देब पचभैया पाल्पा, जेठ ८ गते
मोटरसाईकलको ठक्कर बाट गंभिरघाइते भई काठमाण्डौ अस्पतालमा उपचार गराईरहनुभएका नेपाल मगर संघका पुर्व अध्यक्ष गोरबहादुर खपाङ्गीको स्वास्थ्यमा अझै सुधार आएको छैन । सोमबार देखि स्वास्थ्यमा थप समस्या देखिए पछि मंगलबार वहाको टाउकोको दोस्रो पटक सल्याक्रिया गरि पाईप बाट पानी निकाल्ने काम भएको छ । उहा आइसियुमा दुइ तिनदिन रहने उहाका छोरीज्वाइ चन्द्रबहादुर थापा मगरले राज्यसत्तालाई जानकारी दिए ।
सहयोगको लागी पाल्पाली हरु आर्थिक सहयोग जुटाउने अभियानमा लागे
मगरसंघका केन्द्रिय सदस्य गमबहादुर थापा र आदिबासी जनजातिमहासंघ हङकङ्गका सस्थापक अध्यक्ष एब गोरे बहादुर खपाङ्गी बचाउ अभियानका सदस्य हुम बहादुर थापा (पचभैया) को आथित्थ्य तथा मगर संघ पाल्पाका सहसचिब हरी बहादुर सारुको अध्यक्षतामा आज तानसेनमा बसेको सब पक्षिय बैठकले सहयोगको लागी सबै संग आब्हान गर्ने निर्णय गरेको हो ।
बैठकले आर्थिक सहयोग जुटाउनको लागी मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहा संयोजक तथा जनजाति पत्रकार संघ पाल्पाका सस्थापक अध्यक्ष एबं श्रीनगर एफ,एमका स्टेशन म्यानेजर देब पचभैया सहसचिब रहने गरी समिति गठन गरेको छ ।
समितिमा तानसेन नगर भित्रका मगरसंघ नगरकमिति, मगर भेजाहरुका प्रतिनिधिहरुलाई सदस्यमा चयन गरिएको छ ।
जनजाति बुद्धिजिबिहरु, मगरसंघका पदाधिकारी लगाएतको सहभागिता रहेको बैठकमा मगर संघ हंगकंगका भुपु अध्यक्ष तथा आदिबासी जनजातिमहासंघ हङकङ्गका सस्थापक अध्यक्ष एब गोरे बहादुर खपाङ्गी बचाउ अभियानका सदस्य हुम बहादुर थापाले (पचभैया) गोरे बहादुरको स्वास्थ्य अबस्था एबं आफुहरुले थालेको सहयोगको अभियानको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा गोरे बहादुरको योगदानको बारेमा समेत छलफल भएको थियो । उहाको उपचारको लागी सरकारी तह बाट सहयोग हुन नसकेकोमा दुख ब्यक्त गर्दे बैठकले तत्काल सहयोग गर्न पनि सरकार संग माग गरेको छ । बैठक पछि आजै बाट सबै संग सहयोगको हात बढाईएको मगर संघ पाल्पाका सहसचिब हरी बहादुर सारुले जानकारी दिनुभएको छ ।