राज्यसत्ता नेपाल ब्युरो
काठमाण्डौ बैशाख ३०, नेपाल मगर महिला संघको पाँचौं राष्ट्रिय महाघिवेशन बैशाख २९ गते मकवानपुर जिल्लाको हेटौडामा सम्पन्न भएको छ । गंगा खासु मगर तिन बर्षका लागि अध्यक्ष पदमा पुःन निर्वाचित भएकी छिन ।
दुई समुहमा विभाजित अधिवेसनमा संघियता र पहिचान सहितको संविधान निर्माण पक्षधरको समुहले संघियता र पहिचान विरोधी समुहलाई पराजित गरेकाछन् । पराजित उमेद्धवारहरु भने संघियताका विरोधी नभई उनका निर्देशकहरु संघियता र पहिचान सहितको संविधान निर्माण विरोधी पार्टीमा आबद्ध छन् । सो गुटले गंगा खासुको प्यानललाई हराउन हेटौडाको महंगो होटेलमा अड्डा जमाएर बसेका थिए ।
विजयी पक्ष र प्रत्याशी उम्मेदवारको ताजा मत परिणाम :
अध्यक्ष : गंगा खासु मगर ७७, प्रत्यासी : पद्मा आले मगर ३६
भाषिक उपाध्यक्ष : मन्धरी आले मगर ६१, प्रत्यासी : फुलकुमारी पुन ४३
महासचिव : हिरीसरा राना मगर ५७, प्रत्यासी : कमला पुन मगर ५५
जनसम्र्पक सचिव : उमा थापा मगर ५०, प्रत्यासी : चुना थापा मगर ३० र मनु बाँठा मगर २५
कोषाध्यक्ष : मनकुमारी पुन मगर ६१, प्रत्यासी : मनुमाया थापा मगरले ४७ मत प्राप्त गरेका थिए ।
पाँचौ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको नामावली यस प्रकार रहेको छ :
अध्यक्ष : गंगा खासु मगर
बरिष्ठ उपाध्यक्ष : मनु थापा मगर
भाषिक उपाध्यक्ष : मन्धरी आले मगर
अठार मगरात उपाध्यक्ष: त्रिपना बुढा मगर
काईके उपाध्यक्ष : पदपुर्ति गरिने
महासचिव : हिरीसरा राना मगर
संगठन सचिव : मिना थापा मगर
जनसम्पर्क सचिव : उमा थापा मगर
विदेश विभाग सचिव : बिनीता आले मगर
कोषाअध्यक्ष : मनकुमारी पुन मगर
केन्द्रिय सदस्यहरु :
मेचि : सेमकुमारी थापा मगर
जनकपुर : ललीमाया जर्घा मगर
कोसी : मीना थापा मगर
बाग्मति : माया हिस्कि मगर
नारायणी : दिलमाया जर्धा मगर
लुम्बिनी : कमला पुन मगर
राप्ति : लालकुमारी रोका मगर
धौलागिरी : सरस्वती पुन मगर
सेती, महाकाली, कर्णाली, सगरमाथा, भेरी र गण्डकी अञ्चलको सदस्य रिक्त रहेकोले पछि पदपुर्ति गर्ने गरि अधिवेशन सम्पन्न भयो । श्याममाया पुन मगर प्रमुख रहेको निर्वाचन समितिमा अधिवक्ता इन्दिरा श्रीस मगर, बमकुमारी बुढा मगर र चित्र लुंगेली मगरको चार सदस्यले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।