‘नोकरी गरे मामै माम राजनीति गरे ?’

Read Time:18 Minute, 26 Second

 
बेलायत
पुर्व मन्त्री तथा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष मालवर सिंह थापा मगर (एमएस) ले नेपाल आदिवासी जनजाती महासंघ बेलायतले आयोजना गरेको एक अन्तर्कृया कार्यक्रममा बोल्दै आवाजविहिनहरुको मुक्तिका लागि सत्तामा सघन प्रतिनीधित्व बनाउने अचुक उपाय जातीय जनसंख्याको आधारमा राज्यका हरेक निकायमा प्रतिनीधित्व सिद्धान्त मात्र रहेको बताए । यो बिना जातियमुक्ति असम्भव रहेको उनको कथन थियो । यसले बहुसंख्यक जातिलाई सत्ताको मालिक बनाउन मद्दत गर्दछ ।
देशमा संघीयताले उथलपुथल ल्याईरहेको बखत उनको संघीयताले मात्र जातीय मुक्ति हुन नसक्ने  भनाईले उनका भाषण श्रवण गरिरहेका जनजाति नेताहरुलाई अचम्म तुल्याएकोथियो । उनले तिनका जिज्ञासा शान्त पार्दे बहुजातीय समाजमा संघीयता एउटा उपक्रम हो, सबैलाई अधिकार प्रत्यायोजन गर्ने । तर त्यस्तो संघीयताभित्र जातीय जनसंख्याको आधारमा जातिहरुको प्रतिनीधित्व गराउन सकिएन भने त्यसले गर्नुपर्ने काम गर्दैन ।

यस्तो गम्भीर तर महत्वपूर्ण यथार्थलाई सबै दलहरुले महत्व नै नदिएको थापाको भनाई थियो । संघीयताले सबै छु मन्तर हुन्छ भन्दै हिंडिरहेका दलहरुले जनजाति र उपेक्षितहरुको आंखामा धुलो हालेकाछन् । उनको भनाई थियो, संघीयताभित्र जातीय समस्या हल गर्ने उपाय नपहिल्याए त्यहां पनि टाठाबाठा र हुनेखाने हरुले नै राज गर्छन् कमजोरहरु हेर्याहेर्यै हुन्छन् । उनको दावी थियो, त्यहि समस्या आउने यथार्थ बोध हामीले २५ बर्ष अगाडि नै गरेर संघीयताभित्र र केन्द्रमै सम्पूर्ण जातिलाई आ-आफ्ना संख्याको आधारमा हिस्सेदारी हुनुपर्छ भनि सिद्धान्त नै प्रतिपादित गरिदिएका हौं । नेपालको सन्दर्भमा यो नै उत्तम बिकल्प हो र हाम्रो दलले मात्र यसलाई अगिंकार गरेकोछ ।
थापाको भनाईमा विश्वका १७ वटा विकसित राष्ट्रहरुले जनमुक्तिले लिए जस्तो समानुपातिक सिद्धान्त अगिंकार गरेर सफल उदाहरण पेश गरेकोछ । जिज्ञासाकै क्रममा जनजाति एकताको कुरा उठ्दा अन्य जनजाति दलले जनजाति मुक्तिको ठोस अवधारणा नल्याएपछि उनीहरुसंग सिद्धान्तत विमतिका कारण एक हुन नसकेको उनको स्पस्तोक्तिकरण थियो । तर कार्यगत एकता भैरहेको र भविष्यमा पनि हुने उनको जवाफ थिायो ।

हालसम्म नेपाल सहित विश्वका ३१ वटा देशमा संघीयताको अभ्यास हुन गैरहेको र यो मुद्दा नेपालमा आफ्नो दलले सर्वप्रथम उठाएको उनको दावी थियो । त्यसैगरि धर्मनिरपेक्ष, जातीय समानुपातिक, आरक्षण आफुहरुले नै नेपाली राजनीतिमा छिराएको उनको भनाई थियो । यसमध्ये, धर्मनिरपेक्ष, आरक्षण जस्ता मुद्दा राज्यले स्विकारिसकेको र संघीयता पनि सिद्दान्तत स्विकारिएको र त्यसको मोडलको मात्र निक्र्यौल हुन बांकी रहेकोले आफुहरुको नैतिक जित भैसकेको थापाको कथन थियो । नामको विवादले केहि अवरुद्ध भएपनि त्यो संघीयता विरोधिहरुको प्रोपोगाण्डा कमजोर हुदैं गएपछि हल हुने उनको भनाई थियो ।

संघीयता विरोधिहरुले ऐतिहासिक थातथलोको आधारमा छुट्टयाइएका १४ प्रदेशको संघीय ढांचालाई जातीय राज्यको रुपमा हौवा फिजाएर संघीयतामा भ्रम छरेकोले विवाद बढेको उनको आरोप थियो । उनले भने, त्यो पुख्र्यौली थलोमा बसिरहेका आदिम जातिहरुका निम्ति सम्मान थियो ।बेलायतमा बेल्स भाषीहरुको सम्मानमा बेल्स, स्कटिसहरुको लागि स्कटल्याण्ड, इग्लिस भाषीहरुका निम्ति इङ्ल्याण्ड दिईदा थिचोमिचो हैन झन शान्ति भएकोछ । त्यसले विश्वभरबाट आएका जातिहरुलाई भातृत्वको आधारमा समेटेको उनको अथ्र्याइ थियो । बेलायत सरकारले युरोपको भाषाभाषीहरुलाई मात्र महत्व नदिई विश्व परिवेशबाट आएकाहरुलाई पूर्ण सम्मान सहित ितनको अधिकारको ग्यारेन्टि गरेको उदाहरण दिदै भने, यहां भारतबाट आएका त्यहांका खास खास जातिय समुदाय तमिल, हिन्दी, गुजराती , पन्जाबी भाषीहरुको भाषालाई समेत राज्यले अपनत्व दिएकोछ । त्यसो गरेपछि जातीय असन्तुष्टि स्वत कम भएर जाने नै भो । हो, हामीले नेपालमा पनि त्यहि नीतिमा हिंड्न सबैलाई दवाव दिईरहेकाछौं ।

समावेशी तर सत्ताधारीकै रजाई हुने !
संघीयतामा सबै जातिलाई समेट्ने आफ्नो दलको अवधारणा पेश गर्दे उनले दिएको उदारहण अनुसार, जुन क्षेत्रमा ऐतिहासिक अस्तित्व बोकेका जातिहरु छन् त्यसलाई उनीहरुकै नाममा अर्थात पहिचानमा सिमांकन गरि त्यसभित्रका अल्पसंख्यक जातिहरुलाई स्वायत्त क्षेत्र छुट्याएर उनलीहरुको पहिचानलाई पनि सुनिश्चित गरिनेछ । जस्तै, लिम्बुवान भित्र शेर्पाको विशेष क्षेत्र बनाउन सकिन्छ भने अति अल्पसंख्यक जाति मुसहर , डोमलाई संघीय प्रान्त या स्वायत्त क्षेत्र र अति अल्पसंख्यकहरुलाई संरक्षित क्षेत्र छुट्याएर सबैलाई समेट्ने नीति आफ्नो दलको रहेको थापाको भनाई थियो । उनका अनुसार, यो सिद्धान्तले कसैलाई काखा कसैलाई पाखा नगरि  सबैलाई बराबर हक दिने र सत्तामा पुर्याउने ग्यारेन्टि गर्छ । तर यस्तो सिद्धान्तलाई राज्यमका हरेक निकायमा हालीमुहाली एक जातीय वर्चश्वका प्रचारवाजहरुले संगठितरुपमा  जातीय राज्यको नाम दिई भ्रम छरेकोले अन्यमा पनि यसले नकारात्मक असर छाडेको उनको विश्लेषण थियो ।तिनले अद्यापि षड्यन्त्र गरिरहेको उनको भनाई थियो ।

 देश संघीयतामा जाने निश्चित भएपनि तर निर्वाचनमा जादा समानुपातिक  र समावेशी जस्ता मुद्दामा अझै जालझेल गरिरहेको उनले अनुभव प्रस्तुत गरेकाथिए । त्यसो गरिएछि आफुले समानुपातिक मान्छेको हो कि , महिला र पुरुषबीच हो कि, दलित र गैर दलितबीच हो कि भनि प्रश्न राख्दा सर्वदलीय बैठकमा जम्मा भएका कथित जनजाति मुक्तिका ठेकेदार नेताहरु अनुत्तरित भएको बताए । त्यस्तै समाजवेशी भनेर मात्र नहुने त्यसको छिनोपानो हुनुपर्ने कुरा आफुले अडान सहित राखेको थापाको भनाई िथयो । उनको भनाईमा, ५० जना बाहुनसंग एक जना दलित राखेपनि समावेशी हुन्छ र २० जना नेवारसंग १ जना तामाङ राखेपनि समावेशी हुन्छ । यस्तो खाले असमान समावेशी नीति पारित गर्न थालेपछि आफुले विरोध गरेको उनले बताए । त्यसपछि जनजाति, महिला, दलित, मधेसी  भनि छुट्याईयो । यो पनि पूर्ण नरहेको उनको भनाई थियो । अहिलेपनि महिलाको नाममा बाहुन क्षेत्रीकै महिला र जनजातिबाट टाठाबाठा नेवारहरुले आरक्षणको फाईदा उठाईरहेकाछन् । तैपनी यसले केहि मात्रामा भएपनि प्रतिनीधित्व बढाउने काम गरेको छ । अझै बढी प्राप्त गर्न अझै लड्नुपर्ने उनको भनाई थियो ।

