फानवरो– मगर संघ यूकेको बार्षिक कार्यक्रम अनुसार गत शनिबार फानवरोस्थित रग्बी मैदानमा बृहत “ओपन कन्सर्ट” कार्यक्रम सम्पन्न भएको छ । नेपालबाट आएका ख्यातीप्राप्त चारजना कलाकारहरु सहित संघको दशवटा शाखाबाट छानिएका उत्कृष्ट चारवटा समूहको नृत्यले प्रमुखता पाएको उक्त ओपन कन्सर्ट बेलायत मगर संघले नेपालका महान धर्मगुरु एंव बुद्ध धर्मको निर्माता गौतम बुद्धको २५५७ औ जन्मदिन साथै मगरहरुको चण्डीपूर्णिमा पर्वको दिन पारेर संघले स्थापना काल देखि नै मनाउदै आएको छ । बेलायती प्रायद्धिपमा गोर्खाजहरुको बसोबास गर्ने कानुनी प्रावधान पाएपछि मगर संघ यूके संख्याले ठूलै संस्था मानिदै आएको कारण पनि स–साना हलहरुमा सीमित रहन नसकेको कारण यो ओपन कन्सर्टको अवधारणा आएको संघको दावी छ ।
“मगरहरुको एकता र पहिचानको विकास, एक जुट भएर सबैले खोजौं यसको निकास” भन्ने मुल नाराका साथ गत अप्रिल ६ तारिख २०१३ मा सम्पन्न मगर संघ यूकेको चौथो महाधिवेशनबाट आएका नयां कार्यसमितिको नौलो सोच र ताजा उत्साहका कारण पनि गतबर्ष भन्दा यसपटक दर्शकहरुको उपस्थिति रग्बी मैदानमा निकै बाक्लिएको थियो ।
हरियो चौरको पूर्व दिशा बेहुली झै सझिएको रंगीन मञ्चमा नेपालबाट आमन्त्रण गरिएका लोकगीत, पपगीत, आधुनिक गीत र दोहोरी गीतका धनी कलाकारहरु खड्गा गर्बुजा, मनसुधन थापा, टिका पुन र इन्दिरा जोशीको प्रस्तुती हेर्न आएका हजारौं दर्शकहरुबीच सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री एंव मगर इतिहासकार एम.एस.थापा मगर, बिषेश अतिथि बेलायतका लागि नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसे, रसमुर वरो काउन्सिलका मेयर पिटर र एनआरएन यूकेका अध्यक्ष कुल आचार्य थिए । बिहान ७ बजे मगर वाक्पाहरुद्वारा पूजाआजा गरी प्रसाद ग्रहण गरेपश्चात पहिलो चरणको कार्यक्रम १२ बजेबाट शुरु गरिएको थियो । पानसमा बत्ति बाली विधिवत कार्यक्रमको उद्घाटन गरेपछि शुभकामना मन्तब्य दिन प्रमुख अतिथि, बिषेश अतिथि र संघको अध्यक्ष दुत बहादुर गर्बुजा पुन मगरले ३÷३ मिनेट मञ्चको उपयोग गरेका थिए भने स्वागत मन्तब्य महासचिव बम सूर्यवंशीले गरेका थिए । अन्य अतिथिहरुमा बिजिडब्लुएसका अध्यक्ष मेजर रि.टिकेन्द्र दल देवान, तमु धि. यूकेका उपाध्यक्ष ज्ञाम गुरुङ, बुद्धिष्ट कम्यूनिटी सेन्टर (बिसीसी) यूकेका अध्यक्ष काजी शेर्पा, नेपाली दुतावास लण्डनका कर्णेंल विश्वनाथ घिमिरे, काउन्सीलर तेज बहादुर क्षेत्री, एटेची सूर्य थापा, बिएफबिएस रेडियोका प्रमुख, नेपाली टिभीका प्रमुख, रेडियो बिजिडब्लुएसका मेजर सोनाम शेर्पा, एभरेष्ट टाइम्सका सम्पादक हरि कुमार (काजी) गुरुङ, नगेन्द्र राज नेम्वाङ्ग, नेपाली पत्रका प्रतिनिधि, विभिन्न जातीय, क्षेत्रिय समितिका प्रतिनिधिहरु, मगर संघका आजिवान सदस्यहरु, मगर सझिङ्गे तथा रिटायर्ड अफिसरहरु अतिथिहरुको रुपमा उपस्थित थिए । नेपालबाट आएका अतिथि कलाकारहरु तथा स्थानीय कलाकारहरु मञ्जमा सजिए पश्चात नेपालको राष्ट्रिय गीत बजाएर ओपन कन्सर्टको रौनकता शुरुवात भएको भान उद्घोषक रमेश सिहं सराङकोटी, अनिता राना (सांस्कृतिक संयोजक) र शशी थापा सुब्बाले श्रोताहरुलाई अनुभुत गराएका थिए । दोस्रो चरणको कार्यक्रमको थालनीमा नेपालबाट आएका मनसुधन थापाले आफ्नो दुईवटा एलवमको उत्कृष्ट चारवटा गीत प्रस्तुत् गरे । त्यसपछि स्वीन्डन शाखाको बाल कलाकारहरुको घा“टुनाच, “लालुपाते फुल छैन, पात मात्र” भन्ने गीतले चर्चा पाएका सुमधुर स्वरका धनी टिका पुनले आफ्नो १ हजार १ सय भन्दा बढीको गीत मध्यबाट चारवटा गीत गाए । फानवरो अन्र्तगतको एचएसबी मगर शाखा समितिबाट महिलाहरुको कौडानाच देखाए पछि नयां युवाहरुको ढुकढुकी एंव उद्रिएको चोली भन्ने चर्चित गीत गाएर लाखौं युवाको ध्यान केन्द्रित गर्न सफल कलाकार इन्दिरा जोशी मञ्चमा आएर सबै युवायुवतीलाई नचाएका थिए ।
मगर संघ यूकेको सबैभन्दा टाढा रहेको वेल्स शाखाबाट आएका कलाकारहरुले सोराठी नाच देखाएका थिए भने पश्चिम लण्डन शाखाबाट आएका कलाकारहरुले अत्यन्तै लोकप्रिय गीत सालैजो भाकामा आफ्नो नृत्य देखाएका थिए । त्यसपछि लाहुरे जीवन, भोग्न देख्न नपाउदै आफ्नै मराङ्गको भीरबाट लड्न पुगी अशक्त बनेका साहसी एंव जीवनको चुनौती राम्ररी बुझेका नेपालका चर्चित लोकगायक खड्क गर्बुजा मञ्चमा देखा परे । आदिवासी जनजातिहरुमा एकता र विकास हुनुपर्छ भन्ने सन्देश दिने पूर्व मन्त्री समेत रहेका गोरे बहादुर खपाङ्गी मगरको गत २३ अप्रिलमा काठमाण्डौंमा भएको दुर्घटनाको स्मरण गराउदै उनको शिघ्रस्वास्थ्यको कामना गर्दैै आफ्नौ सयौं गीत अन्र्तगतका मनै छुने चारवटा गीत गाएर ओझेलिए । त्यसपछि क्रमैसंग श्रोताहरुको माग अनुसार अतिथि कलाकारहरुले गीत गाउदै गए भने अन्तमा “आंधी खोला उर्लेर आयो” भन्ने दोहोरी गीतमा स–साना बालबालिका देखि अतिथि बृद्धबृद्धा सबैजना नाचेर यसबर्षका अन्तिम मनोरञ्जन लिएका थिए । कार्यक्रमकोबीचमा नयां तथा पुराना कार्यसमितिका सबै पदाधिकारी एंव सदस्यहरुको परिचयका लागि मञ्चमा बोलाइएको थियो । उनीहरुको फोटो खिचाइएको थियो भने नेपालबाट आएका अतिथि कलाकारहरुले ल्याइएको सम्मान स्वरुप खादा र टोपी पूर्व अध्यक्ष मेजर रि. कुल बहादुर थापा र अध्यक्ष दुत पुनलाई लगाई सम्मान गरे भने संघको तर्फबाट आफ्नो जीवनकालमा मगरहरुप्रति ठूलो योगदान गरेवापत प्रमुख अतिथि समेत रहेका एमएस थापालाई कदरपत्र प्रदान गरिएको थियो । अन्तमा अध्यक्षको अनुमति लिएर उपाध्यक्ष राजन रानाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै स्टलका संचालकहरु, प्रवेशद्धारमा बस्ने टेक मगर, तेज राम्जाली, नेत्र आले, दलमान पुन, अतिथि सत्कारमा महिला संघका पदाधिकारीहरु, मगर युवाहरु, धौलागिरी नौमती बाजा, गोर्खा सेक्यूरिटी, पिए सिस्टमका जंग जुग्जाली, टेक राना, अमृत थापा, फानवरो आमा समूह, कलाकारहरुलाई बस्न व्यवस्थापन गर्नेहरु बुद्धसिंह थापा, लिलामान शेरपुञ्जा, जगत थापा लगायत लक्ष्मण राना, रुक आले, हिरा पुन, लेख राना, रमेश दुरा, रन मगर, भरत थापा, हिमाली राना लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैमा धन्यवाद दिए । त्यस्तै पूर्व महासचिव योग फगामी, टाढाबाट कोच, मिनिबास, रजर्भगरी पाल्नुहुने महानुभावहरु, फोटो पत्रकार मिलन तमु, नेपाली टिभी, पत्रकार आदिलाई धन्यवाद दिदै कार्यक्रम अन्त भएको घोषणा गरे । स्वास्थ्य, सुरक्षा सम्बन्धि जानकारी गराउने सचिव बिजय हितान लगायत मञ्चको पछाडि रहेर सहयोग गर्ने सबै मित्रहरुलाई धन्यवाद दिए । कार्यक्रम स्थल हुबहु राख्न कार्यकर्ता एंव समाज सेवकलाई रातको एघार बजेको थियो ।
बुद्ध जयन्तीको अवसरमा मगर संघ यूकेको सातौं ओपन कन्सर्ट
Read Time:9 Minute, 48 Second