मगर कलासंस्कृतिलाई संरक्षण गरौं

Read Time:12 Minute, 38 Second

दीपा आले मगर, विविधताको धनि देश नेपालमा बहुजाति, बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले भरिएको छ । कला र संस्कृतिले धनि मानिने मगर समुदायको आफ्नै पहिचान छ । आफ्नै मौलिकपनले भरिएको छ । त्यति मात्र होइन आदिबासी जनजाति भित्र पर्ने मगर समुदाय पहिलो ठूलो समुदायको रुपमा पनि चिरपरिचित छ ।
 सदिंयौ देखि मगर समुदायले आफ्नो भाषा, धर्म र कलासंस्कृतिलाई जर्गेना गर्दै आइरहेका छन् । आफ्नै भाषा धर्म र संस्कृतिमा रमाई रहेका मगर समुदायको पहिचानमा तब अंकुश लगाईयो जब पृथ्वीनारायण शाहले एक धर्म, भाषा र एकल जातीको नीति बनाई ब्यवहारमा कार्यान्वयन गरयो । तर पनि मगर समुदायले आफ्नो पहिचान र मौलिकपनलाई बचाई राख्न सफल भएका छन् । त्यसकोलागि राज्य पक्ष संग विद्रोह किन गर्न नपरोस् । जसको फलस्वरुप आज सबै जातजातिले आफ्नो धर्म, भाषा, संस्कृतिमा रमाउन पाउने माहौल पनि बनेको छ ।
 देशमा जहानियां राणा शासन होस् या त तानाशाह होस् जे जसरी देशको नीति बनेतापनि मगर समुदाय भित्रका केही यस्ता सशक्त मगर समुदायले आफ्नो पहिचानलाई बचाउन लागि परिरहे । जसको फलस्वप आज देशमा लोकतन्त्र गणतन्त्र भित्रीएको छ जसले आज नेपाली जनताको भावनालाई सम्बोधन गरेको पनि छ ।
 मगर संस्कृतिको पहिचान र मगर भाषाका गीतलाई जोगाउन मगर समुदायका अग्रजहरु सदियौं देखि लागि परेका छन् । त्यति मात्र होइन मगर समुदायका युवा वर्गहरु पनि आफ्नो समुदायको कला संस्कृति, धर्म, रितिरिवाज र भाषालाई जोगाउन लागेका छन् । देश भित्र छरिएर रहेका मगर समुदायलाई एकजुट पार्दै उनीहरुलाई आफ्नो पहिचानको संरक्षण र जर्गेना गर्नको लागि नेपाल मगर विद्यार्थी संघको जन्म भएको हो । हुन त नेपाल मगर विद्यार्थी संघ नेपाल मगर संघको भातृसंघको रुपमा रहेको छ । तर पनि २ लाख भन्दा बढी मगर युवाहरुको जमातले भरिएको नेपाल मगर विद्यार्थी संघको योगदान पनि महत्वपूर्ण रहदै आएको छ ।
 विगतमा राज्यसत्ताको एकात्मकशासन प्राणीको बन्देजलाई तोड्दै नयां नेपालको सुन्दर भविष्य निर्माण गर्ने नेपाल मगर विद्यार्थी संघका युवाहरु आफ्नो कला संस्कृतिलाई जगेर्ना गर्न समय समयमा विभिन्न खाले सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । आफ्नै मगर भाषामा गाईने सोरठी, झाउरे, ठप्पा लगायतका गीतहरु अहिलेसम्म जिवितै छन् ।  जसलाई दिगो रुपमा बचाई राख्न नेपाल मगर विद्यार्थी संघले भूमिका खेलेको छ ।  कतिपयलाई लाग्न सक्छ नेपाल मगर विद्यार्थी संघ भनेको मगर जातीको लागि मात्र हो भनेर तर यो संघ मगर लगायत राज्य देखि ओझेलमा परेका समुदायको हकहित, उनीहरुको मौलिकपन, पहिचान, अधिकारका पक्षमा वकालत र समन्वय गर्दै आईरहेको छ । यो संघले आफ्नो अधिकार प्राप्तीकोलागि अरुको अधिकारलाई हनन भने गर्दैन । यति मात्र फरक हो राज्यसत्तादेखि ओझेलमा परेका र ओझेलमा पारेका समुदायको हकहित र अधिकारकोलागि धावा बोल्ने गर्दछ ।
 मगर समुदाय यो देशको नागरिक हो । जसको संरक्षण राज्यले गर्नु पर्दछ । तर मगर समुदायको कला संस्कृति भाषा धर्म लगायतलाई विकास गर्न राज्यको भूमिका भने न्युन रहेको छ । जसको फलस्वरुप नेपाल मगर संघ र नेपाल मगर विद्यार्थी संघ आफनै आर्थिक, भौतिक र नैतिक रुपले आफ्नो पहिचान र मौलिकपनलाई संरक्षण गर्न कम्मर कसेका छन् । तर जति नै कम्मर कसेपनि दिगो रुपमा सफल हुन भने सकेको छैन । यो कमजोरी भनेको राज्यको हो यदि राज्यले मगर समुदायको पहिचानलाई जोगाउन पहल गरिएको भए राष्ट्रको सम्पतिको रुपमा अन्तराष्ट्रिय रुपमा चिनिने थियो जसको आर्थिक लाभ राज्यले लिन सफल हुने थियो तर दुःख साथ भन्नु पर्छ आज सम्म राज्यको आंखा त्यसतर्फ जान भने सकेको छैन । मात्र हात्तिलाई देखाउने दात जस्तै भएको छ ।
 नेपाल मगर विद्यार्थी संघले आफ्नो पहिचान र मौलिक पनलाई संस्थागत र दिगोपन गराउन राज्यसंग बारम्बार बार्ता, ज्ञापनपत्र र खबरदारी नगरेको होइन तर राज्यले अहिलेसम्म कानमा तेन हालेर बसेको अवस्था हामी सबैको अगाडि जगजाहेर छ । जसलाई संस्थागत गर्न भने सकिराखेको अवस्था छैन । तर पनि नेपाल मगर विद्यार्थी संघले आफ्नो समुदायको पहिचानलाई आफ्नो कला संस्कृतिलाई बचाउन राष्ट्रिय विस्तारीत भेला, अरुण स्मृति दिवस, राष्ट्रिय महाधिवेशन, मगर दिवस, तिहारमा दैउसीभैलो लगायतका विभिन्न मगर समुदायले आयोजना गरेको मगर सांस्कृति कार्यक्रममा आफ्नै भेषभुषामा सजिएर कलात्मक रुपमा आफ्ना कला देखाउदै आइरहेका छन् । जसले गर्दा मगर समुदायको कलासंस्कृति आजसम्म रहदै आएको छ ।
 यति मात्र होइन संघले मगर समुदायको शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक राजनैतिक विकासकोलागि सांस्कृति कार्यक्रम गरी आर्थिक कोष समेत बनाउन सफल भएको छ । तर दिर्घकालिन र संस्थागत भने हुन सकेको छैन । बास्तवमै भन्नु पर्दछ । नेपाल मगर विद्यार्थी संघ आफ्नो समुदायको पहिचानलाई संस्थागत गर्न हरपल तत्पर भएपनि आर्थिक अभावका कारण सफल हुन सकेको छैन । काम गर्न सक्ने मेनपावर भएपनि विविध कार्यक्रममा आर्थिकको कमिले गर्दा संघले सोचे जस्तो योगदान दिन नपाउनदा उदासिन हुनुको विकल्प छैन ।
 हुन त कतिपय हाम्रै समुदायका व्यक्तिहरुलाई पनि लाग्न सक्छ के नै गरेको छ र अहिले सम्म मगर विद्यार्थीले भन्ने जस्ता यदाकता नसुनिएका होइनन । तर काम गर्ने व्यक्तिलाई थाहा हुन्छ कति गाहे हुन्छ सामाजिक क्षेत्रमा रहेर काम गर्न र विश्वास जित्न तर समुदाय केही व्यक्तिहरुले बुझेर पनि कहिकतै बुझ पचाई रहेका छन् जसको पीडा नेपाल मगर विद्यार्थी संघले खेप्नु परेको छ । भने अर्को तिर नेपाल मगर विद्यार्थी संघको मातृसंस्था भनेर चिनिने मगर संघको भावनात्मक र कार्ययात्मक संम्बन्ध जति हुनु पर्ने हो तर त्यति हुन नसक्दा विद्यार्थी संघले चाहे जस्तो रुपमा काम गर्न सकेको छैन जसको असर आम मगर समुदायले भोग्नु परेको छ ।
 मैले बारम्बार भन्ने गर्दै आएको छु । यदि मगर समुदायको धर्म, कलासंस्कृति, भाषालाई जोगाउन छ भने सबैको साथ र सहयोग हुनु पर्दछ तर हाम्रो समुदायमा १२ वर्ष रामायण पढाए सरी हुनु परेको अवस्था छ । भन्न पनि लाज लाग्छ तर लाज पचाएर भएपनि खुलापत्र मार्फत भन्न गईरहेको छु । यदि आफूहरुलाई मगर हौ भन्ने हरु हो सक्छौ भने मगर समुदायको हकहित र पहिचानलाई जगेर्ना गर्न आजै देखि लाग्नु होस् ताकि भोलि गएर पछुताउनु नपरोस् । यहांहरुको सानो सहयोग र उर्जाशील क्षमता र प्रेरणाले मगर समुदायको भविष्य उज्जवल भन्ने छ । पहिलो खुड्किलो भनेको हामी आफ्नो समुदायलाई बनाउनु हो अनि दोस्रो खुड्किलो भनेको हाम्रो पहिचान र मौलिकता अनि हक अधिकार स्थापित गर्नु हो । जबसम्म हामी आफ्नै घर बनाउदैनौ तब सम्म हामीले केही गर्न सक्दैन । आफ्नो घर बलियो बनाउन सक्यो भने मात्र अरुकोलागि केही गर्न सक्छौ ।
 देश विदेशमा छरिएर रहनु भएका आम मगर तथा गैर मगर समुदायहरुले आफ्नो समुदाय, क्षेत्र र देशको विकास गर्न सधै लाग्नु पर्छ । सबैको सहयोग र साथले मात्र हामीले आफ्नो समुदाय, क्षेत्र र देशको विकास गर्न सक्छौ त्यसकोलागि हातमा हात कांधमा कांध गरेर अघि बढ्नु जरुरी छ । त्यसकारण फेरी पनि भन्दै छु नेपाल मगर संघ र नेपाल मगर विद्यार्थी संघ भित्र रहेका प्रतिनिधिहरुलेपनि निश्पक्ष, इमान्दारीता, सक्रिर्यता, कतब्र्यवान, धैयवान र सकारात्मक सोंच राखेर आफ्नो समुदायको भाषा, धर्म कला संस्कृति र पहिचानलाई जोगाउन निरन्तर लागि रहनुपर्छ । समुदाय र संगठनको विकास गर्न एकले अर्कालाई विश्वास र इमान्दारीताको भावना हुन अति आवश्यक छ ।
 संगठन चलाउन समस्या र चुनौति नआउने होइन तर आम मगर समुदायका अग्रजको प्रेरणा, हौसला, साथ र सहयोग भन्यो भने यस्ता समस्या र चुनौतिहरु आफै हराएर जानेछन् । अरुले गरिदेला र म खाउंला भन्नु भन्दा पनि म आफै गर्नु पर्छ भन्ने भावनाको विकास गर्न जरुरी छ ।
 नेपाल मगर विद्यार्थी संघले २०५१ साल देखि नै आफ्नो भाषा, धर्म कलासंस्कृतिलाई संरक्षण गर्दै आईरका छन् । आउंदा दिनहरुपनि गर्दै जानेछ । तर यति मात्र फरक हो त्यसलाई दिगोरुपमा संस्थागर्न बनाउन सकेको छैन जसले गर्दा राष्ट्रको गहना मानिने सांस्कृतिक कलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन अफ्ठयारो परेको अवस्था छ । त्यसतर्फ राज्यसत्ताको ध्यानाकर्षण भई कार्यान्वयन हुन आवश्यक छ । साथै मगर समुदायले आफ्नो पहिचानलाई जोगाई राख्न निरन्तर लागि रहुनु पर्छ जसकोलागि एकताको खांचो छ । अनि मात्र समग्र देश र जनताको विकास हुनेछ भन्ने कुरा हामीले बुझ्न जरुरी छ ।

(आले मगर नेपाल मगर विद्यार्थी संघकी केन्द्रिय उपाध्यक्ष हुन)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %