काठमान्डौ,१६ जेठ,नेपाल मगर संघका पुर्ब अध्यक्ष तथा भुपु मन्त्री गोरेबहादुर खपांगी मगरलाइ अकस्मात ज्वरो आएर आज ५ बजे पुन आइ.सि.यु मा भर्ना गरिएको छ । उहालाई परिवार र आफन्तसंग घुलमिल गराउनको लागी केहि दिन अघि मात्र आइ.सि.यु बाट स्पेशल क्यबिनमा सारिएको थियो । उहाको स्वास्थ्यमा एकाएक अस्थिर देखिएकोले हस्पिटलका स्टापहरु केहि समय अलमल्ल परेका थिए भने, उहाको परिवार, आफन्तजन र शुभचिन्तकको ठुलै भिड् लागेको थियो ।
उहां बैषाख १२ गते आदिबासी चलचित्र महत्सवमा जादा प्रर्दशनिमार्गमा मोटर साइकलको ठक्करबाट लडेर हालसम्म बेहोस नै हुनुहुन्छ । उहालार्इ माईतिघर स्थित अन्नपुर्ण न्युरो हस्पिटलमा भर्ना गरेको आज एक महिना ५ दिन भै सक्यो ।
उहाको आर्थिक अबस्था नाजुक भएकोले नेपाल सरकारसंग बारंबार उपचार खर्च उपलब्घ गराउन अनुरोध गराउदा पनि टेरपुच्छर लगाएको छैन । उता आफ्नो मातृ सस्था नेपाल मगर संघ र लामो समयसम्म योगदान दिदै आईरहेको राजनितिक थलो रा.ज.मु.पाले पनि रेग्मि सरकारले जस्तै कानमा तेल हालेर बसेको छ ।
संखर लिम्बुको नेतृत्वमा बनेको गोरेबहादुर खपांगी उपचार सहयोग समितिमा रहेका सदस्यहरुले पनि खासै रुचि राखेर सहयोग रकम संकलन गरेको देखिदैन र भने जस्तो सहयोग उपलब्द गराउन सकिरहेका छैनन् । सहयोगको लागी अपिल गर्न जानेलार्इ पनि गोरेले गरेको योगदानलाई चटक्कै भुलेर झिना मसिना कुरामा अड्को थापेर असयोग गर्ने ब्याक्तिहरु देखियो । यि दांसहरु कति दिनसम्म बाहुनको दांसी हुनेहुन कुन्नी ?