न्युयोर्कमा २५५७औ बुद्ध जयन्ती कार्यक्रम भब्य रुपमा सम्पन्न

Read Time:4 Minute, 33 Second
  मे २६, ०१३ आईतबार न्युयोर्कमा नेपाली आदिवाशी जनजाति महासंघ अमेरिका द्वारा आयोजना गरिएको २५५७औ बुद्ध जयन्ती कार्यक्रम भब्य रुपमा सम्पन्न भयो । कार्यक्रममा बिशेष बुद्ध पुजा लामा गुरु “घेसे टाशी दोर्जे गरि उपस्थि एक सय पचास जना भन्दा बढीले खादा, फल फूल तथा भेटि चढाई दर्शन गरेका थिए बुद्ध डे  वहांको जन्म दिन मात्र नभएर ज्ञान  प्राप्त गरेको दिन र संसार छाडेर जानु भएको दिन पनि एकै दिन भएकोले बौध्दवलाम्बि हरुको लागी बुद्ध डे अत्यन्तै महत्व पूर्ण रहने लामा गुरु घेसेले प्रबचनको क्रममा जानकारी गराउनु भयो । सम्पूर्ण प्रानिहरुले दु:ख नचाहने र सुख मात्र चाहने भएकोलेगौतम बुध्दले छ बर्ष ध्यान गरि ज्ञान प्राप्त गरेर सबै मानिस तथा प्राणीलाई एउतै रुपमा हेर्नु भयो । त्यसैले गौतम बुद्धको ध्यान लिएर हामी सबैले आफ्नो मन र परिवार शान्त भए मात्र विश्व शान्ति हुन सक्ने बचन दिनु भयो ।
 
लाई नेपाल डे को रुपमा माबुद्ध डेन्यता दिन माग गर्दै ज्ञापन पत्र,
गौतम
बुद्ध एशियाको तारा तथा विश्व शान्तिकै अग्रदुतको संयुक्त राष्ट्रसंघ तथा विश्वले मनन गरि सकेको अवस्थामा विश्व भरि बसोबास गर्ने सम्पूर्ण नेपाली हरुले बुद्ध डे लाई नेपाल डे को रुपमा मनाउने हो भने बुद्ध सम्बन्धि सम्पूर्ण अनाबश्यक भ्रमहरु निराकरण गर्न र वाहाको उपदेश विश्वभर फैलाउन अझ सरल हुने भएकोले नेपाल तथा विश्व शान्तिको लागि बुद्ध डे को दिन नेपाल सरकारले “नेपाल डे” को रुपमा मान्यता दिइयोस भनिनेपाल सरकारको लागि”ज्ञापन पत्र”महासंघको कार्यबाहक अध्यक्ष बिनोद पोमोले  संयुक्त राष्ट्रसंघको लागि नेपाली स्थायी नियोग, न्युयोर्क कार्यालयको प्रतिनिधि घनश्याम लम्साललाई हस्तान्तरण गरे । बशेष अतिथिको रुपमा उपस्थित लम्सालले ज्ञापन पत्र ढिलो नगरी जहाँ पुर्याउनु पर्ने हो त्यहाँ पुर्याउने प्रति बद्धता जनाउदै नेपाल सरकारको तर्फबाट पनि गत शुक्रबार बेलुका अठार देशका प्रतिनिधिहरु संग बुद्ध जयन्ति मनाएको जानकारी गराए ।
 कार्यक्रममा लुम्बिनी बिकाश कोषको सचिब आङ्ग दावा शेर्पाले गौतम बुद्ध तथा लुम्बिनीको महत्व, बुद्ध नेपालमा जन्मिएको सम्बन्धि ईतिहासिक तथा पुरातात्विक आधारहरुको बारेमा जानकारी दिएका थिए । त्यस्तै बंशलाल तामाङ, कानुनिबिद रमेश श्रेष्ठ, पूर्व अधिवक्ता दुर्गा सुब्बा, कृष्ण पोख्रेल, संगिनी रानामगर र नर्बदा क्षेत्री लगायतले आ-आफ्नो मन्तब्य राखेका थिए भने बुद्ध भगवान सम्बन्धि काबिता बुद्ध चेम्जोङ्गले बाचन गरेका थिए । महासंघको कार्यबाहक अध्यक्ष बिनोद पोमो को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम ब्यबस्थापन संयोजक भोजराज थोकरले स्वागत मन्तब्य राखेका थिए भने महासचिब दिपेश लिम्बुले कार्यक्रम संचालन गरेका थिए । पूर्ण साकाहारी खानाको ब्यबस्था सहित कार्यक्रम हिमालयन याक रेस्टुरेन्ट मा आयोजना गरिएको थियो ।
मान बि. राना मगर, न्युयोर्क
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %