नोवेलमा कराते प्रशिक्षण

Read Time:3 Minute, 19 Second

सुन्दर गुरुग

कोटिहवा स्थित नोवेल इनभायरोमेन्ट एकेडेमीमा मन्टेश्वरी र नर्सरी कक्षाका विद्यार्थीहरुलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरी कराते प्रशिक्षण सुरु गरिएको छ । शुक्रवार विद्यालयमा कराते प्रशिक्षण प्रारम्भ एक कार्यक्रमा नेपाल सिदियो कराते महासंघका संस्थापक गुरु सु.के वि रानाले आजको २१ औ शताब्दिमा खेलकुदको माध्यमले नै विश्व सामु देशको नाम राख्ने भएकाले विश्व जगतमा खेल क्षेत्रलाई राष्टले गौरवको विषय बनाएको विचार व्यक्त गरे ।

तर उनले नेपालमा भने त्यस्तो हुन नसकेकोमा गुनासो व्यक्त गरे । तर वालवालिकालाई मार्सल आट जस्तो खेलले उनीहरुको शारिरीक  र मानसिक विकासलाई सहयोग पुग्ने बताए । खेल क्षेत्रले बालबालिकाहरुमा अनुशासन सिकाउन र कुलत बाट बच्न सिकाउने बताए । त्यस्तै नेपाल सिदियो कराते संघका सचिव गिरी पुनले पनी सानो उमेर वाट नै वालवालीकाहरुलाई विशेष खेलको प्रशिक्षणले उनीहरुको जिवन भरी नै यसको सकारात्मक पक्षको असर रहने बताए ।विद्यालयका कार्यकारणी निर्देशक पुर्ण बहादुर गुरु ले विद्यालयको तर्फबाट बालवालिकाको शारिरीक मानसिक र संवेगात्मक विकास गर्न कूनै कसर बाकि नछाडीने बताए ।

उनले यो कराते कक्षा पनी बालवालीकाको शारिरीक विकासमा सहयोग पुगोस भन्नका लागी विद्यालयमा व्यवश्था गरिएको बताए ।उनले मानिसहरुका शारीरिक स्वास्थ्य प्रति कम रुचि र चासो भएकाले विभिन्न रोगबाट ग्रस्त हुने विचार व्यक्त गदै पूर्व प्रथामिक विद्यालयबाट नै दिइने यस्तो प्रीशक्षणले बालवालिकालाई जिवन भरी नै स्वास्थ्य रहन प्रेरणा मिल्ने बताए ।उनले यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थी हरु भन्दा फरक चुस्त र राम्रा हुने बताए ।

कार्यक्रममा प्रशिक्षणा प्रारम्भ गनु भन्दा अगाडी वुद्ध पुजा गरिएको थियो । सुरुको चरणमा यस प्रशिक्षणमा १४ जना विद्यार्थीलाई यो खेल प्रशिक्षण दिईने विद्यालयले बताएको छ । वालवालीकाले आफै खाना लगाउन र दिशा पिसाब समाहल्न जाने पछी यो प्रशिक्षणमा विद्यार्थीहरुलाई सहभागी गराईने विद्यालयले बताएको छ ।कार्यक्रम सञ्चालन विद्यालयका प्रर्चाय सुन्दर गुरुले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %