बिजय हितान नेपालि समुदायमा बातावरणिय चेतना जाग्रित गर्ने उद्देस्यले चार बर्ष अगाडी बेलायतको फक्स्टोन बाट सुरुगरिएको अभियान, यो बर्ष अती नै सफल भएको अनुमान गरिएको छ । यो भन्दा अगाडी स्थानिय इलाकामा सरसफाइ, बिर्छ्यारोपण, हाजिरी जवाफ प्रतियोगिता इत्यादी कार्यक्रम गरेर मनाइएको बिस्व बातावरण दिवस, यस बर्ष भिन्न तरिकाले अगाडी बढ्यो । रेडियो, फेसबुक, समाचार पत्रको मार्फत पर्याबरणिय सूचनाहरू सप्रेसण गर्दै यस सालको बिस्व बातावरण दिवस मनाइयो ।
बी एफ बी एस गोर्खा रेडियो बेलायतमा सन्चालिका सिरिश सुनुवारको दिवा कोसेली कार्यक्रममा यसलाई संलग्न गरियो । एक घन्टा भरी, अन्न उत्पादन र यसको उपभोगले कसरी बातावरणलाई नकारात्मक असर पार्छ र फोहोर मैलालाई घरमै कम्पोस्टिङ गरेर मल तयार गर्दा कसरी बातावरण जोगाउन मद्घत हुन्छ, भन्ने बिषयमा जानकारि मुलक अन्तर्वाता प्रस्तुत गरिएको थियो । सँयुक्त रास्ट्र खाद्य सङठनको अनुसार्, हरेक ७ जनामा कति जना मान्छे प्रतेक रात् भोक भोकै बिस्तरामा जानुपर्छ भन्ने प्रश्न राखेर स्रोताहरूलाई कार्यक्रममा आकर्सित बनाइएको थियो । यस प्रश्नको सहि उत्तर दिएर पुरस्कार जित्ने उत्तरी आइल्यान्डका स्रोता राज थापालाई एक बातावरन मैत्री कोसेली प्रदान गरिएको छ।
गत बर्षमात्र स्थापित बी जी डब्लु एस रेडियोकी सन्चालिका, प्रमिला राई र सोनाम शेर्पा ज्युले पनि दिउँस १२ देखि १ बजे, बिस्व बातावरण दिवसलाई समर्पित एउटा कार्यक्रम प्रसारण गर्नु भयो । ‘सोँचेर सम्झेर खाना खानु, अन्नलाई खेर नफाल्नु, यसो गरे बातावरणलाई जोगाउन सकिन्छ’ भन्ने यस बर्षको बातावरण दिवसको नारालाई प्रकास पार्दै पर्याबरणिय ढंगमा लेखिएका गजल र कबिताहरू प्रस्तुत गरिएका थिए ।
उता बी एफ बी एस काठमान्डुमा पनि बिनोद खड्का ज्यु र वाँहाका सहकर्मीहरू राम र महेन्द्र ज्युले न्युज रिपोर्ट तयार पार्दै नेपालमा बिभिन्न कार्यक्रम गर्दै यस दिवस मनाइरहेको समाचार पस्कनु भयो । बातावरण दिवसको अवसर पारेर, सुन्दर पर्यटकिय सहर पोखरालाई नेपालको सबैभन्दा सफा-सुघर सहर घोषणा गरिएको, र दुइजना बातावरण सम्बन्धी लेख्ने पत्रकारहरूलाई चुनावी सरकार अध्धछ्य खिल राज रेग्मीले एक कार्यक्रमबिच पुरस्कार दिनुभएको समाचार सप्रेसन गरियो ।
यस पालीको बातावरण दिवसलाई बी बी सी नेपालि सेवाले पनि ब्रिस्तित कभर गरेर सँसारका नेपालिहरूको कानमा गुन्जिएको समाचार पनि आएको छ । लन्डन अवस्थित भगिरथ योगी ज्युद्वारा सम्पादित समाचारमा ‘काठमान्डुलाई प्लास्टिक झोला रहित सहर’ बनाउने काठमान्डु महानगरपालिकाको अभियान रहेको र उता इलाममा सरसफाइ कार्यक्रम राखिएको समाचार बी बी से ले प्रसारण गरेको थियो । भनिन्छ एउटा प्लास्टिक ब्याग माटोमा कुहुन सयौँ बर्सलाग्छ । काठमान्डुका गल्ली र सडकहरुमा फालिएका फोहोर प्लास्टिकका झोला र बोतलहरू अन्त्यमा बागमति नदिमा गएर मिल्ने हुन । यस्ता प्रदुसणले नदिको माछा तथा अन्य जलचर र तिनका इकोलोजीमा कस्तो नकरात्मक असर पार्ला, सहजै अनुमान गर्न सकिन्छ । बी बी सी नेपालिले धेरै राजनीति र मानवमुखी कार्यक्रमहरू प्रसारण गर्दछ जो अती नै सराहनिय छ । तर यस प्रसारणलाई सुनेर केही स्रोताहरूको सल्लाह के छ भने, हाम्रो खसकदो बातावरणलाई मध्यनजर राख्दै बिस्व बातावरण दिवसमा मात्रै पर्याबरणिय कार्यक्रम् प्रस्तुत न गरेर अन्य समयमा पनि यस बिषयलाई ध्यान दिए राम्रो हुन्थ्यो ।
उता गोर्खालि/नेपालि समुदायसँग आबद्द रेडियोमाअर्फत यस्ता समाचारहरू प्रसारित भए भने, बेलायतमा स्थापित केहे साहित्यकारले इको-कबिता/गजल/हाइकु लेखेर यस बातावरण दिवसलाई सम्झना गरे । स्विन्डनमा बस्दै आउनु भएका नानु रानाले-
….खाना मात्र किन ? सबै कुरा बचाउँ
बचाएर वातावरण सबै मिलि जोगाउँ….
-भन्ने कबिताले आफ्नो फेसबुकको वाल भर्नु भयो ।
त्यसरी नै लन्डनमा अवस्थित एक फाइनान्स बैँक मा कार्यरत तथा पूर्व गोर्खा सैनिक भोज बराल ज्यु ले निम्नलिखित कबिता आफ्नो फेसबुकमा सप्रेसन गर्नु भयो ।
छ्यांग छ्यांगति बगेका अनेकौं नदि,
आकाशै छेकेर उभिएका सेता हिमाल,
मूल फुटाउने हरिया पहाड,
सुन्दर घर भित्रको सुख सुबिधा,
यी सब देखेर,
जावो पानी मा के कन्जुस्यांइं गर्नु भन्दै,
घर भित्रै को धारो खोलेको खोल्यै गरेर
सुन्तली ले हरेक बिहान,
दाँत माझ्छे,
भाँडा माझ्छे,
लुगा धुन्छे,
खडेरी पर्दा – करेसो बारी समेत सिंचाउछे!…….
नेपालि प्रतिभा प्रतिस्ठानका अर्का साहित्यकार देभेन्द्र खेरेश ज्युले पनि एउटा हाइक्यु पस्केर यस दिवसलाई मनाउनु भयो । त्यसको दुइटा अङ्स-
सबैको नारा
स्वाच्छ वातावरण
स्वास्थ्य जीवन ।
मायाँको चिनो
संसार थाम्नलाई
प्लास्टिक फुल ।
यस पङ्तिकारले पनि यस बर्षको बातावरण दिवस अबिस्मरणिय बनाउने बीचारले जीवनमा पहिलोपल्ट एउटा गजल लेख्ने प्रयास गर्यो ।
फोहोर भनि जताततै, फ्याँक्न भएन यार
रुघा-खोकी जस्तै सर्छ, खाँस्न भएन यार !
बिजुली पानी ग्याँस, जथा भाबी चलाएर
प्राक्रितिक स्रोत साधन, झ्याँक्न भएन यार !!
हरित ग्रिह्य ग्याँसको, बाक्लो धुँवा उडाएर
जल बायु परिवर्तन्, डाक्न भएन यार !!!
हरा भरा बन्पाखालाई, जथा भावी नङ्याएर
पृथ्वीको जैबिक बिबिधता, रोक्न भएन यार !!!!
शहर बजार जताततै, बस्तीनै बस्ति बसालेर
सुन्दर गाउँ प्रदुसँणले, लिप्न भएन यार !!!!!
जसरी सामाजिक परिवर्तन् ल्याउन साहित्यले ठुलो भूमिका खेल्छ त्यसरी नै पर्याबरणिय चेतना जगाउन पनि यसले महत्वपुर्ण खेल खेल्न सक्छ । यस भनाइलाई नेपालि साहित्य बिकास कोशका अद्ध्यछ्य खगेन्द्र नेपालि र अन्तररास्ट्रिय नेपालि साहित्याका उपाधछ्य ड रुपक श्रेस्ठले समर्थन जनाउँदै आउँदा दिनहरुमा बेलायतमा स्थापित साहित्य संगठनहरू लगायत नेपालि राज्दुतावास मिलेर भब्य इको-साहित्यिक कार्यक्रम गरेर बिस्व बातावरण दिवस मनाउन सकिने बताउनु भयो ।
स्मरण रहोस नेपाली प्रतिभा प्रतिस्ठान का साहित्यकारहरूले यसै जुन १५ मा यस्तै इको-साहित्य कार्यक्रम गरेर बातावरण दिवस मनाउने योजना रहेको छ ।
हरेक बर्षको जुन ५ मा मनाइने यस बातावरण दिवस अर्को साल पनि माथी भनिएको प्रस्ताब मुताबिक गरिने योजना छ । यो बातावरणिय जानकारिमुलक आन्दोलन द्रुत गतिमा अगाडी बढेको नेपालि समुदायले अनुभव गरेको जानकारिमा आएको छ र भबिस्यमा पनि यस्तै सहभागिताको अपेच्या गरिएको छ ।