१७ मे, राज्यसत्ता, बेलायत, मगर संघ बेलायतको निमन्त्रणमा बुद्ध पुर्णिमाको अवसरमा आएका पुर्व मन्त्री, विद्वान व्यतित्व तथा राष्ट्रिय जनमुक्ती पार्टिका अध्यक्ष एम एस थापा मगर, मगर संघ बेलायतको कार्यक्रमको समापनसँगै बेलायतमा रहेका नेपालीहरुद्वारा आयोजना गरिने बिबिध कार्यक्रममा व्यस्त भएका छन । मे १८ तारिकका दिन मगर संघ प्लम्स्टिड ब्रान्चले बिसेश सम्मान कार्यक्रमको आयोजना गर्दैछ भने, मे १९ तारिकका दिन हिमालयन अर्गनाइजेसन बेलायतले अल्दर्सोट स्थित निरमाया रोधी घरमा दिनको १ बजे नेपालका र बेलायतमा रहेका गोर्खाली हरुको समस्याको समाधान लगायत बिबिध सम्सामयिक बिषयमा छल फल कार्यक्रम रहेको उक्त कार्यक्रमका आयोजकले समितिका सदस्य कमला थापाले राज्य सत्तालाई जानकारी गराए साथै उक्त दिन नेपाल बाट पाल्नु भएका कलाकारहरुलाई पनि बिशेष सम्मान गरिने जानकारी दिए ।
त्यस्तै नेपाल आदिवासी जनजाती महासंघ बेलायतले पनि यही आउदो जुन ०९ तारिख दिन,दिन्को १२ बजे अल्दोर्शोत स्थित भेट घाट रेस्टुरेन्टमा एम एस थापा सँग बिशेष अन्तर्कृया गर्ने भएको जानकारी आदिवासी जनजाती महासंघ बेलायतका महासचिव नरेश काङ्माङ राइले जानकारी दिए ।
यही मे २५ तारिकका दिन नोर्थोल्तमा हुन गैरहेको मगर बौद्ध मार्गी हरुको भेलामा पनि उनको उपस्थिती हुने उक्त कार्यक्रम्का सदस्य उपासक रिम गलामीले राज्य सत्तालाई जान कारी दिए।
पुर्व मन्त्री तथा ईतिहासविद ,कानुनविद ,बौदिक व्यक्तित्वो आदिवासी जनजाती ,राज्य द्वारा पछाडि पारीएका समुदायको अधिकार ,सम्मानको लागि निरन्तर शान्ती पूर्ण तरिकाले आन्दोलन गरिरहेका राष्ट्रिय जनमुक्ती पार्टिका अध्यक्ष थापाको बेलायत बसाइमा रहेको मौकामा बेलायतमा रहेका
नेपाली हरुले उहाको देश प्रती ,जनता प्रतिको दर्शन र आद्र्श र विचार ,चिन्तन बारे बुझ्न आतुर रहेको उनको कार्यक्रम्को फेह्रिस्त्ले जनाएको छ ।