सत्ता नै सबैथोक
अहिलेका सत्ताधारीहरु चुनावमा हारेपनि सत्तामा हुने र जितेपनि त्यहां पुग्ने कारण खोतल्न थाले मात्र जनजाति चेतना बढ्ने र त्यसले सत्तामा पुर्याउने थापाको कथन थियो । सत्ता बिना केहि नहुने हरेक चीजको उदगम थलो नै सत्ता भएकोले त्यसको महत्व बुझ्न सबैलाई आग्रह गरे । अधिकार सत्तासंग रहेको र त्यो प्राप्त गर्न राजनीति नगरि नहुने बताएका थापाले एउटा उखान टुक्का सबैलाई स्मरण गराएकाथिए । उहिले गाउघरमा हलो जोते मामै माम पढे लेखे के काम भने झै अहिले राजनीति गरे के काम जागीर गरे मामै माम भनिन्छ । हामीमा भएको यस्ता चिन्तन हटाउनुपर्ने उनको सुझाव थियो । उनको चेतावनी थियो,यदि अहिले तपाईहरु जातीय समानुपातिक सिद्धान्तको आधारमा अधिकारको लागि लड्नुहुदैन भने भोलि तपाईका सन्तानले हामीले अहिले भोगिरहेको नियति नै भोग्नुपर्नेछ ।
 
। जातीय समानुपातिक सिद्धान्त तिमी पनि खाउ हामीलाई पनि हाम्रो भाग अनुसार खान देउ भन्ने समानतामा आधारित सिद्धान्त भएकोले यसले सबैलाई समान अधिकार प्रत्यायोजन गर्ने थापाको भनाई थियो । तर यस्तो यथार्थ बुझेर पनि नबुझेझै गरेका ठुला दलहरुबाट जनजाति नेताहरु चोईटिदै जान थालेका थापाको विश्लेषण थियो । अशोक राई , चैतन्य सुब्बाहरुको उदाहरण दिदै उनले ठुला दललाई संघीयतामा गए आफनो जातिको वर्चश्व टुट्ने भयले अनेकन षड्यन्त्र गरिरहेकाछन् तर यसले आउदो चुनावमा उनीहरुकै पत्ता साफ हुने संभावना छ । माओवादीलाई जनताको बहुमतले संविधान बनाउन दिएपनि उ पनि यहि डरले संविधान नै नबनाएर त्यसलाई भंग गरिदिएको बताउदै थापाले भने, यी सबै टाउकेहरुको कर्तुत जनताले देखिसकेकोले आगामी चुनावमा २३ बर्षदेखि समानताको लागि लडिरहेको जनमुक्तिलाई जनताले मत दिनेछन् ।
क्रान्तिकारी भनिने माओवादीले  जनजातिहरुले आफ्ना कार्यालय सफा गर्दा अपवित्र हुन्छ भनि सफा नै गर्न नदिने पुरातन र पश्चगमनकारी प्रधानमन्त्री ल्याएकोले उ झन प्रतिगामी रहेको उनको आरोप थियो । त्यसैले हामीले यो सरकारको विरोध गरिरहेकाछौं ।

आदिवासीको गलत बुझाई
नेपालमा आदिवासीत्वको कुरा गर्नेहरुमाथि प्रश्न उठाउदै उनले विश्वको उदाहरण पेश गर्दे भने, आदिवासी जनजातिको आन्दोलन उठेका देशहरुमा त्यहां विदेशीहरुले शासन गरेको देखिन्छन् । जस्तै,अमेरिकामा नेटिव, अस्टेलियामा इन्डिजिनियस,अफ्रिकामा एथ्निक,भारतमा मुलबासी आन्दोलन आदि । तर विदेशीले शोषण नगरेका देश जस्तै बेलायतमा इन्डिजिनियस, एथ्निक आदि इत्यादि भनिदैन । किनकी यहा इङलिसहरुकै हातमा सत्ता छ । यहां टाईबल ग्रुप भन्ने गरिएकोछ जुन नेपालमा प्रयोग हुने आदिवासी मुलवासी, पिछडिएको जाति नभई एउटा सोसल कल्चर समुह भन्ने जनाउछ । धेरै पहिला रोमनलाई लखेटेपछि यहां इन्डिजिनियस वा नेटिभ आदि शब्दको प्रयोग नगरिएको उनको बुझाई त्यहां सुनाएकाथिए । इतिहासमा समेत हस्तक्षेप राख्ने थापाको ब्यङ्ग्य थियो, जसले नेपालमा नबुझि आदिासीवादको कुरा उठाईरहेकाछन्  तिनलाई विदेशीले शासन गरेका रहेछन् भनि बुझ्नुपर्ने हुन्छ ।

गुर्खालीलाई किन द्धैध नागरिकता !
द्धैध नागरिकताको प्रसंगमा उनको नयां बिचार आएकोथियो । जात, धर्म त्यागेर भारत गै बसेका तुलसी गिरी नेपालको प्रधानमन्त्री बन्न सक्ने, जर्मन नागरिकसंग विहे गरि उतैका भएकी सुजाता उपप्रधानमनत्री हुन सक्ने अनि जसले यस धर्ती आवाद गरि बसे तिनका सन्तालmाई द्धैध नागरिकता लिईनुपर्ने ! उनले देशमा रोजगार दिन नसक्ने सरकारले विदेशभूमीमा श्रम गरेका गोर्खाका सन्तानलाई अनागरिक भन्नुको कुनै नैतिक अधिकार नरहेको बताए ।
द्धैधनागरिकताको माग नै अप्रासंगिक रहेको थापाको भनाई थियो । उनले भने, तपाईले मैले देश छाडेकोछु भनेर कतै निवेदन दिनुभएकोछैन, कानुनत । त्यसैले तपाईको नागरिकता कायम नै छ । बरिष्ठा अधिवक्ता समेत रहेका उनले भने, ढुक्क हुनुहोस् तपाईले वंशजको आधारमा नेपाली नागरिकता पाउने हैसियत राख्नुहुन्छ । उनको भनाईमा भारतबाट छिरेर नेपाली बनेका माधव नेपाल, हदयेश त्रिपाठी, राजेद्र महतो जस्ता बिशुद्ध नेपाली कहलाईन्छन् भने तपाईहरुको पुर्खाले त नेपालका लागि रगत बगाएकाछन् । कसले रोक्न सक्छ, नागरिकताबिहिन बनाउन ?
 भुपु सैनिक र तिनका परिवारले नेपालमा ठुलो योगदान दिएको र राष्ट्रिय जनमुक्ती पार्टिमा पनि अधिकास भुपुहरुकै बाहुल्यता रहेको र हाम्रो समाजमा सबै भन्दा चेतन्सिल भुपु सैनिकहरु रहेको र अहिले उनिहरुकै शिक्षित सन्तानले पार्टिमा स्थान लिई अधिकारको लागि लडी रहेको जनाउदै  यो पार्टीले भुपुहरुबारे  निरन्तर रुपमा आवाज उठाउदै आएको बताए । भुपुको प्रारम्भिक आन्दोलन नहुदै भुपुहरु भेला गराई  गेसोको बिधान लेख्ने पनि आफु रहेको जनाउदै नेपालमा भुपु मन्त्रालय गठन गर्नुपर्छ भन्दा यस्तो पनि हुन्छ भन्दै खिल्ली उडाईने गरेको जनाउदै अध्ययन अनुसन्धान नगर्ने तर यस्तो पनि हुन्छ उस्तो पनि हुन्छ भन्दै बखेडा झिक्ने चिन्तन रहेको जनाउदै  अमेरिकामा भु पु सैनिक मन्त्रालय रहेको जानकारी गराउदै यस्तो हुन नसक्ने अभिव्यक्ति प्रती खेद प्रकत गरे ।
मन्तव्य राख्ने क्रम्ममा जनमुक्तिका युरोप सयोजक थर्क रानाले भने, ‘हामीले धेरै विश्वास गरेर काग्रेंस, एमाले र माओवादी सम्मलाई केही गर्छ कि  भनी सत्तामा पुर्यायौं तर सबैले आदिवासी जनजाती ,दलित ,सबैलाई धोका दिएकाले हाम्रो लागि लड्ने पार्टिको लागि बिदेशबाट भएपनी तन,मन र धनले सहयोग गर्नुपर्छ  ।  त्यस्तै आदिवासी जनजाती महिला  महासंघकी अध्यक्ष कमला थापा ,आदिवासी जनजाती महासंघकी पुर्व सल्लाहकार गंगा देवी राइ,तमाङ सोसाइटिका प्रेम तमाङ ,हिमालयन अर्गनाइजेसन बेलायतका अध्यक्ष भरत थापा, किरात आयोख्या लगायतका बिबिध संघ संस्थाका प्रतिनिधरुले आ-आफ्नो धारणा राखेका थिए ।
उक्त कार्यक्रममा मगर संघ यु के ,किरात राइ यायोक्खा ,थकाली समाज ,सुनुवार समाज ,शेर्पा समाज ,तमुधी लगायतका संघ सस्थाहरुको सहभागी रहेको थियो । कार्यकक्रमको सन्चालन आदिवासी जनजाती महासंघ बेलायतका अध्यक्ष श्री लिम्बुको अध्यक्षतामा महासचिव नरेश काङ्माङ र विमला सुब्बाले गरेका थिए ।
-चजिन्द्र राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %