नेपालमा ब्याप्त जातीय बहिष्करण, विभेद, असमानता र अन्यायको विरुद्ध गाउँदेखि शहरसम्म सदैव आवाज उठाउँदै पीडित जनताहरुलाई न्याय प्राप्तगर्न सचेत र संगठीत बनाउने काममा गोरेबहादुर खपाङ्गीले अतुलनीय योगदान पुर्याउनु भएको सर्वविदितै छ ।
नेपालमा मात्रै होइन विदेशमा रहेका विदेशी शुभचिन्तक सहित नेपालीहरुमा पनि गोरेबहादुर खपाङ्गीको
(साथमा ने .म. सका भुपु अध्यक्ष यमबहादुर बुढाथोकी मगर,कुलप्रशाद पुन मगर,श्रीमती बिध्या खपांगी मगर)
नाम तथा योगदान चिनाइ रहनुपर्ने होइन । खपाङीको आकस्मिक मोटरसाइकल दुर्घटना परेर उपचार गराइरहेकोले अमेरिकामा बसोवास गर्ने मगर तथा अन्य शुभचिन्तकसंग संगिनी राना मगर र हुमबहादुर थापा मगरको सक्रियतामा उठाइएको उपचार आर्थिक सहयोग अमेरीकी डलर १२९२ (रु. एकलाख दशहजार दुइसय पचास) गोरेबहादुर खपाङी मगरका श्रीमती विद्या खपाङी मगरलाई हुमबहादुर थापा मगरले हस्तान्तरण गरे ।
आँखावाट आँशु झार्दै विपतको वेलामा सहयोग पुर्याउने सम्पुर्ण सहयोगिहरुलाई धन्यवाद ज्ञापनका साथ उक्त रकम ‘गोरेबहादुर खपाङी मगर उपचार सहयोग समितिको’ लागि नेपाल मगर संघका कोषाध्यक्ष क्या. कुलप्रशाद पुन मगरलाई हस्तान्तरण गरेकी थिन् । उहाँको मस्तिष्कमा जमेको रक्तश्रावमा सुधार भईरहेपनि फोक्सोमा पानी जमेर निमोनियाले ग्रस्त हुनु भएकोले प्रत्येकदिन ४० हजार देखि ५० हजार खर्च भइरहेको छ । चिकित्सकहरुको भनाई अनुसार पाँच देखि छ महिनासम्म उपचार गर्नुपर्ने देखिएको छ । तसर्थ खपाङी मगरको उपचार सहयोग समिति आदिवासी बुद्धिजीवि, प्राध्यापक, आदिवासी आन्दोलनकर्मी विभिन्न पेशामा आवद्ध शुभचिन्तकहरुको भेलाले शंकर लिम्बुको संयोजकत्वमा ‘गोरेबहादुर खपाङी मगर उपचार सहयोग समिति’ गठन पनि गरेको छ ।
भरखरै प्राप्त समचार अनुसार मगर संघ युकेले बेलायत स्थित नेपाली दुताबास मार्फत खपांगीको निशुल्क उपचारको लागी नेपाल सरकारलाइ दभाव स्वरूप ज्ञापन पत्र बुझाइ सकेको छ ।
राज्यसत्ता नेपाल ब्युरो