बिजय हितान
बेलायतमा गत बर्षहरू यता बुद्द पुर्णिमालाई पारेर धेरै क्रियाकलाप हुने भएकोले मलाइ यस सम्बन्धी केही लेख्ने जाङर आयो । हालसालै ११ मे को दिन मगर् संघ बेलायतले बुद्द पुर्णिमाको उपलछ्यमा फार्नबोरोको खुला मैदानमा बुद्दको पूजा आराधना गर्दै एक भब्य सांगितिक कार्यक्रम गर्यो । एउटा तम्बुमा अस्थाइ गुम्बा स्थापना गरि भगवान् बुद्दको मुर्तिलाई वाफाहरूको साथमा भक्तजनहरूले बिहान १० बजेदेखी पूजा आजा गरेका थिए । यस संघले बुद्द जयन्तीको अवसर पारेर यो खाले कार्यक्रम् गर्दै आएको सात बर्ष भैसक्यो । त्यसरी नै बुद्दिस्ट समाज बेलायतले २५ मेको दिन रिडिङमा बुद्दिस्ट लामाहरूको साथमा बुद्द पुर्णिमा कार्यक्रम गर्यो । गत बर्ष यस संस्थाले दलाई लामालाई बेलायतमा आमन्त्रित गरि बुद्द जयन्ती भब्यतका साथ मनाएको त सबैलाई बिधितै छ ।
तर दलाई लामा जस्ता धर्म गुरुले बुद्द नेपालमा जन्मेका हुन भनेर खुलेर भन्न नसक्दा धर्मलाई राजनैतिकिकरण गरिएको सजिलै बुझ्न सकिन्थ्यो । यदि दलाई लामाले भारतमा राजनैतिक शरण न लिएर नेपालमा लिएको भए, बुद्द नेपालमा जन्मेका हुन भन्थे की ? नेपालमा पनि निस्चयनै बेलायतमा जस्तै यस्ता क्रियाकलापहरू हुँदै छन् होला । तर मेरो बिदेशि बसाइले त्यति थाहा हुन सकेन । तर कहीले काहिको नेपाल् भ्रमणले के अनुभव बटुलेको छू भने, अब ती गुम्बा मठ र बिहारहरू काठमान्डु र हिमाली भेगमा मात्रै सिमित न रहि जनजातिका बाहुल्य रहेका पहाडी जिल्ला र मधेसका सहरहरुमा पनि फाट फुट्ट देखिन थालेका छन् । मन्दिरका छेवैमा सेता सेता गुम्बाहरू ठडिएका र वरिपरि निलो, सेतो, रातो, सुन्तले, र पँहेलो रंगको ध्वजा फरफराइ रहेका म देख्दछु ।
बेलायतमा पनि धेरै नेपालिका घर-घरमा पित्तल तथा चाँदीका बुद्दको मुर्ति सजिएको देखेको छू । यसले बुद्द धर्म प्रति मानिसहरूको आस्था बढदै गएको आभास मैले पाएको छू । नेपालमा धर्म निरपेछ्यता घोसित गरिसकिएको आवस्थामा यस अस्ताइ सकेको धर्म फेरि आफ्नै जन्म भुमिमा केही दसक भित्रमा बाहुल्यता न लेला भन्न सकिन्न । बुद्द पुर्णिमा भनेर भगवान् बुद्दको जन्मदिन बुझिन्छ । बुद्द आजभन्दा २५५७ बर्ष पहिला नेपालको लुम्बिनीमा जन्मिनु भएको थियो । बुद्द भारतमा जन्मेका हुन भनि बिस्वमा झुटो प्रचार प्रसार हुँदै आइरहेरको सन्दर्भमा उनी नेपालमा जन्मेका हुन भनि ठोकुवा गर्ने मनसायले पनि बुद्द पुर्णिमाको बारेमा केही लेख्ने मैले जमर्को गरें । बुद्द नेपालमा जन्मेका हुन भनि चिनाउन बिस्व अभियान समिति नै गठन भएको त सबैलाई थाहा छ । भनिन्छ सान्तिका अग्रदुत बुद्द बैसाख सुक्ल पुर्णिमाको दिन जन्मनु भयो, सोही दिन बुद्द्वत्व प्राप्त गर्नु भयो र शोही दिन निर्बाण हुनुभयो । यस्ता महान ब्यक्तिको यी तिनै चरण एउटै तिथिमा पर्नु सम्योग न भएर बैग्यानिक हिसाबले पनि साँचो हुनसक्छ ।
किनभने पुर्णिमाको दिन चन्द्रमाको असर प्रिथ्विमा अन्यदिन भन्दा बढी प्रभावकारी हुन्छ । हामि मानव, जसमा दुई तिहाइ भन्दा बढी तरल पदार्थ हुन्छ, यसदिन हाम्रो शरीर पृथ्वीको ज्वार-भाटा जस्तै बढी सक्रिय हुन्छ । त्यसो त बुद्दको महानबाणी- ‘संसारमा जति पनि भौतिक पदार्थ छन् ती सबै परिवर्तिनसिल छन्, कुनैपनि बस्तु स्थाइ छैनन्, जन्मे पछि मृत्यु अपरिहार्य छ’- ले बुद्द धर्म कति बैग्यानिक छ भन्ने कुरा छर्लङ्याउछ । पूर्व मन्त्री तथा रास्ट्रिय जनमुक्ती पार्टी अध्यछ्य एम एस थापामगरको हालै बेलायत भ्रमण भैरहेको बेलामा बुद्द पुर्णिमाको बारेमा केही कोर्न सान्दर्भिक पनि छ । थापामगर ज्यु बौद्द धर्म सम्बन्धी इतिहासबिद्व ठानिनुहुन्छ । मगरहरू इतिहासमा बुद्द मार्गी थिए र बुद्द मगरकै सन्तान भएको, बिस बर्ष अगाडी प्रकासित थपामगर ज्युको कि
ताब ‘प्राचिन मगर् र आक्खा लिपी’ ले, थुप्रै ऐतिहासिक प्रमाणसहित व्याख्या गरेकोछ । यस कृतिको प्रकासन पछी एकातिर मगर् लगायत अन्य जनाजातिहरू बुद्द धर्ममा रुपान्तरित हुने भेल जारी नै छ भने अर्कोतिर आधुनिक नेपालको इतिहासमा नेपालबाट किन बुद्द धर्म पलायन भएर दक्षिण पूर्व एसियातिर बिस्थापित भयो भन्ने तत्थ्य पनि मानिसहरूले बुझ्ने मैाका पाएका छन् । प्रकासित साहित्यिक कृतिको कुरा गर्दा ड कबिताराम श्रेस्ट ले लेख्नु भएको ‘ महाभिनिस्क्रमणका अस्विक्रित पाइला’ को सन्दर्भ पनि कोट्याउन मन लाग्यो । बुद्दको जिवनिमा आधारित यस उपन्यासमा ड श्रेस्टले बर्णमा आधारित हिन्दू धर्ममा धेरै मानव अधिकार बिरुद्दका कुरुतीहरू थिए र त्यसको बिकल्पमा भारतबर्समा बुद्द धर्मको पार्दुभाव भएको एक तस्विर कोर्नु भएको छ । यसरी अहिलेको अस्थिर अनी युद्दहरूका चपेटामा परेको बिस्व, र जताततै अशान्ति छाइरहेको मानव समाजमा बुद्दका देन, बुद्द पुर्णिमा, र बुद्द जयन्तीले अती सान्दर्भिक र महत्वपुर्ण भूमिका खेल्न सक्नेमा कसैको दुई मत छैन् भन्ने मलाइ लागेको छ ।