पाचथर, थर्पु – ६ स्थाई निबासी हाल बेलायतको रिडिङमा बसोबास गर्ने ढालमान मावोको श्री मती बर्ष ३९ की कृष्णमाया मावो ( यङया ) को गत जुन ३ मा रिडिङकै रोबिन हुड कोप्स भन्ने ठाउमा सांघातिक हमला पछि बलात्कार गरी हत्या गरिएको खबरले आदिबासी जनजाति महिला महासंघ बेलायत स्तब्ध भएको छ ।
बेलायत जस्तो अति बिकसित र सुब्यबस्थित राष्ट्मा पनि एउटा नेपाली चेली माथी यस किसिमको अक्षम्य एवम् निकृष्ट शैलीको महिला हिंसा वा हत्याको घटना प्रति आदिबासी जनजाति महिला महासंघ बेलायत कडा बिरोध र घोर भत्सर्ना गर्दछ ।
वहाको हत्यामा संलग्न एक जनालाई मात्र पक्राउ गरिएको छ । हत्याको प्रकृति हर्दा सामुहिक हत्या हुन सक्ने जनगुनासो बढी रहेको बेलामा यस्तो अत्यन्त निन्दनीय, संबेदनाहीन र अमानबीय घटना घटाएका एकजनालाई मात्र सजाय तोकी सो हत्या काण्ड राफसाफ नगरी अन्य यस घटनाका सम्बन्धित दोषीहरुको पनि पहिचान गरी कानुनको कठघरामा उभ्याएर कडा भन्दा कडा कारबाही गरियोस भन्ने आदिबासी जनजाति महिला महासंघ बेलायत जोडदार माग गर्दछ ।
यो दुखद घडीमा शोक सन्तप्त परिवार जनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने समबेदना प्रकत गर्दै मृत आत्माको चीर शान्तिको कामना पनि गर्दछ ।
कमला थापा मगर विमला सुव्वा
अध्यक्ष महासचिव
नेपाल आदिवासी जनजाती महिला महासंघ, बेलायत