दलभित्र हिन्दूराज्यको आवाज बलियो हु“दै

Read Time:7 Minute, 33 Second

काठमाडौं । ‘निर्वाचन मंसिरमै हुनुपर्छ भन्ने छैन । निर्वाचन भएन भने एमाओवादी वा अरू दलले त्यसको अपजस बोक्नुपर्दैन, यो सरकार छ“दै छ । निर्वाचन त्यो बेला हुनुपर्छ, जुनबेला हामी (एमाओवादी) हार्छौं अनि उनीहरूले जित्छन् भन्ने विरोधीहरूलाई लागोस् तर सबै जित्ने तयारी हामीले गर्न पाइयोस्,’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै आफ्नो निवासमा जुटेका भित्रियाहरूस“ग निर्वाचनबारे यस्तै विचार पोखे । उनले आश्वस्त पारे, ‘वैद्यजीले मंसिरमा निर्वाचन गर्न नदिने घोषणा गर्नुले हामीलाई राम्रै भा’छ । चाइना र इन्डिया गएर आएपछि चिजहरू भनेजस्तै गरी अगाडि बढ्दै छ ।

’ सरकारको कामगराइ, निर्वाचनका लागि आवश्यक उपयुक्त वातावरण बन्ने प्रक्रिया नभएको  र जनताको धारणालाई हेर्दा मंसिरमा निर्वाचन हुने सम्भावना निकै कम छ । ०१४ को मार्चमा भारतमा पनि आमनिर्वाचन हुने भएकाले राजनीतिक नेतृत्व परिवर्तनको संघारमा पुगेको हुनाले भारतका ब्युरोक्र्याटहरू र खुफिया अंगहरू नेपालमा अब एक वर्षपछि मात्र निर्वाचन भइदिए हुने थियो भन्नेमा पुगेका छन् । भारतमा हुने नेतृत्व परिवर्तनको अवस्थाअनुरूप काम गर्न सजिलो हुने भएकाले नेपालको निर्वाचन सरोस् भन्ने उनीहरूको निष्कर्ष छ । भारतको आगामी वर्षको आमनिर्वाचन र नेतृत्व परिवर्तनले नेपालको राष्ट्रिय राजनीतिमा तात्विक फरक ल्याउने हुनाले भारतको अहिलेको राजनीतिक परिस्थितिलाई एकपटक हेर्नै पर्ने हुन्छ ।

भारतको आगामी प्रधानमन्त्री तथा सरकार कसको नेतृत्वमा बन्ने हो भन्ने यकिन छैन । भारतीय जनता पार्टी नेतृत्वको ‘नेसनल डेमोक्रेटिक एलाइन्स’ (एनडिए) र भारतीय कांग्रेस नेतृत्वको ‘युनाइटेड प्रोग्रेसिभ एलाइन्स’ (युपिए) दुई ठूला गठबन्धनकै बीच निर्वाचन केन्द्रित हुने भारतीय जनताको विश्वास छ । युपिए नेतृत्वमा सरकार गठन हुने भयो भने को प्रधानमन्त्री हुने भन्ने यकिन छैन । एउटै कुरा निश्चित छ, बहालवाला प्रधानमन्त्री डा. मनमोहन सिंहचाहि“ अब सरकारप्रमुख हुने छैनन् । युपिए नेहरू–गान्धी परिवारको विरासत र वंशवादी राजनीतिका आडमा निर्वाचनमा जा“दै छ भने एनडिए कार्यसम्पादनका आधारमा निर्वाचन लड्दै छ । नेहरू–गान्धी परिवारको विरासतवाला राजनीतिको बि“डो थाम्ने राहुल गान्धी प्रधानमन्त्रीको प्रत्यासी नबन्ने कुरा उनले बताइसके र भनेका छन्, ‘म आफ्ना पिता, हजुरआमा र बूढा हजुरबुबाका नामले मात्र यो तहसम्म आइपुगेको हु“ । तर, म आफै“ जनताको केही हु“ भन्ने प्रमाणित हुन मैले केही गरेर देखाउनै पर्छ । त्यसका लागि एकैचोटि सरकारको नेतृत्व गर्नुपर्छ भन्ने छैन ।’ भारतीय जनता कार्यसम्पादनवाला नेतृत्वको पक्षमा छ भन्ने कुरा राहुलले बुझेका छन् । यसको अर्थ एनडिएले गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने बलियो सम्भावना छ । हालै उनलाई भाजपा संसदीय बोर्डमा मनोनीत गर्नु, मोदीले निर्वाचनमा टिकट दिनुअघि पूरै भारतको एकपटक भ्रमण गर्ने कार्यक्रम बनाउनु र गत प्रान्तीय निर्वाचनमा नेहरू–गान्धी परिवारको गृहप्रान्त उत्तरप्रदेशमा राहुलले विजय हासिल गर्न भरमग्दुर प्रयत्न गर्दा पनि नसक्नुले भारतमा वंशवादी राजनीति विजयी हुने गुञ्जायस छैन भन्ने देखाउ“छ ।

 यसको अर्थ, नरेन्द्र मोदी नया“ प्रधानमन्त्री भए भने नेपालको राजनीतिमा ठूलै फरक आउने आमनिष्कर्ष छ । भारतका रक्षामन्त्री प्रणव मुखर्जी हु“दा यिनै नरेन्द्र मोदी हुन्, जसले भारतीय वायुसैनिकका लडाकु विमान परिचालन गरेर नेपालको माओवादी अखडामा हवाई हमला गरी ध्वस्त गर्नुपर्छसम्म भनेका थिए । भाजपाले बाह्रबु“दे समझदारीपत्रमा हस्ताक्षर भएको बेलादेखि नै नेपाल नीति गलत भएको अर्थ लगाउ“दै आएको छ । भाजपाभित्र हार्डलाइनर मानिने नरेन्द्र मोदी भारतका प्रधानमन्त्री भए भने नेपालनीतिमा ठूलै परिवर्तन आउने प्रवल सम्भावना देखिन्छ ।

 अर्कातिर, हालै नवलपरासीको त्रिवेणीमा सम्पन्न नेपाली का“ग्रेसको महासमिति बैठकमा कतिपय सदस्यले नेपाल हिन्दूराज्य नै हुनुपर्छ भनी हस्ताक्षर अभियान चलाएका थिए भने पूर्वपञ्चहरूका दुई पार्टी राप्रपा र राजपाको एकीकरण अभियानस“गै हिन्दूराज्यको पुनःस्थापनाको मान्यता पनि प्रबल रूपमा अगाडि आएको छ । हिन्दूराज्यका पक्षमा अन्य संघसंस्था पनि खुलेर आफ्ना अभियानलाई तेज बनाइरहेका छन् । क्षत्री समाज, ब्राह्मण समाजलगायत खस–आर्य पक्षका गतिविधि पनि निर्वाचनलाई लक्ष्य गरेर तेज भइरहेको परिप्रेक्ष्यमा निर्वाचन भइहाले पनि तानातानले गर्दा संविधान बनाउन नसक्ने र उही अवस्था दोहोरिने सम्भावना बढिरहेको छ ।

भारतीय गुप्तचर ‘रअ’ का गुमस्ता भनेर चिनिने कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले भनेजस्तो, निर्वाचन भएन भने गणतन्त्र असफल हुनेछ । गणतन्त्र असफल हुनुको अर्थ नै राजतन्त्रको पुनःस्थापनाको सम्भावना बढ्नु हो । यही मेसोमा राजावादी पनि अहिले निकै ताउरमाउर गरिरहेका देखिन्छन् । डा. तुल्सी गिरी र मरिचमानसिंह श्रेष्ठजस्ता खुंखार पञ्च राजनीतिमा फर्केर पुनः सक्रिय हुने घोषणा गर्नु पनि बदलि“दो परिस्थितिमा आफ्नो अनुकूलता देखेरै हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %