बेल्जियममा बसोबास गर्ने मगर हरुको सस्था “बिश्व मगर संघ” बेल्जियमले नेपाल मगर संघका पूर्व अध्यक्ष गोरेबहादुर खपांगी मगरलाई स्वास्थ्यपचारको लागी आज एक कार्यक्रम बिच ने रु १,२०,००५० रुपैया सस्थाका कोषाअध्यक्ष लोकबहादुर राना मगरले खपांगीका छोरीज्वाई चारु थापा मगर र चन्द्रबहादुर थापा मगर लाई अन्नर्पुण हस्पिटलमै गएर हस्तान्तरण गरे ।
मंत्री सम्म भै सकेका खपांगी यहि २०७० बैशाख १२ गते कबि १२ बजे तिर राष्ट्रिय सभागृह अगाडी प्रदर्शनीमार्गमा बा ५१ प ७३७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएर आज सम्म बेहोसै हुनुहुन्छ । खपांगीलाई टाउकोमा गम्भिर चोट लागेको र टाउकोमा सफल शल्यक्रिया भएता पनि उहाको फोक्सोमा निमोनिया भएकोले जटिल अवस्थामा हुनुहुन्छ । उहाको उपचारमा खटेका चिकित्सकका अनुसार स्वास्थ्यमा क्रमिकरुपमा सुधार भैरहेको छ । उहा हालसम्म आईसियुमै भेन्टिलेटरको सहायताले श्वास लिई रहनु भएको छ ।
उहाको स्वास्थ्यपचारको लागी बिदेसमा रहेका मगर अमगर र शुभचिन्तक हरू अमेरिका ,जापान, बेल्जियम,अस्ट्रेलिया बाट आर्थिक सहयोग रकम प्राप्त भैसकेको छ भने बांकि आउने क्रम जारि छ ।