चलचित्र निर्माण कार्यशाला सम्पन्न

Read Time:3 Minute, 7 Second

लम्जुङ, मिनाम लाङ्घाली क्लब, नरुवल, लम्जुङको व्यवस्थापन र मगर चलचित्रकर्मी संघ केन्द्रीय समितिको आयोजनामा यही जेष्ठ १ देखि ७ गते सम्म संचालित चलचित्र निर्माण कार्यशाला वर्कसप सम्पन्न भएको छ । वर्कसपमा ओस्कार कलेज अफ फिल्म स्टडिजका प्रशिक्षकद्वय केशव पाण्डे र मनोज बाबु पन्तले प्रशिक्षण दिएका थिए । विभिन्न १४ जिल्ला रुपन्देही, स्याङ्जा, कास्की, पर्वत, तनहुँ, लम्जुङ, चितवन, धादिङ, सुर्खेत, रुकुम, धनुषा, काठमाडौं, काभ्रे र रामेछापका २० प्रशिक्षार्थीहरुले चलचित्र सम्बन्धी सैद्धान्तिक तथा प्राविधिक जानकारी लिएका थिए । नरुवल गाउँका बासिन्दाहरुको प्रत्यक्ष संलग्नतामा प्रशिक्षण कार्यक्रम हिजो जेष्ठ ७ गते मंगलबार मगर चलचित्रकर्मी संघ के.स. का अध्यक्ष युवराज मास्की राना मगरको सभापतित्व, आदिवासी जनजाति महासंघ, लम्जुङका अध्यक्ष खेमजङ गुरुङको प्रमुख आतिथ्य, लम्जुङ उद्योग बाणिज्य संघका महासचिव राजेश थापाको बिशेष आतिथ्य, अतिथिमा नेपाल मगर संघ जिल्ला समिति लम्जुङका अध्यक्ष टेकबहादुर थापा मगर, प्रशिक्षकद्वय केशव पाण्डे र मनोज बाबु पन्त, लमजुङ सिप विकास प्रतिष्ठान क्याम्पस टिम लिडर राजु बज्राचार्य, नेपाल मगर केन्द्रीय समिति भूपू सदस्य तथा मगर समाज समिति गुठ कोषाध्यक्ष बल बहादुर राना मगर, मगर समाज समिति नरुवलका अध्यक्ष खिम बहादुर आले मगर, सृजनशिल आमा समुहका अध्यक्ष सावित्री आले मगर, मिनाम लाङ्घाली क्लबका अध्यक्ष याम बहादुर आले मगरहरु रहेका थिए ।
     कार्यक्रममा प्रशिक्षकद्वयलाई टोकन अफ लभ तथा गाउला चलचित्रका नायक÷निर्माता रुपलाल बुढा मगरलाई पनि मायाको चिनो हस्तान्तरण गरिएको थियो । ७ दिने– प्रशिक्षणमा सहभागीहरुलाई तीन समुह सोरठी, मारुनी र घाटु समुहमा विभाजन गरि नरुवल गाउँकै परिवेशमा तीन वटा छोटो चलचित्र क्रमशः करीम, भेजा÷गुठ र अस्तित्व निर्माण गरि समापन समारोहमा प्रदर्शन गरिएको थियो । समापन समारोहमा आ–आफ्नो मन्तव्य पश्चात यऊनाट डकुमेन्ट्री पनि प्रदर्शन गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %