हङकङ, हङकङमा २५५७ औं बुद्ध जयन्तिको अबसरमा काउलुन पार्कबाट शान्ति पैदल यात्राबाट सुरू गरि याउमातेइ कम्युनिटी हलमा सभामा पिरणत गरेको थियो । शान्ति पैदल यात्रामा हङकङका अधिकांस संघ सस्थाले सहभागिता जनाएका थिए । गत साल भन्दा यसपालिको बुद्ध जयन्तिमा सहभागीता निकै धेरै थियो । शान्ति जुलुसका पैदल यात्रीहरूले उं माने पेमे हु, बुद्धं शरणं गच्छामी, धम्मं शरणं गच्छामी, संघं शरणं गच्छामि !!! भनि जुलुसले नाथन रोड हुदै बजार परिक्रमा गरेका थिए ।
उक्त कार्यक्रमको प्रमुख आयोजकमा नमोबुद्ध आमा समूह हङकङ र हङकङ उर्गेन दोर्जे बुदिष्ट सेन्टर रहेको थियो । साथै अन्य बुद्ध धर्म संग सम्बन्धित संघ संस्थाहरूको पनि सामुहिक सहभागिता थियो । कार्यक्रमको सञ्चालन प्रमुख आयोजकका रेणुका गुरूङ र प्रमिला गुरूङले गरेकी थिइन । अतिथिको स्वागत नमो बुद्ध आमा समूह, तथा एनआरएन हङकङका उपाध्यक्ष टिका गुरुङले गरेकी थिइन । सभा हल भित्रको औपचारिक कार्यक्रममा प्रमुख अतिथि धर्म गुरु खेन्पो डवाङ थेगषोगलाइ आसन ग्रहण गराएका थिए । अन्य बिशेष अतिथि आसनमा भिक्षु मगर, धर्म गुरूहरू खेन्पो कृष्ण गुरु, छिरिङ गुरु, देबि प्रसाद गुरु, लगायत विभिन्न धर्म गुरुहरुको आसन रहेको थियो । त्यस्तै अन्य संघ संस्थाका अध्यक्षहरूलाइ आसन ग्रहण गराइएको थियो । कार्यक्रमको शुरूवात बुद्धको मुर्तिमा पुष्पञ्जली अर्पण गर्दै आशिर्बाद लिने क्रम बाट शुरू भएको थियो । हल भित्र श्रद्धालुहरूको खचा खच भिडले भरिएको थियो । साथै मन्तब्य, प्रबचन दिने क्रममा क्याराभान ब्रोड काष्टिङ प्रा.लि. बाट आयोजित बिश्वमा शान्ति फैलियोस भन्ने नाराका साथ बिश्व भ्रमण गर्दै याहाँ आइपुगनु भएका मगर भिक्षुले बुद्धको जिवनी बारे संक्षिप्तमा चर्चा गरेका थिए । बुद्ध भन्नु हुन्छः भगवान तपार्इ हामी सबै हुन सक्छौ तर हामीमा भएको बिकार पञ्च तत्वलाइ त्याग गर्न सकेउ भने भन्ने कुरालाइ जोड दिएका थिए । धर्म कसैको पेवा हैन धर्मका ठेकेदारहरूले ल्याएको बिकृति मात्र हो, अब बुद्ध हाम्रो देश नेपालमा जन्मेको हो भनि प्रमाणित गर्न हामीनै अगाडी सर्नु पर्ने सरकार बाट यसको कुनै पहल नहुने कुराको जिकर गरेका थिए भने नेपालमा राख्न लागिएको बुद्धको शिला (मुर्ति) लार्इ सरकारबाट प्रतिबन्ध लगाइएको सुचना गराएका थिए । साथै भिक्षुले भ्रमणको क्रममा थाइल्याण्डबाट ल्याइएको बुद्धको अस्तुको समेत दर्शन गराएका थिए ।
हङकङमा २५५७ औं बुद्ध जयन्ति
Read Time:3 Minute, 39 Second