कल्पना तुम्रोक, हरि तमु हङकङ १३ मे । लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल प्रवास समिति हङकङको तेश्रो जिल्ला सम्मेलनको घोषणा सभा कार्यक्रम आइतवार जोर्डनको फुलवारी कल्वमा सम्पन्न भएको छ । मोर्चाको केन्द्रिय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख रमेश कुमार लिङदेनको प्रमुख अतिथिमा सम्पन्न भएको सम्मेलनले रविन लिङदेनको अध्यक्षतामा तेत्तिस सदसिय नयाँ समिति चयन गरेको छ ।
सभाका प्रमुख अतिथि लिङदेनले प्रवास समितिको नयाँ कार्यसमितिको नामावलीको घोषणा गरेका थिए भने हलमार्फत स्वागत भएको थियो । कार्यसमिति घोषणा पछि प्रमुख अतिथि लिङदेनले सुभकामना दिने क्रममा दश वर्षे जनयुद्घ र १९ दिने जन आन्दोलनको जगमा सामन्ती राज्यसंस्थाको अन्य गरेता पनि यसका अवशेषहरु राज्यका हर क्षेत्रमा रहेकोले पहिचान सहितको संघियता प्राप्त गर्न नसकिएको, संविधान सभाको अन्त्य भएको, संघिय विरोधि एमाले र कांग्रेस भएकोले उनिहरुकौ समुहिक योजनाद्घारा संविधान लेख्न नसकिएको हो भन्दै मुलुकमा क्षेत्रिय रुपमा रहेका पार्टी, मञ्चहरुको अतिवादी, एकात्मकवादी चिन्तन पनि संविधान लेखनका वाधक वनेको वताए ।
जेठ २८,२९ र ३० गते पान्थर फेदेनमा हुन गईहरुको पाँचौं राष्ट्रिय सम्मेलबारे जानकारी गराउदै पहिचान सहितको सघियता, संघियता सहितको संविधान, संविधान सभाबाटनै संविधान प्राप्त नभइन्जेल सम्म हाम्रो मोर्चा लडि रहने कुरा वताए । दोश्रो संविधान सभाको घोषणा गर्न सरकारलाई सल्लाह दिदै अन्यथा कुनै किसिमको सड्यन्त्र भएमा आन्दोलनको आधि वेहरीले रेग्मि सरकारका वहिरगमन समेत गर्ने चेतावनी दिए ।
हङकङवासी सम्पूर्ण दाजुभाई तथा दिदि विहिनीहरुलाई दोश्रो संविधानसभाको निर्वाचनमा एनेकपा माओवादीलाई दुई तिहाई संविधान सभा सदस्य छानी जन संविधान लेख्न सहयोग पुर्याउनको लागि समेत अनुरोध गरे । हङकङका लागि महावाणिज्यदूतलाई ९८ प्रतिशत जनजातिको चाहानालाई सम्मान गर्न सिक्नु पर्ने वताउदै अन्यथा मोर्चाले नेपालमा समेत उनको विरुद्घ आन्दोलनको घोषणा गर्ने चेतावनी दिए ।
प्रमुख अतिथि लिङदेनले नव गठित पदाधिकारीहरु र सदस्यहरुलाई खदाले सम्मान गर्दै आफ्नो पद र गोपनियताको सपथ ग्रहण गराए ।
घोषणा सभा बाट चुनिएका नयाँ कार्य समितिलाई सुभकामना दिदै मोर्चाको इन्र्चाज हरि पन्धाक, मोर्चाको केन्द्रिय सदस्य तथा हङकङ पार्टी सचिव जेवी ओख्रावु, सह इन्र्चाज ज्ञानु मेन्याङवो, एकीकृत नेपाली मञ्च हङकङका अध्यक्ष धिरेन्द्र चाम्लिङले नेपालमा चाडैनै स्वायत्त लिम्बुवान राज्य प्राप्तिको विदेश पनि सवैजना एकजुट हुनु पर्ने वताए । त्यसैगरि किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफङवा, किरात धर्मका अध्यक्ष मोहनमान नेम्बाङ, तमु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष दुर्गा तमु मिलन, दिल पालुङवा, ओमराज सम्वाहाम्फेले समेत आ–आफ्नो कुरा राखेका थिए ।
मोर्चाको कार्यसमिति घोषणा सभामा निवर्तमान अध्यक्ष चन्द्रराज सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रम रविन लिङदेनले संचालन गरेका थिए भने सुभकामना कार्यक्रमको अध्यक्षता मोर्चाको इन्चार्ज हरि पन्धाक रहेका थिए । उक्त कार्यक्रम सह इन्र्चाज ज्ञानु मेन्याङवोले गरेका थिए ।
नवगठिन समितिको पहिलो वैठक सोमवार साँझ न्यू होराईजनको कार्यालयमा वस्दै वुद्घ वनेम र हस्त लिवाङलाई उपाध्यक्ष चयन गरेको थियो । उक्त वैठकमा प्रमुख सल्लाहकार भुपेन्द्र चेम्जोङ र सल्लाहकारहरुमा ललित आङवोहाङ, मनकुमार लिम्बु, चन्द्रराज साँवा लिम्बु र तारा सिं लिङदेन गरि पाच सदसिय सल्लाकार समिति चयन गरियो । त्यसैगरि तेह्र सदसिय सचिवालय सदस्यको समेत गठन गरियो ।
पहिलो वैठकमै मोर्चाको केन्द्रिय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख, पाचौं राष्ट्रिय सम्मेलन प्रचार प्रसार विभाग प्रमुख रमेश कुमार लिङदेनको प्रशिक्ष दिएका थिए ।
पहिचान सहितको संघियता, संघियता सहितको संविधान र संविधान सभाबाटै संविधान निर्माणको लागि
लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल, प्रवास समिति हङकङको तेश्रो जिल्ला सम्मेलनको कार्यकारी समिति निम्न प्रकार रहेको छ ।
अध्यक्ष रविन लिङदेन
उपाध्यक्ष वेदराज सेलिङ लिम्बु
उपाध्यक्ष वुद्घ वनेम
उपाध्यक्ष हस्त लिबाङ लिम्ब
सचिव इन्द्र लक्सम
सह–सचिव रविन खजुम लिम्बु
कोषाध्यक्ष नरेन्द्र केरुङ
सह कोषाध्यक्ष निर लिम्बु
सदस्य
सदस्य चन्द्र वहादुर लिम्बु
सदस्य मौसम इम्बुङ लिम्बु
सदस्य ु
सदस्य वाल कृष्ण हाङसुरुम्बा
सदस्य जिवन इङनाम
सदस्य टेक थलङ
सदस्य दिपक लिम्बु
सदस्य खड्क राज लिम्बु
सदस्य डम्बर लिङदेन
सदस्य दिल फोम्बो
सदस्य रविन नाल्बो
सदस्य देवेन्द्र खापुङ
सदस्य चन्दा लिम्बु
सदस्य धन बहादर लोक्ताम
सदस्य यदु माला मेन्याङबो
सदस्य ध्यानु मेन्याङवो एकराज
सदस्य सदस्य सुरज मेन्याङवो
सदस्य लक्ष्मी पन्धाक लिम्बु
सदस्य लाजेसा आङवुहाङ लिम्बु
सदस्य अमृत लिम्बु
सदस्य विक्रम लिम्बु
वाकी साथीहरुलाई थप गर्दै जम्मा ३३ सदसिय कमिटि गठन गरिएको छ ।