वाइबी गुरुङ, कुनै पनि कथा, कबिता, निबन्ध, लेख, रचना आदिको सुरुवात नै त्यस्को माथी हुने ‘शिर्षक’ ले आफै बोलेको हुन्छ, आफै प्रस्ट्याएको हुन्छ, सारमा, अनी चुरो कुराको आभास पनि त्यही ‘शिर्षक’ ले दिने गर्दछ । २०४६ साल को जनान्दोलन सँग सँगै उदाएको गोरे बहादुर खपाङी मगर र एम एस थापाहरुले लिड गरेको राष्ट्रिय जन्मुक्ती पार्टी गोपाल गुरुङले लिड गरेको मङोल नेश्नल अर्ग्नाइजेसनले नेपालको हरेक गाउँ गाउँ, बस्ती बस्ति, अनी शहरका चोक गल्लि-गल्लि बाट सदियौ देखी दमन्, पिडा, गरिवि, असिक्षा, असमानता, समाजिक बिस्थापन्, समाजिक तिरस्कार जस्ता घिन लाग्दो यौटा उच्च बर्गिय (ब्रमाण बादि) ढोङी सोचबाट ग्रसित नेपाली समाजबाट ति जातजातीहरुलाई उन्मुक्ती सहित उनिहरुको सदियौ देखी गुमेको आधिकार सुनिस्चित गर्दै सामाजिक्, सैक्षिक र आर्थिक उन्नती गर्ने उद्देस्य लिएर अगाडी बढ्नु पर्दछ भन्दै हिडेको हिजो जस्तो लग्छ ।
म सानै हुँदा हामी गाउँमा जता मानिसहरुको घुइचो लाग्छ त्यतै गुटुटु गर्दै हिड्थ्यौ, के हो माहोल्, के हो राजनिति, के हि थाहा थिएन । पछी पड्दै गइयो, बुझ्दै गइयो, माहोल के हो राजनिति, समाज्, भाषा, धर्म्, सस्कृति, देस्, परिबेस्, बिदेस्, साथिभाइ, गुरु बर्ग, गरिवि, पिडा,चेतना, बुद्धीको बिकासक्रम सँग सँगै जिवनको ३५ औ बसन्त पार गर्ने तर्खर गरिदैछ ।
भन्न खोजिएको कुरा के भने, गोरे बहादुर खपङगी, गोपाल गुरुङ लगाएत (हिजो जुन सुकैको परिबेस र पृस्ठ्भुमी भएता पनि र सिद्धान्त बोके पनि) ले पनि आफ्नो आवाज उठाउने बेलामा त्यस्तो माहोल राणा सासन अनि (पञ्चायत्) मण्ड्लेहरुको डर र त्रासले गाह्रो त भयो नै होला, त्यसैको उपज (४६/४७ को परिवर्तन सँगसँगैमा आफुलाई यौटा उदारबादि, समाजिक न्यायका रुपमा उभ्याउछु भनेर लागी परेको कुरा नलेखिएको इतिहास र जानकार राख्नेहरुले आकलन सहजै गर्न सकिन्छ ।
तर समयको अगाडी दैब पनि चुक्ने गर्दछ, हामी मानिसको त के कुरा गर्ने समयले आज गोरे बहादुर खपाङी लाई पछी त पारेकै हो, तर बुझ्नु पर्ने गहन् कुरा यौटा गोरे बहादुर पछाडी परेको होईन उस्को साथसाथै सम्पुर्ण आदिबासी जनजातिहरुनै पछी परेको यो तितो यर्थातता पनि हो ।त्यो एक समयको कालखन्ड मा उनले अघिसारेका आवाज सधै सधै इतिहास बन्नेछ भन्ने कुरामा म ढुक्क छु । मानिस सधै मात्र यौटाको दासी भैरहन्छ त्यो हो समय ।
न कि ति आफुलाई ठुलोजातको हु भन्ने ब्रहाण बादी ढोगीहरुको, न कि कुनै आफुलाई धनाड्य वाला ब्यक्ती ठान्ने को, न कि आफुलाई मात्र बलवान ठान्ने पाखण्डीहरुको, ती पनि त यौटा को दास हुनै पर्दछ त्यो हो समय । हो त्यही समय को आङ्कलन गर्न नसक्नु, आफुलाई सधै राजा को रुपमा मात्र देखिरहनुले गर्दा आज देसबाट राणा सासन समाप्त भयो, पन्चायत समाप्त भयो, अनी माओबादिको १० बर्से जनयुद्ध् समाप्त भयो l त्यसैले कोही पनि ब्यक्तिले आफुलाई सम्मान चाहन्छ भने, पैला अरुलाई सम्मान गर्नु पर्दछ, अनी मात्र आफुले सम्मान पाइन्छ, यदी आफुले त्यो गर्न सकिदैन भने अरुबाट त्यस्को आशा नराखेपनी हुन्छ ।
हो त्यही समयकै कारण बिस्वो परिवेस कती फराकिलो हुँदै गएको छ, मानविय परिवर्तन्, समाजिक परिवर्तन हरेक परिवर्तन समयकै हेरेक काल्खण्डमा हुँदै गरेका छन र हुने क्रम जारी छ यो क्रम सधै निरन्तर हुने प्रकृया हो रहिरहन्छ । आज हाम्रो नेपाली समाजको परिवर्तन्, समाजिक बनोटको बाटोको परिवर्तनिय रुपरेखामा देखिएको अन्यौल्तालाई हेर्दा, बिचार गर्दा, मनन गर्दा, आत्मसाथ गर्दा, भित्रै देखी महसुस गर्ने प्रयास गर्दा त्यस्को मुल जड् ब्रहाणबादी ढोङी मनस्थिती नै रहेछ भन्ने कुरामा कसैको दुइमत रहदैन । भनिन्थियो गोरेले समाज बिथोल्न खोज्दै छ ?
दसै मान्नु हुन्न भनेर धार्मिक असहिसुर्ण्ता सिर्जना गर्दैछ भन्नेहरु समाजमा त्यस्ताका निकै भेटिन्थे । हाम्रै जनजातिहरु समेत त्यही भन्थे त्यस्ताका गोरे बहादुर खपाङीमगरलाई । समयले निकै फड्को मारी सकेको छ । ४६ , ४७ सालको आवज् आज ७० सम्म आइपुग्दा कती परिवर्तन भयो समाज्,रास्ट्र,मानिसहरुमा, तीनका चेतनामा, बुद्दिमा, बिबेकमा जो कोहि पनि सजिलै अनुमान गर्न सकिन्छ ।
देस परिवर्तन का लागी धेरै लडाइ, आन्दोलन्हरु भए जस्ले देसमा तुलनात्मक केहि भए पनि परिवर्तन भएको महसुस भर्खर गर्ने बेला आएको थियो तर्, त्यो त मात्र देखाउने जस्तो देखिदैछ जस्तै सम्पुर्ण नेपाली जनताहरुको हक अधिकार्, गरिवि, महिला, दलित्, आदिबासी जनजाति, मधेसि, मुस्लिम्, के पूर्व, के पश्चिम्, के तरार्इ सबैलाई यौटै मालामा गासेर देसलाई सङघीय गर्णतन्त्रात्मक राज्यको स्थापना गर्ने सोचले भएका कयौ आन्दोलन ४६/४७ को जनआन्दोलनले ३० बर्से पन्चायत फाल्यो, फेरी माओबादीको सस्सत्र सङ्घर्ष १० बर्से (५१ देखि ६१) र ६२ देखि ६३ को संयुक्त जनाआन्दोलनले राजसंस्था फाल्यो त्यो सबै के का लागी त ? त्यही गरिविको चपेटामा परेका नेपाली जनताहरुको आर्थिक उन्नति, प्रगति, पछी परेका जनताहरुको हक अधिकार सुनिस्चित गर्नुको लागी थियो नै, त्यही जनादेस बोकेर जनताले माओबादिलाई देसको ठुलो दल बनायो, अनी सरकारको अनुभब पनि गर्यो उस्ले ।
त्यो भन्दा धेरै अनुहार आए गए, मानौकी जस्तै आए उस्तै गए, परिवर्तनको नाममा ब्यक्ती परिवर्तन गर्न सफल भए सबै अनुहारहरु । कती नाम लिने तीनका नाम लिनु पर्ला जस्तो लाग्दैन मलाई किन कि एस्को भुक्तभोगी तपाइ हामी सबै दुखी नेपालीहरु नै हौ । समयको परिवर्तन सँगसगै सबै कुराको परिवर्तन असम्भ्याबि नै रहन्छ, त्यो निरन्तर आफ्नै गती अनुसार अगाडी बढीनै रहेको हुन्छ । यही तितो यथार्ततालाई सधै मनन गरेर मानविय स्वोरुप, बानि, आचारणलाई पनि सँगसँगै परिवर्तन गर्नु त्यतिकै आबश्यक हुन्छ । यदी त्यो गर्न सकिएन भने सधै पछी पर्नु पर्ने कुरा सायद हाम्रा नेताहरुले बुझ्नु पर्ने थियो तर त्यसो गर्न सकेनन्, आफ्नो बुद्दिले न भ्याय पछी अरुको बुद्दी र सल्लाहलाई अङिकार गर्नु पर्दछ ।
त्यही भएर देसले पाएको ऐतिहासिक संबिधान सभालाई जनताको परिवर्तनको रुपमा प्रयोग गर्नु पर्ने थियो त्यसो हुन सकेन यो सारै ठुलो दुरभाग्य हुन पुगे नेपाली इतिहासमा पछी परेका आदिबासी जनजाति, दलित् ,मधेसि, मुस्लिम्, महिला, गरिवीको चपेटामा परेका सम्पुर्ण नेपाली समुदायको लागि अब फेरी यस्तो कैले नहोस भनेर हामी सबैले प्रार्थना गरौ । इतिहासमा धेरै परिवर्तनका गफहरु पढ्न पाइन्छ, अहिलेसम्म नेपाली समाजले सबैभन्दा बढी आशा राखेको संबिधान नेपाली जनताको संबिधान लेख्ने मौका अब सायद त्यती सजिलै आउने छैन किन कि, हिजो दलहरुले चाहेर वा न चाहेर संबिधान् लेख्ने माहोलको सिर्जना भएको थियो अब त्यो निकै टाढा पुगेको छ । त्यस्को लागी सबै भन्दा ठुलो गल्ति माओबादिको देखिन्छ । संबिधान सभामा सबैभन्दा ठुलो दल माओबादी क्रान्ती बिना सत्ता हात पार्न सकिन्न भन्ने पाठ रटान लगाउदै १३ हजार भन्दा बढी गरिव नेपाली जनताको रगतको बली दिएर आफु पैलो पटक सत्तामा पनि पुगेको थियो, अनी सिद्दान्त पनि त्यही बोकेको थियो गरिविको मुक्ति, पछाडी परेका दलित्, आदिबासी जनजाति, महिला, मधेसि, मुस्लिम सबैको हक अधिकार सुनिस्चित गर्ने छौ र देस मा गणतन्त्र स्थापना गर्ने छौ भन्ने मुल नारा लिएको पार्टी माओबादि, भलाई उस्ले सत्तालाई आफ्नो सिद्दान्त अनुसार सन्चालन गर्न नसके पनि मुख्य भूमिका उस्को नै हुने गर्छ र रहेको थियो नै, किन कि एस्को प्रमाण अरु दल् एमाले काङ्ग्रेसले नभने पनि नेपाली जनताहरु नै छन ।
यसमानेमा माओबादीले साच्चै देस र ति १३ हजार सहिदहरुको रगत अनि ३ करोड नेपालीहरुको पिडा र दुखलाई आत्मसाथ गरेको थियो भने त्यो जेस्ठ १४ गते भन्दा अगाडी नेपालले नया जनताको संबिधान् पाउथ्यो, यस्मा कसैको दुइमत छैन भलाई अहिले उनिहरुले दोश एमाले र काङ्रेसलाई दिए पनि । एमालेको कुरा त अब के गर्ने र रुन त आफुलाई कम्न्युस्ट बनाउनै सक्यो न त पुर्ण प्रजातन्त्र न त समाजबादी नै ? अनि काङ्रेसले आफुलाई निकै प्रजातन्त्र र समाजबादको ओकालत गर्छ बिपीको खुब् नाम जप्छ तर ब्याभार चाही जङ बहादुर राणाको जस्तो गर्छ । त्यसैले यि ३ दल जस्ले आफुलाई देसको मसिहा ठान्छन र हाम्ले जे गरेनी हुन्छ भन्ने कुरुप एकलकाटे सोचले गर्दा आज गरिव जनताको हातमा न संबिधानको शब्द छ ? न त दलप्रती गतिलो बिश्वास् । यस्तो अवस्थाको सिर्जना गर्ने ब्यक्ती भनउ अब किन कि ति पार्टिका अन्य नेता तथा कार्यकर्ताहरुले पनि स्विकार नगरेको काम गरेका छन । प्रचण्ड्, बाबुराम्, सुशिल कोईराला, माधव नेपाल्, झलनाथ खनाल, बिजयकुमार गछेदारहरुले भने अब सचेत् नागरिकले कसरी स्विकार गर्छ र पछी फेरी बिश्वास् गर्छ ?
