शरण थापामगर
दोहा कतार,मे ७, नेपाल प्रवासी मगर संघ दोहा कतारको २०१३ जुलाई ५ मा १० औ अधिवेशन गर्न लागिरहेकोले बिभिन्न एरिया समितीहरुको भेला गरिरहेको छ । यसै क्रममा नेपाल प्रवासी मगर संघ, वक्रा एरिया समिती दोहा कतारले २०१३ अप्रिल २६ तारिकका दिन कृष्ण जीमगरको सभापतित्व तथा बम ब. थापामगरको सञ्चालनमा केन्द्रिय समितीका प्रथम उपाध्यक्ष महेन्द्र थापामगरको प्रमुख आतिथ्यमा, द्धितीय उपाध्यक्ष शेर ब. रोकामगर र महासचिव शरण थापामगरको आतिथ्यमा तेश्रो वका्र एरिया भेला गरी बम ब. थापामगर (तनहुँ)को अध्यक्षतामा ११ सदस्यीय नेपाल प्रवासी मगर संघ वक्रा एरिया समिती गठन गरेको छ । उक्त एरिया समितीमा उपाध्यक्षमा कृष्ण जीमगर(पाँचथर), सचिवमा अमृत थापामगर(गोरखा), सह–सचिवमा गन ब. बुढामगर (प्युठान), कोषाध्यक्षमा प्रेम ब. फगामीमगर (म्याग्दी), सदस्यहरुमा गोबिन्द ब. रानामगर (पाल्पा), रेशम घर्तीमगर (रोल्पा), टोप थापामगर (स्याङजा), बल ब. रानामगर (स्याङजा), सर्बसम्मत निर्वाचित हुनुभएको छ ।
कार्यक्रमको औपचारिकता संगै शुरु भएको उक्त भेला कार्यक्रममा गोबिन्द ब. रानामगरले स्वागत मन्तब्यद्धारा उपस्थितीमा स्वागत गर्नुभएपछी अतिथीहरु शरण थापामगरले कतारको मगर संघको बारेमा र शेर ब. रोकामगरले मगरहरुको बारेमा बोल्नुभएको थियो भने प्रमुख अतिथी महेन्द्र थापामगरले नेपाल लगायत अन्य देशको मगर संघको अवस्था बारेमा जानकारी दिनुभएको थियो । मन्तब्यको क्रममा बक्ताहरुले वक्रा एरिया समिती शुरुवात देखी नै रचनात्मक कायैहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ठ कार्यहरु गर्ने आशा ब्यक्त गर्दै शुभकामना पनि दिनुभएको थियो र सभापतिले धन्यवाद सहित कार्यक्रमको अन्त्य गर्नुभएको थियो । त्यसपछी बन्दशत्रमा महेन्द्र थापामगरको संयोजकत्व र शरण थापामगर र शेर ब. रोकामगर सदस्य रहेको निर्वाचन समितीले पदाधिकारीहरु सर्बसम्मतले निर्वाचित गरेपछी संयोजक महेन्द्र थापामगरले निर्वाचित पदाधिकारीहरुलाई शपथ खुवाउनुभएको थियो र अन्तमा निर्वाचित समितीका अध्यक्षले मन्तव्य राख्नुभएको थियो । साथै उक्त एरिया समितीको सोही दिन बसेको पहिलो बैठकले मन ब. घर्तीमगर (प्युठान) प्रमुख, तिल ब. रोकामगर (म्याग्दी) र शेर ब. सि रानामगर (स्याङजा) सदस्य रहेको एक सल्लाहकार समिती पनि गठन गरेको छ ।
त्यस्तैगरी नेपाल प्रवासी मगर संघ, सईलिया एरिया समिती दोहा कतारले २०१३ मे २ तारिकका दिन बरमान पुनमगरको सभापतित्व तथा दिल ब. पुनमगरको सञ्चालनमा केन्द्रिय समितीका प्रथम उपाध्यक्ष महेन्द्र थापामगरको प्रमुख आतिथ्यमा, दोहा एरिया समितीका सदस्य खिम ब. थापामगर र महासचिव शरण थापामगरको आतिथ्यमा सईलिया एरिया भेला गरी गोबिन्द थापामगर (गुल्मी)को अध्यक्षतामा १३ सदस्यीय सईलिया एरिया समिती गठन गरेको छ । उक्त एरिया समितीमा उपाध्यक्षमा बरमान पुनमगर(रोल्पा), सचिवमा दिल ब. पुनमगर(रोल्पा), सह–सचिवमा मिन ब. राहाडीमगर (गुल्मी), कोषाध्यक्षमा मोहन सारुमगर (पाल्पा), सदस्यहरुमा टपेन्द्र राहाडीमगर(गुल्मी), हेमन्त रेश्मीमगर (कपिलवस्तु), देबेन्द्र राहाडीमगर(गुल्मी), लोकेन्द्र सिंजापतीमगर (कपिलबस्तु), निम प्रसाद सिंजालीमगर (गुल्मी), मन ब. राहाडीमगर(गुल्मी), सबंसम्मत निर्वाचित हुनुभएको छ ।
कार्यक्रमको औपचारिकता संगै शुरु भएको उक्त भेला कार्यक्रममा मन ब. राहाडीमगरले स्वागत मन्तब्यद्धारा उपस्थितीमा स्वागत गर्नुभएपछी अतिथीहरु खिम ब. थापामगरले एरिया समिती बारेमा र शरण थापामगरले कतारको मगर संघको बारेमा बोल्नुभएको थियो भने प्रमुख अतिथी महेन्द्र थापामगरले नेपाल लगायत अन्य देशको मगर संघको अवस्था बारेमा बोल्नुभएको थियो । मन्तब्यको क्रममा बक्ताहरुले सईलिया एरिया समितीको लागी शुभकामना पनि ब्यक्त गर्नुभएको थियो र सभापतिले धन्यवाद सहित कार्यक्रमको अन्त्य गर्नुभएको थियो । त्यसपछी बन्दशत्रमा महेन्द्र थापामगरको संयोजकत्व र शरण थापामगर र खिम ब. रानामगर सदस्य रहेको निर्वाचन समितीले पदाधिकारीहरु सर्बसम्मतले निर्वाचित गरेपछी संयोजक महेन्द्र थापामगरले निर्वाचित पदाधिकारीहरुलाई शपथ खुवाउनुभएको थियो र अन्तमा निर्वाचित समितीका अध्यक्षले मन्तव्य राख्नुभएको थियो ।