पूर्व बालकलाकार लिजाके.सी.गायक रामकृष्ण ढकालसंग मोडेलिङ्गगर्दै।

Read Time:3 Minute, 34 Second

केजिन राई  

ब्रसेल्स बेल्जियम, मई १५। यूरोपमा सांगीतिक भ्रमणमा रहेका बहुचर्चित गायक रामकृष्ण ढकाल बिभिन्न यूरोपेली मूलुकमा बृहद दर्शकहरुको माझमा सफल कार्यक्रम गर्दै, साथमा आफना नयाँ गीतहरुको म्यूजिक भिडियोको समेत छायांकनमा व्यस्त रहेका छन् ।

केहि समय अघि भुषण दाहालको निर्देशनमा एक म्यूजिक भिडियोको छायांकन लण्डनमा सकेर आएका चर्चित गायक ढकाल जर्मनी ,बेल्जियम ,फ्रान्स, नेदरल्याण्ड लगायतका यूरोपेली मुलुकभर  हाल माओवादी द्वन्दकालमा बिस्थापित भएर ७ वर्ष देखि बेल्जियममा रहनु भएका  नेपाल टेलिभिजन तथा क्लासिक  एफ.एम.का कार्यक्रम प्रस्तोता,निर्देशक तथा कलाकार उज्ज्वल के.सी.को छायांकन/सम्पादन/निर्देशनमा तीन गीतको छायांकनमा व्यस्त रहेका छन्। हाल बेल्जियम, फ्रान्सको छायांकन साथ साथै साङितिक कार्यक्रम समाप्त गरि नेदरल्याण्डको छायांकनको तयारीमा रहेको कुरा यस् सम्बाददातालाई निर्देशक के.सी.ले बताउनु भयो ।

‘’म जहाँ भए पनि मेरो देश स्वर्ग लाग्छ ’’…बोलको राष्टिय भावनाले  ओतप्रोत गीत जसमा स्वर  रामकृष्ण ढकाल,शब्द : कल्पना खरेल,संगीत : ओम प्रकास राई, छायांकन,सम्पादन,निर्देशक : उज्वल के.सी, अभिनय : नरेन्द्र थापा,पार्वती अधिकारी,देबेन यूवराज,दुर्गकाजी शाक्य,बिरमान घर्तिमगर,श्याम श्रेष्ठ,पदम गुरुङ,बलराम पुन,लब थापा,तारा थापा,तेजेन्द्र कडेल,बेनी ढुंगान, उपेन्द्र थापा,बिनोद शाही,आदि थुप्रै बिदेशमा रहनु भएका कलाकारहरुको अभिनय रहनेछ।

त्यस्तै ”हावाले सुने के भन्ला” बोलको गीतमा रामकृष्ण ढकालको साथमा पूर्व बालकलाकारको रुपमा अभिनय गरिसकेका निर्देशक के.सी.का दूई सुपुत्री नव प्रतिभा  लिजा के.सी. र रिजा के.सी.ले अभिनय गरेका छन्। मूख्य मोडेलको रुपमा काम गर्ने लिजा के.सी. बेल्जियमको फिल्म कलेजकी  छात्रा हुन्। त्यस्तै बहुचर्चित गीत ” जिन्दगिले यसरी धोखा दियोकी” बोलको रिमिक्स भर्सन पनि छायांकन क्रममा रहेको छ । यी गीतहरुको छायांकन बेल्जियम, फ्रान्स, जर्मनी ,नेदरल्याण्ड,पोर्चुगल ,स्पेन र स्विजरल्याण्डमा गरिने छ।  चर्चित सदाबहार गायक ढकालले छायान्कन साथसाथै यूरोपको स्विजरल्याण्ड ,पोर्चुगल स्पेन ,नेदर्ल्याण्ड ,स्विडेन, डेनमार्क ,लक्जेम्बर्ग लगायतका मुलुकमा आफ्नो साङितिक प्रस्तुती पस्कने कुरा निर्देशक केसीले बता

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %