गौतम बुद्ध भारतमा जन्मिएको भन्दै प्रचार भइरहेका बेला त्यसलाई चिर्न मलेसियामा रहेका नेपालीहरुले बुद्ध नेपालको लुम्विनीमा जन्मिएको सन्देश दिएका छन । २५५७ औं वुद्ध जयन्तीको अवसरमा वौद्ध विहारले शुकवार क्वालालम्पुरमा आयोजना गरेको कार्यक्रममा नेपाली समुदायले अशोक स्तम्भको झल्को दिने गरी प्रतिमा बनाएर पैदल र्रयालीमा सहभागिता जनाएका थिए । जसमा बुद्ध नेपालको लुम्विनीमा जन्मिएको कुरा उल्लेख गरिएको थियो ।
ब्रेकफिल्डवाट शुरु भएको पैदल र्रयालीमा क्वालालम्पुरको विभिन्न स्थानहरु परिक्रमा गरी व्रेकफिल्डमै गएर समापन भएको थियो । पैदल र्रयालीमा नेपाली राजदूतावास क्वालालम्पुर, गैरआवासीय नेपाली संघ, मलेसियामाभएकाविभिन्न संघ संस्थाका प्रतिनिधीहरु, तथा ठुलो संख्यामा रहेका नेपाली समुदायले सहभागिता जनाएका थिए । हजारौं स्थानीय बौद्धमार्गीहरुले समेत वुद्धका विभिन्नमुर्तीहरु वनाएर र्रयालीमा सहभागिता भएकाथिए । मलेसियाको पेना∙ राज्य शहरमा पनि प्रबासी मगर सघं मलेसियाको क्षत्रिय कमिटी पेना∙ ले पनि मगरहरुको बाक्लो उपस्थितीमा २५५७ औं बुद्ध जयन्ति भब्यताका साथ मनाएको छ । उक्त अबसरमा आयोजक कमिटीका सभापति लीला सोमै र प्रमुख अतिथि नर बहादुर पुनमगरज्यूको बाहुलीबाट दिप प्रज्वलन गरी उपस्थिती महानुभावहरूलार्इ फलफूल बितरण गरिएको थियो । प्रबासको ठाऊं यसरी बुद्ध जयन्ति मनाउन पाउदा उपस्थिती महानुभावहरूले खुशि ब्यक्त गरेका थिए।
मलेसियामा वुद्ध जन्मजयन्ती मनाईयो
Read Time:2 Minute, 12 Second