संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो अति संवेदनशिल/महत्वपूर्ण निकायको प्रमुखमा अत्यन्त विवादास्पद पूर्व प्रशासक लोकमान सिंह कार्कीलाई नियुक्तिको लागि सिफारिस गरेको प्रति राष्ट्रिय जनमुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
राज्य शक्तिको दुरुपयोग गरी लोकतान्त्रिक व्यवस्थाकै खिलाफमा खनिएका पूर्व प्रशासक लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान प्रमुखको रुपमा सिफारिस गरिनु लोकतन्त्र, संविधान र जनताको बलबाट प्राप्त परिवर्तनको समेत ठाडो उपहास र उल्लन्घन हो । पञ्चायतकालिन अनुदार शासक–प्रशासक तथा परिवर्तन विरोधी पक्षधरहरुसंग वर्तमान सत्ता सञ्चालकहरुको अघोषित सहकार्यलाई संकेत गर्ने यस ‘लोकमान प्रकरण’ को राष्ट्रिय जनमुक्ति पार्टी घोर निन्दा र भत्र्सना गर्दै निजको सिफारिस खारेजीको माग गर्दछ ।
मिति:२०७० बैशाख २३ गते ।
टोप अस्लामी
स्थायी समिति सदस्य/प्रचार विभाग प्रमुख