्ने सन्देश उपदेश छ । जुन मान्छेकालागि मननयोग्य अपरिहार्य आबश्यक ज्ञान हो । बौद्ध  धर्म बैज्ञानिक भौतिकतावादी र मानव कल्याणमा आधारित छ । यसको बिपरित नेपालमा आयातित ठगी कर्मकाण्डी मनुबादी धर्महरूले यसलाइ बिस्थापित गर्दै लगेको तीतो इतिहास हाम्रो सामु छ । ठगी कर्मकाण्डी धर्महरूले कहिल्यै पनि राष्ट्रलाइ माथि उचाल्ने छैनन् । त्यसकारण आज आम नेपालीहरूले बौद्ध  धर्म दर्शनलाइ आफ्नो जीवन दर्शन बनाउन आबश्यक छ । यसबाटै सुन्दर नेपाल निर्माण सम्भब देखिन्छ । बैज्ञानिक अलबर्ट आइन्सटाइनले बौद्ध  धर्मबारे आफ्नो आस्था विश्वास यसरी प्रकट गर्नु भएको छ  ” आजको युगमा आधुनिक बिज्ञानसंग मिल्ने कुनै धर्म छ भने त्यो बौद्ध धर्म नै हो” प्रशिद्ध साहित्यकार बरटाण्ड रूसेलको बौद्ध धर्म प्रति अत्यन्तै अगाढ आस्था भएको सत्य उनी यसरी पोख्छन् ” यदि कसैले मलार्इ कुनै एक धर्म मान्न विवश गरेमा म बुद्ध धर्म मात्रै मान्द छु ” बुद्ध धर्म कुनै यो वा त्यो जातिको मात्र धर्म नभएर सम्पूर्ण मानव विश्व समुदाएका लागि निर्माण भएको बैज्ञानिक धर्म हो । यो हामी सबैको हाम्रो आफनो धर्म हो । हामी बुद्धको सन्तति भएकोमा गर्व गर्नु पर्दछ ।

बुद्धले हामीलार्इ दिएका शिक्षाहरू यी हुन्
   – चार आर्य सत्यहरू ( Four Novel Truths )
   क) दःख सत्य ( संसारमा दुःख छ )
   ख) दुःख समुदय सत्य ( दुःखको कारण छ )
   ग) दुःख निरोध सत्य ( दुःख हटाउन सकिन्छ )
   घ) दुःख निरोध मार्ग ( दुःख हटाउने बाटाहरू छन् )
 
 – अस्टाङ्गी मार्ग ( Eight fold Paths )
  (क) सम्यक दृष्टि ( सहि गलत छुटयाउनु/अज्ञानता हटाउनु )
  (ख) सम्यक संकल्प ( सही कार्य मात्र गर्ने )
  (ग) सम्यक बचन ( सहि र सत्य बोली बोल्नु, असत्य र कटुबचन नबोल्नु )
  (घ) सम्यक कर्म ( सहि काम गर्नु, चोरी, हिंसा र ब्यभिचार नगर्नु )
  (ङ) सम्यक जीविका ( उचित तरिकाले सरल जीवन यापन गर्नु, खराब ढाँट काम नगर्नु )
  (च) सम्यक प्रयत्न ( सहि र उचित प्रकारको प्रयत्न अभ्यास गर्नु )
  (छ) सम्यक स्मृति ( सहि कुरालार्इ सम्झनु खराब कुरा नसम्झनु )
  (ज) सम्यक समाधि ( चित्त मनलार्इ एकाग्र पार्नु )
 
– कर्म तथा आवागमन- मान्छेले जस्तो काम गर्छ त्यसतै फल प्राप्त गर्दछ । राम्रो काम गरे राम्रो फल नराम्रो काम गरे नराम्रो फल पाउछ ।
– निर्वाण – पवित्र जीवन ब्यतित गर्नाले र शुभकार्यमा लाग्नाले निर्वाण प्राप्त हुन्छ ।
– अहिंसा – कुनै पनि जीव हत्या गर्नु तिनलार्इ दुःख कष्ट दिनु अहिंसा हो । पवित्र मन बचन कर्म द्वारा शुभकार्यमा लाग्नु पर्दछ ।
– शुद्धाचार – मन शुद्ध र पवित्र हुन पर्दछ । कपट र छलछाम हुनु हुदैन ।
– जातपातमा अविश्वास – जातले मानिस ठुलो सानो हुदैन । जन्मले कुनै पनि महान हुदैन । छुत अछुत हुदैन । कामलेनै मानिस ठुलो सानो महान प्रसंसनिय हुन सक्दछ ।
– र्इश्वरीय शक्तिप्रति अनास्था – बौद्ध धर्ममा यज्ञ, बेद मुर्ती, पुजा र वलिको महत्वमा विश्वास आस्था गरिदैन । बैज्ञानिक मानव धर्म भएकोले कुनै र्इश्वरीय काल्पनिक शक्तिमा बिश्वास गरिदैन ।
– यज्ञ र ब्राहमण धर्ममा अविश्वास – बाह्य कुनै अलोकिक चिजलाइ पुजन गर्नु आबश्यक छैन । यज्ञ र ब्राहमण धर्म पुजने हैन । मान्छेले मान्छेको सेवा गर्नु धर्म हो ।
यसतो महान शिक्षा दिनुभएकोमा हामी बुद्ध प्रति आभारीछौ । बुद्ध प्रति कृतज्ञभाव राख्दछौ ।

नेपाल मगर बौद्ध सेवा समाजद्धारा प्रकासित लेखक टी.बी. पुन मगरको किताब ‘आदिवासी मगर र बौद्ध धर्म’  बाट उद्धृत गरिएको हो ।

क्रमश:
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %