जनजाति कलमबीरहरुको प्रमुखमा दण्ड गुरुङ

Read Time:8 Minute, 44 Second

राज्यसत्ता ब्यूरो
आदिवासी जनजाति पत्रकारहरुको एड्भोकेसी फोरम आदिवासी जनजाति पत्रकारसंघ (अनिज) ले १० जुनमा सम्पन्न पांचौ पोखरा महाधिवेशनबाट महासंघ (आदिवासी जनजाति पत्रकार महासंघ, फोनिज) को रुप धारण गरेकोछ । २०५६ सालमा आदिवासी जनजाति मुद्दालाई लेखन मार्फत आ–आफ्ना मीडिया मार्फत फैलाउदै राज्य र गैरजनजाति पत्रकारहरुलाई पहिचानको गम्भीर मुद्दामा ध्यानाकर्षण गराउन र त्यसमा सम्बन्धित निकायलाई गम्भीर बनाउने उद्देश्यका साथ अनिज गठन गरिएकोथियो ।

pic- www.tamuhyula.com

नागरिक (सिटिजन) म्यागेजिनका प्रधानसम्पादक चन्द्र कुलुङ्को अध्यक्षतामा तदर्थ समिति गठन गरिएकोथियो भने महासचिवमा लाफाका प्रधान सम्पादक प्रदिप थापा मगर थिए । यी दुबै पत्रिका जनजाति मुद्दालाई बोक्न खोलिएकाथिए । अन्य सबै पदाधिकारी तथा सदस्यहरु पनि बैकल्पिक पत्रकारितातर्फबाट आएकाथिए ।
शुरुमा अनिजमा मुलधारका कोहि पत्रकार संलग्न थिएनन् । त्यतिबेला जातीय मुद्दा उठांउदा साम्प्रदायिकताको आरोप लाग्ने हुनाले मुलधारका पत्रकारहरु अनिज जस्ता संस्थामा संलग्न हुन हच्किन्थे । त्यसमाथि आफ्नो खाईपोई आएको जागीर जान सक्ने भयले पनि उनीहरु त्यसरी चिनिएर जातीय मुद्दा वकालत गर्न चाहदैनथे । पछि मात्र मुलधारका पत्रकारहरु यस संस्थामा फाट्टफुट्ट आउन थालेकाथिए । अहिले अवस्था पूरै फेरिएकोछ । देशभरका  ४०० सदस्य संघमा आवद्ध छन् र तिनले आफ्ना समुदायका मुद्दामा लविङ गर्ने हरप्रयत्न कोशिश गरिरहेकाछन् ।

मुलधारका पत्रकारहरु पनि आउन थाल्नुको पछाडि केहि कारण थिए । त्यतिबेला पहिचानको मुद्दामा देशभर एक खालको तिब्र लहर शुरु हुन थालेको थियो र माओवादीले हिंसा सहित त्यसलाई उग्र रुप दिदै थियो । माओवादीमा जनजाति युवाहरु धमाधम लाग्न थालेपछि अन्य दल विशेषगरि एमालेले जातीय संस्थाहरुमा घुसपैठ गरि आफ्नो दलगत स्वार्थ पूरा गर्ने रणनीति प्रारम्भ गरेकोथियो । त्यहि रणनीति अनुरुप अनिजमा एमाले सम्बद्ध पत्रकारहरुको उपस्थिति बाक्लिदै गएकोथियो । यसमा काग्रेंसको तुलनामा एमाले बढी सुब्यवस्थित रुपमा जातीय संस्थाहरुमा घुसिरहेकोथियो ।
आदिवासी जनजाति महासंघ, विभिन्न जातीय संस्था र अनिज जस्ता जनजातिय संस्थामा एमालेले लामो समय सम्म कब्जा नै जमायो । यसपालि एमालेबाट पहिचानको मुद्दामा अशोक राईहरु ननिस्किएकोभए  र एमालेका क्याडर तथा जनजाति महासंघ निवर्तमान महासंघ अध्यक्ष र महासचिव दुबैले दल न त्यागेकोभए यसपालि चितवन महाधिवेशनबाट नेकाका कुमाल आउने कुनै चान्स थिएन । एमालेको जातीय रणनीति कमजोर भएको मौका पारि यसपालि जनजाति महासंघ नेकाले आफ्नो पोल्टामा पार्न सफल भयो ।
२०५६ यताका अनिजको नेतृत्वमा सदा एमाले सम्बद्ध प्रेस चौतारीका जनजाति पत्रकारहरुले बर्चश्व जमाउदैं आएकाथिए । खिम घले, मोहनसींह लामा, अहिले दण्ड गुरुङ प्रेस चौतारी सम्बद्ध पत्रकार हुन् । तर एमाले कमजोर भएको कारण यसपालिको पोखरा अधिवेशनमा नेका र माओवादीको कडा टक्कर ब्योहोर्नु पर्यो । अहिले आएको नयां नेतृत्वमा एमाले, नेका र माओवादीको सन्तुलन मिलेको देखिन्छ, पहिलेको तुलनामा ।
अहिले करिब करिब ठूला सबै जातिय समुदायका संचारकर्मीहरुले आ–आफ्ना पत्रकार संघ बनाएकाछन् । मगर संचारकर्मी संघ, गुरुङ संचारकर्मी संघ, लिम्बु पत्रकार संघ, किरात पत्रकार संघ, तामाङ पत्रकार संघ, थारु पत्रकार संघ, नेवार संचार समूह त्यस्ता केहि नाम हुन् । ति प्रायश सबै अनिजसंग आवद्ध थिए । त्यसैले अनिजलाई जातीय पत्रकारहरुको महासंघ बनाईनुपर्छ भन्ने बहस लामो समय देखि चलिरहेकोथियो, जनजाति महासंघ जस्तै । यसपालि त्यसले मुर्तरुप लिएकोछ ।
विभिन्न जातीय पत्रकार संघले आ–आफ्ना समुदायका पत्रकारलाई केन्द्रिय नेतृत्वमा पठाउन चर्को लविङ गरेका महाधिवेशन प्रतिनीधिहरु बतांउछन् । त्यसैले पनि होला यसपालि सर्बजातीय र सर्वदलीय नेतृत्व चयन भएको ।
पछिल्लो समय अनिजको भूमिकाले प्रभावकारी रुप लिदैं गैरहेको विश्वास गरिन्छ । यसलाई एउटा शक्तिको रुपमा मान्न थालिएकोछ । अनिजकै प्रयासले नेपाल पत्रकार महासंघमा एक जना जनजाति पत्रकार नै कोटाको रुपमा मनोनित गर्न सकिने प्रावधान संभव हुन गएकोछ । आठ वटा जातीय पत्रकारहरुको संस्था र ४५ वटा जिल्लामा विस्तारित यसको संगठन विस्तारका कारण यस्तो प्रभाव छाड्न सकेको हो । तर यसले अझ बढी लेखेर, बोलेर , मंचन गरि जनजातिका मुद्दालाई प्रभावकारी रुपमा लैजान गर्नुपर्ने कार्य भने धेरै छ । नयां नेतृत्वले यस्ता कार्य सफलतापूर्वक सम्पादित गर्ने विश्वास गरिएकोछ ।

फोनिज हांक्ने योद्धाहरु ः

निवर्तमान महासचिव दण्ड गुरुङको अध्यक्षतामा २७ सदसीय कार्यसमितिको चयन भएकोछ । एवीसी टेलिभिजनका प्रमुख संवाददाता दण्ड तमु संचारकर्मी संघका पनि अध्यक्ष हुन् । उनी यस अघि गोरखापत्र र सगरमाथा टेलिभिजनमा काम गरिसकेकाछन् । उनको नेतृत्वमा यी पदाधिकारीहरु चयन भएकाछन् ः

भैरव आङ्ला, उपाध्यक्ष
गजुरधन राई, महासचिव
मनोज घर्ती मगर, संगठन सचिव
रजनी तामाङ, महिला सचिव
कोषाध्यक्ष, टेकराज थामी

क्षेत्रीय संयोजक
शाहीमान राई पूर्वान्चल
कुमार नेगी, मध्यमान्चल
देव पचभैया मगर, पश्चिमान्चल
खेम बुढा मगर, मध्यपश्चिमान्चल
मस्तवीर क्याङ्गङ्वा, सुदुर पश्चिमान्चल

सदस्यहरु–
राजेश चाम्लिङ
आश गुरुङ
ईन्द्रजित मुखिया
गणेशमान गुरुङ
जिवन लामा
प्रज्ववल श्रेष्ठ

महिलातर्फ–
दिपा आले मगर
माया लिम्बु
रीता लामा

अल्पसंख्य सदस्य
शेर बहादुर भुजेल
एमन दुनुवार

सदयस्का निम्ति १५ जनाले उम्मेदवारी दिएपछि मतदान भएकोथियो । ३ जना सदस्य पछि मनोनित गरिने जनाईएकोछ । अधिवेशनबाट राज्यसत्ता डटकमका पाल्पा संवाददाता देव पचभैया र नेपालगंज संवाददाता दिपा आलेले कडा प्रतिस्पर्धाबाट अत्यन्त ठूलो मत लिई जित हासिल गरेकाथिए ।
दिपाले  ७९ मत प्राप्त गरिन । महिला सचिव रजनी तामाङले ल्याएको सर्वाधिक ९० मतपछि उनको नंवर दोश्रोमा थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %