जेठ ८ गते मोटरसाईकलको ठक्कर बाट गंभिरघाइते भई काठमाण्डौ अस्पतालमा उपचार गराईरहनु भएका नेपाल मगर संघका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री गोरबहादुर खपाङ्गीको स्वास्थ्यमा अझै सुधार आएको छैन । त्यसैले देश बिदेशमा खपाङगी बचाउ अभियान शुरू भएको छ । यसै शिलिशलामा मगर संघ हङकङले दर्इ लाख पचास हजार सहयोग रकम पठाएको मगर संघ हङकङकी अध्यक्ष चन्द्र ज्योति अाले मगरले जानकारी दिइन । खपाङगी बचाउ अभियानका कोषाध्यक्ष कुल प्रसाद पुनले पनि मगर संघ हङकङबाट रकम प्राप्त भएको जानकारी दिए । पुनका अनुसार आदिबासी जनजाति महासंघ, करैया गा. बि. स. इकार्इ समिति रूपन्देहीले पनि रू. बिस हजार सहयोग गरेको छ ।
रेग्मी सरकारले पनि सहयोगको लागि प्रतिबध्दता जनायो
क्या. यम बहादुर बुढाथोकीको संयोजकत्वमा नेपाल मगर संघका महासचिव नबिन रोका मगर, मगर महिला संघकी अध्यक्षा गंगा खासु मगर, नेपाल मगर युथ संघका अध्यक्ष डब बहादुर मगर, आइफाका डार्इरेक्टर संजोग लाफा मगर र छोरीज्वार्इ चन्द्र बहादुर थापा मगरको टोली अध्यक्षा खिलराज रेग्मीलार्इ खपाङगीको बारेमा जानकारी दिन र सरकारले उपचारमा किन हेलचक्रयाइ गरीरहेको छ भनी जानकारी लिन रेग्मीकै कार्यकक्षमा गर्इ भेटेका थिए । अध्यक्ष रेग्मीले उपचारमा ढिलार्इ भएकोमा माफ माग्दै सहयोग गर्ने प्रतिबध्दता जनाएको संयोजक बुढाथोकीले बताए ।
सोमबारदेखि स्वास्थ्यमा थप समस्या देखिएपछि मंगलबार वहाको टाउकोको दोस्रो पटक सल्याक्रिया गरि पाईपबाट पानी निकाल्ने काम भएको छ । उहाँ आइसियुमा दुइ तिनदिन रहने उहाँका छोरीज्वार्इ चन्द्रबहादुर थापा मगरले राज्यसत्तालाई जानकारी दिए ।