राज्यसत्ता नेपाल ब्युरो
(गोरेबहादुर खपाङी मगर उपचार सहयोग समिति को पहिलो बैठक मा सहभागी सदश्य हरू)
नेपालमा ब्याप्त जातीय बहिष्करण, विभेद, असमानता र अन्यायको विरुद्ध गाउँदेखि शहरसम्म सदैव आवाज उठाउँदै पीडित जनताहरुलाई न्याय प्राप्तगर्न सचेत र संगठीत बनाउने काममा गोरेबहादुर खपाङ्गीले अतुलनीय योगदान पुर्याउनु भएको सर्वविदितै छ । नेपालमा मात्रै होइन विदेशमा रहेका विदेशी शुभचिन्तक सहित नेपालीहरुमा पनि गोरेबहादुर खपाङ्गीको नाम तथा योगदान चिनाइ रहनुपर्ने होइन ।
दुखःको कुरो, सातौं नेपाल अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव–२०७० को उदघाटन समारोहमा भृकुटी मण्डप राष्ट्रिय सभागृहमा सहभागी हुन जाने क्रममा बैशाख १२ गते विहिवार दिउँसो १२ बजे पुरानो बसपार्क, काठमाडौंमा मोटरसाइकलको ठक्करले गम्भीर घाइते हुनु भयो ।
खपाङ्गी मगरलाई तत्काल वीर हस्पिटल लगियो र आकस्मिक कक्षमा उपचार गराउँदा गराउँदै बान्ता हुन थालेपछि आपतकालिन उपचारको लागि अन्नपुर्ण न्युरो हस्पिटल सिहंदरवारमा आकस्मिक भर्ना गरी मस्तिष्कमा रक्त श्राव भई जमेकोले तत्कालै बरिष्ठ न्यूरो डा. बसन्त पन्तको समुहले अथक प्रयासपछि शल्यक्रिया सफल भएको जानकारी गराउन चाहान्छौ । हाल उहाँ सोहि अस्पतालमा ICU मा अचेत अवस्थामा हुनुहुन्छ । सामान्य सुधार भएपनि खतरामुक्त हुनुहुन्न ।
फोक्सोमा पानी जमेर निमोनियाले ग्रस्त हुनु भएकोले प्रत्येकदिन ४० हजार देखि ५० हजार खर्च भइरहेको छ । चिकित्सकहरुको भनाई अनुसार पाँच देखि छ महिनासम्म उपचार गर्नुपर्ने देखिएको छ । सम्बन्धित परिवारहरुले उपचार खर्च धान्न सक्ने अवस्था नभएकोले स्वदेश तथा विदेशका सम्पुर्ण शुभचिन्तक संघसंस्था, समूदाय तथा महानुभावहरुलाई यथासक्य आर्थिक सहयोग गरी गोरेबहादुर खपाङी मगरलाई बचाउने कार्यमा योगदान पुर्याइदिन हुन उपचार सहयोग समिति हार्दिक अपिल गर्दछ ।
सहयोगको लागि : गोरेबहादुर खपाङी मगर उपचार सहयोग समिति बैंक खाता नं. : बचत ०१९११००१४८३३२ नेपाल बैंक लि. जावलाखेल ललितपुर खाता सञ्चालन : क्या. कुलप्रशाद पुन मगर, क्या. यमबहादुर बुढाथोकी मगर । उपचार सहयोग रकमबारे जानकारी आर्थिक सहयोग उपलब्ध गराउने मानुभावहरुको नामावली र रकम फेसबुक, मिडिया र इमेलबाट हेर्न सकिने छ ।
सम्पर्क व्यक्तिहरुः
(संयोजक) शंकर लिम्बु (सचिव– लाहुर्निप) ९८५१००७९३२
(सदस्यहरु) डा. केशवमान शाक्य (पूर्व मन्त्री एवं अध्यक्ष– नेःपा पार्टी) ९८५१०७६२०१
डा. कृष्ण भट्टचन (समाजशास्त्री, त्रिभुवन विश्वविद्यालय, किर्तिपुर)९८४१२९५८५५
डा. ओम गुरुङ (पूर्वमहासचिव– नेपाल आदिवासी जनजाति महासंघ) ९८५१०३३८१०
प्रा. बालकृष्ण माबुहाङ (पूर्वमहासचिव– नेपाल आदिवासी जनजाति महासंघ) ९७४११९६३९८
आङकाजी शेर्पा (महासचिव– नेपाल आदिवासी जनजाति महासंघ) ९८५१०४८१८४
डा. गणेश गुरुङ (अध्यक्ष, नेपाल विकास अध्ययन केन्द्र) ९८५१०८२१३५
डा. मुक्ता लामा (समाजशास्त्री, त्रिभुवन विश्वविद्यालय, किर्तिपुर) ९८५१०४४३३५
डा. गाविन्द थापा मगर (अध्यक्ष– मगर अध्ययन केन्द्र, ललितपुर) ९८५११४२२१२
क्या. यमबहादुर बुढाथोकी मगर (पूर्वअध्यक्ष– नेपाल मगर संघ) ९८४१३७९४२८
क्या. देउबहादुर राना मगर (अध्यक्ष– नेपाल मगर बौद्ध सेवा समाज) ९८५१०९८०६४
क्या. कुलप्रशाद पुन मगर (कोषाध्यक्ष– नेपाल मगर संघ) ९८४१७०१८९२
हुमबहादुर थापा मगर (संस्थापक अध्यक्ष, आदिवासी जनजाति महासंघ, हङकङ) ९८४१५९३६०६
गणेशबल तामाङ (पूर्वउपाध्यक्ष– नेपाल तामाङ घेदुङ) ९८५१०९२५५६
डबबहादुर गर्बुजा मगर (अध्यक्ष– नेपाल मगर संघ, जिल्ला कार्य समिति, काठमाडौं) ९८४१२२१९४८
सञ्जोग लाफा मगर (सचिव– आइफा) ९८५१०६३४८०
यमबहादुर झेंडी मगर (पूर्वसचिव– नेपाल आदिवासी जनजाति महासंघ) ९८५१००९१५५
प्रतापसिंह नाछिरीङ (राजनीतिज्ञ, समाजसेवी) ९८४३००७६९३
नन्दबहादुर घर्ति मगर (राजनीतिज्ञ) ९८४७८५०३५१
विष्णुभक्त नाछिरीङ (राजनीतिज्ञ, समाजसेवी) ९८४१५०४०७०
मनीमाया थापा मगर (पूर्वअध्यक्ष– नेपाल मगर महिला संघ, जिल्ला कार्य समिति, बाग्लुङ) ९८४९२११४२७ अंशु गुरुङ ९८५११७४५३२
चन्द्रबहादुर थापा मगर ९८४१३५२१९१
विश्वासदिप तिगेला (ब्रुनाई) ००६७३८८९३०२०