नेपालको कुल जनसङ्ख्याको ८० प्रतिसत आदिबसी जनजाति, मधेसी छन्, त्यस्मा ३० प्रतिसत बिदेसमा बाकी ५० प्रतिसत देसमा, आज ति मानिसहरुको चेतनाको स्तरमा ठुलो परिवर्तन आएको छ । धेरै युवाहरु सिक्षित बनिसकेका छन को हि हुने क्रम मा छन । यो खुशीको कुरा हो राम्रो पक्ष हो रास्ट्र र समाजको लागी । यही कुराको मनन गर्न सकेनन ति कतिथ ब्रमाणबादी सोच भ्एका नेताहरुले अहिले देसलाई जुवाको दाउमा राख्ने र जनतालाई बिदेसीको गुलामि बनाउने कुटिल चाल र देसलाई फिजी करण, सिक्किमी करण र भुटनिकरण बनाउने घुमाउरो निती अबलम्ब्न गर्दैछ यो निकै दुखदायी अवस्था हो । यौटा सचेत नागरिक र सच्चा नागरिकहरुको लागी सहिय कुरा हुनै सक्दैन ।
चेतनाको बिस्तारको मापदण्ड गर्ने कुनै मेसिन बनेको छैन अहिलेसम्म । यो त यौटा मानविय चारितृक स्वोभाव्, उस्को संसार्, उस्ले प्राप्त गर्ने सिछ्या, उस्को समाज्, साथिभाइ, इस्ट्मित्र आदी कुराले मापदण्ड निर्धारण गरेको हुन्छ । त्यसैले गर्दा आज हामी गरिव, दुखी जनता अनि सदियौ देखी पछाडी परिएका समुदायहरुले सोच्ने, मनन गर्ने बेला आएको छ । ति नेताहरुबाट अब कुनै पनि नयाँ आयामको कल्पना गर्नु मात्र कोरा फगत हुनेछ । त्यसैले अब हामी भित्रैबाट आउने दरिलो नेपाली समाज्, नेपाली समुदाय, गरिवीको चपेटामा परेको समुह उनिहरुको उथ्थान गरी बिश्व परिबेसलाई पछ्याउन सक्ने निडर् ब्यक्तित्वले नेतृत्व लिन लगाउने बेला अएको छ ।
अहिले सन्सारका बिकाससिल देशहरुले यौटा संसार यौटा मान्छेको अबधारणाको बहस सुरु गरिसकेका छन । हाम्रै छिमेकी रास्ट्रहरु चिन र भारत सांसारिक उदिएमान प्रगतिउन्मुख रास्ट्र बनिसकेको अवस्था छ, हामी हाम्रो नेपाल हिजो १९४७ मा १४७१८१ बर्ग किलोमिटर भन्ने आज ७० को दसकमा आइपुग्दा बढ्नुको त कल्पनै न गरौ जुन भएको पनि जोगाउन नसक्ने यौटा निरिह बन्नु कहाँ सम्मको दुख लाग्दो कुरा हो ? नेपालमा जती पनि कम्युनिस्ट सिद्धान्तको रटान खुब गरिन्छ, मार्क्स्बाद्, लेनिनबाद अनि माओबाद् सर्बहरा बर्ग्, क्रान्ति, समाजबाद्, साम्यबाद आदी इत्यादी । तर सब का सब थोत्रे दन्ते कथा जस्तो लाग्छ नेपाली समाजका गरिव् नेपाली पछी परेका, अनपढ दुखीहरुको लागी उ मात्र सुन्छ, अनी निक्कै बुझे जसरि मुन्टो हल्लाउछ । रटाने सैलीको राजनिती गर्न खप्पिस् हिजो महभारत पर्बतबाट आएका कासी र वाराणासिएन पण्डितहरुले हिन्दु धर्मको रटाने, भटाने (भाटा हान्ने अथवा गोली ले भुट्ने) गरेर नेपालका राजाहरुलाई (सुख, सुबिधा, सयल्, मोज्, मस्ति, जाड, भाङ, तरुनी आदि) को मोहमा कस्न सफल पण्डितहरु आफुहरुले आध्यारो कुनाबाट तिर चलाउन सिकाउने राजाहरुलाई भाङ्, धतुरो र तरुनीहरुको मोजमस्तिको जिन्दगी बिताउनु पर्दछ भन्ने कुटिल् चालमा पृथिव नारायण शाह देखी अस्ती सम्मका ज्ञानेन्द्र शाहसम्म अछुतो रहन सकेनन । त्यसैको फलस्वरुप नेपाल जैले पनि भारतिए हिजोका पण्डित् हरुको चङुल बाट बाहिर निस्कन सकेको छैन ।अब कस्ले भन्छ नेपाल यौटा स्वोतन्त्र रास्ट्रहरू भनेर र ? यि सबका सब कागजि खोस्टोमा मात्र सिमित हो ।
हिजो नेपालमा नलेखिएका इतिहासहरू त कती छन कती , जती पनि लेखिएका इतिहासहरुलाई हेर्ने हो भने पनि यो कुरा प्रस्ट हुन्छ कि हिजो भएको कोत पर्ब काण्ड भण्डारखाल काण्ड, नारायणहिटी काण्ड यसब का सब काण्डमा किन यौटा पनि ब्रमाणको मृत्यु भएको छैन ? नेपालको इतिहासमा निकै ठुलो घटनाको रुपमा हेरिने काण्डहरु अनि ४६ को आन्दोलन पछीको माओबादी जनयुद्धमा पनि हेर्नुस त्, सब भन्दा बढीको मारिएको छ ? ति ब्रमाण कि दलित, आदिबसी जनजातीहरु ? कैले पनि हार्नेहरुको इतिहास लेखिने गरिदैन नेपाल पनि त्यसैको दासि हो र जैले पनि ति तागाधारिू कुटिलहरुले नेपाललाई र नेपाली जनताहरुलाई दासको रुपमा हेरिरहन्छ र यो प्रयास गरिरहन्छन जतिबेलासम्म उनिहरुले चाहन्छ । त्यसैले यि र यस्ता पाखण्डिहरुको बिचारलाई तह लगाउने यौटा मात्र गतिलो उपाए भनेको सम्पुर्ण आदिबासी नेताहरु जुन सुकै सिद्धान्त वा बिचारमा किन नहोस् सिङो एउटै गोल्बन्द मोर्चा बनाउनु नै हो ।
जवसम्म उनिहरुको (कबिले) पछी लाग्न आदिबासी जनजाति, दलित लगाएत पछाडी परेका जनताका अगुआ तथा नेताहरु तवसम्म कैले पनि कल्पना न गरे हुन्छ ति समुदायहरुको मुक्ति अनि रास्ट्रको उन्न्ति, प्रगति सब फगत हुनेछ । यौटा समृद्ध समाज, समृद्ध रास्ट्र प्रगतिवान आर्थिक उन्नती आदिको कल्पना तब मात्र सार्थक हुन्छ, जव त्यो देसका सासक बर्गहरुको उच्च इच्छा सक्ति (परिवर्तनका लागि) र त्यो देसका गरिव जनताको पसिना, अनी सिक्षित युवा बर्गहरुको संयुक्त सहभागिता (देस भित्र बसोबास गर्ने सम्पुर्ण जातजाति, भाषा, धर्म्, संस्कृती आदिको समान सहअस्थित्व्) लाई आत्मसाथ गरेर अगाडी बढ्नु पर्दछ । दुखको कुरा मेरो नेपालमा यो कोरा कल्पना मात्र हुनेछ, किन कि ति बर्गका मानिसहरुको सोच्ने सैलि, प्रयोग गर्ने भाषा, काम गर्ने सैली यि सबैले के देखाउछ भने (त्यस्तो खालको इच्छाशक्ती त छ्दै छैन) अझै पनि नेपाल तीनेरूको बिर्ताठान्छन ।
तर यो उनिहरुको ठुलो भुल हुने छ यदी अब बेलामा बुद्दी नपुर्याउने हो भने हिजोका सासकबर्ग जसरि समाप्त भएर गयो अब त्यो नहोला भन्न चै सकिदैन । हामी आदिबसी जनजत, दलित्, मधेसि, मुस्लिम्, महिला, गरिवीको चपेटामा परेका हरेक नेपाली नागरिकहरुको चाहना राज्यको हरेक तह र तप्का जस्तै कार्यपालिक, न्यायपालिका, ब्यबस्थापिकामा समान सहभागिता भन्ने हो न कि त्यहाँ भएको ब्रमाणलाई पुरै फाल्नु पर्छ भन्ने होईन, यो कुरा ति कुटिल पण्डितहरुलाई राम्रैसँग थाह छ, तर पुर्खाको बिर्ता ठानेर आफुलाई इतिहासको कठपुतलिको रुपमा उभ्याउन चाहन्छन भने केहि भन्नु छैन, त्यो दिन अब धेरै टाढा छैन ।
अब हिजो सुतेको आदिबासीहरु बिउझिसकेको छ हिजो फक्ल्याण्डको टापुमा देखाएको खुकुरि अब तिमीहरु तर्फ तेर्सिनेछ हिजो कार्गिल र लद्दाख्मा पड्किएका बारुदहरु तिम्रै बिस्तारमा पड्किनेछ किन कि मानिस कैले पनि कसैको दास बनेर बाच्न सक्दैन यो त धुर्ब सत्य कुरा हो । यहाँ नेर महत्वपुर्ण कुरा के भने, जैले पनि भारतले नेपाललाई (सदियौ देखि) अफ्नो गुलाम नै ठान्छ, त्यसैको लहडमा अमेरिका र अन्य यिउरोपिएन देसहरुले पनि चासोको रुपमा लिन्छन । त्यो स्वभाबिक नै मान्न सकिन्छ । अरुहरुको अफ्नै स्वार्थ हुन्छन तर यहाँ (यौटा सच्चा नेपाली भेट्नै गाह्रो भो) त्यसैको आबस्यक्ता पुर्ती गर्नलाई हामी आदिबासी जनजातिहरुले नै सत्ताको बागडोर सम्हाल्नु पर्ने आजको आबस्यक्ता भएको छ ।
अब तिमीहरु सम्पुर्ण आदिबासी जनजातीनेता, शुभचिन्तक, अगुवा, सिक्षक, बिद्ध्यार्थी, महिला, युवा) यौटै आगनमा उभिनु आबस्यक छ । न कि ब्यक्तिगत स्वार्थमा लागेर केहि क्षणिक लाभको पछी लाग्नेहरु एक छिनको मुते न्यानो त होला तर तिमी पछी यसरी पछारिने छौ कि त्यती बेला तिमीलाई उठाउन हात दिनेहरु कोही हुने छैनन ।
समय परिवर्तनसिल त्यही समयको पछी दौडने हामी मानिसहरु चेतनसिल मानिसले समयलाई चिन्द्छ, अनी सही के हो गलत के हो तुरुन्तै निर्णय गर्छ, आफुले गरेका गल्तीहरु सुधार्न पट्टी लाग्दछ अनि उ पैलाको गल्तिलाई सक्तिको रुपमा प्रयोग गर्दछ अनि उ सफल हुन्छ । अब हामी आदिबासी जनजातीहरुका नेता तथा अगुवाहरुले हिजो के गरे, के प्रगती भयो, के गर्नु पर्थ्यो र ? भन्ने कुराहरुको गहन तरिकाले बिश्लेशण गर्ने बेला आएको छ । आदिबासीका नेल्सन मण्डेला आज हाम्रा सामु हुनुहुन्न (डा हर्क गुरुङ्ग) तर वहाँले देखाएको र कोट्टाएको बिषय र यथार्ततालाई मनन गरेर वहाँहरुको बिचारलाई नेपाली समाज र आदिबासी जनजाती आदीको उथ्थानको लागी कोसेढुङाको रुपमा चित्रण गर्नु नितान्त आबस्यक छ । अब हामीले हाम्रो मातृभुमि नेपालको नयाँ रुपरेखा कोर्नु आबस्यक छ, त्यस्को लागी सम्पुर्ण आदिबासि, बुद्दिजिवि, युवा, महिला हरेक तह र तप्काका सचेत आदिबासिहरुले बिकट गाउँ गाउँ, बस्ती बस्तीहरुमा रहेका सम्पुर्ण गरिव नेपालि, पछाडी पारिएका जनमानसहरुलाई शिक्षाको उज्यालो र चेतनाको बिकल फुक्नु जरुरी छ ।