हरि श्रेष्ठ
२९ अप्रिल २०१३, हङकङ । “बुद्ध नेपालमा जन्मेका हुन्” को व्यानर सहित मल्टिकल्चरल फेस्टिबल मा नेपालका बिभिन्न परम्परागत वस्तुहरू, तथा साँस्कृतिक पक्षको चिनिया बहुसांस्कृतिक महोत्सव मनाउने क्रममा जेम्स म्युजिकका हरि श्रेष्ठसंग पूर्ण प्रजापति र माणिकलाल साह तथा संगिता श्रेष्ठ समुहले बुद्ध भजन र संगित प्रस्तुत गरेका थिए ।
बुद्ध नेपालमा जन्मेका व्यापक प्रचार प्रसार गरिएको नेपालकासाँस्कृतिक “बुद्ध नेपालमा जन्मेका व्यापक प्रचार प्रसार गर्नुको कारणबारे हरि भन्छन्, “बिग बुद्ध हङकङ घुम्न जाँदा त्यहाँ आएका पर्यटकहरूसंगको भलाकुसारीमा धेरैले बुद्ध जन्म स्थानको बारेमा सहि तथ्य थाहा नभएर गलत सूचना ग्रहण गरिरहेकोले आफू बुद्धको देशबाट आएकोले यस सम्बन्धी केहि न केहि सकेको गर्नुपर्छ भन्ने लागेकोले यो व्यापक प्रचार प्रसार गरिएको ।
महामानव भगवान बुध्दले नेपालमा मात्र होईन विश्वमा शान्तीको दिप प्रज्वलित गर्नु भएको छ । यो शाश्वत सत्यलाई विश्वका सम्पूर्ण रांष्ट्रहरूले स्वीकार गरेका छन् । तपाई हामि यहि सत्यलाई प्रवाहित गरिरहेका छौ । हाम्रो स्वार्थ भनेको नै सत्यलाई सत्य हो भनेर प्रचार प्रसार गरि रहेका छौ । हाम्रो प्रयास निरन्तर जारि रहनु पर्दछ, सूर्य र चन्द्र झै अटल सत्यको जीत अवश्य हुन्छ । वाईटिएम हङकङद्वारा काउलुन पार्कस्पियाजा स्थितमा सम्पन्न कार्यक्रममा हङकङमा बसोबास गर्दै आईरहेका एथ्निक मैनोरिटिजहरू चिनिया नेपाली तथा अन्य देशका सहभागीहरु नेपालकासाँस्कृतिक “बुद्ध नेपालमा जन्मेका तथ्य प्रसारप्रसार उक्त बहुसांस्कृतिक महोत्सव अवसरमा नेपाली टोली भिन्तुना क्लब, जोर्डनले उक्त अवसरमा लाखे चान, धिमे नाच प्रदर्शन गरेका थियो ।
वाईटिएम हङकङद्वारा आयोजित नेपाल लगायत हङकङमा रहेका अन्य एथ्निक मैनोरिटिज समुदायहरू श्री लंका, भारत,ईण्डोनेशिया, पाकिस्तान, फिलिपिन्स, मलेसियाको सहभागिता रहेको उक्त बहुसांस्कृतिक महोत्सवमा सहभागि समुहहरूले आ-आफ्नो राष्ट्रको भेषभूषा तथा साँस्कृतिक कार्यक्रमहरूको प्रदर्शन गरेका थिए । हरि श्रेष्ठको बिशेष प्रस्तुतिमा मल्टिकल्चरल फेस्टिबल मंचमा गौतम बुद्धको मूर्ति र सगरमाथाको ठूलो तस्बिर राखेर नेपाली संगीत अनि नेपाली कला‘प्रस्तुत गरिएको थियो ।