जन्मभूमि नेपाल आमाप्रतिको आफ्नो दायित्वबोध बिर्सन हुन्न : कार्की

Read Time:5 Minute, 18 Second

४ मइ, २०१३ साइप्रस हल मेलबर्न, नेपाली जनप्रगतिशील मन्च अस्ट्रेलियाद्धारा आयोजित सांस्कृतिक कार्यक्रममा एनेकपा माओबादीका पोलिटब्युरो सदस्य एबं बिदेश बिभाग प्रमुख राम कार्कीले बिभिन्न कारणबश अस्ट्रेलिया आएर अस्ट्रेलियालाई कर्मभूमि बनाए तापनि आफ्नो आमाको तुलनामा अरुको आमा जतिसुकै सम्पन्न र सुन्दरी भए पनि आफ्नो आमा भनेको आफ्नै आमा हुने र वास्तबिक माया आफ्नै आमासंग नै हुने भएकोले जन्मभूमि नेपाल आमाप्रतिको आफ्नो दायित्वबोध बिर्सन नहुने बताउनु भयो ।

सोही कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका तर्फबाट जन-गायक जीवन शर्मा र बद्री पंगेनीलाई अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले प्रमाण-पत्र दिंदै जनादेशका सांगितिक दूतद्धयलाई अभियानको सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएको घोषणा गर्नु भएको थियो । अभियानले यस अघि बरिस्ठ हास्य कलाकार मनोज गजुरेललाई वेलायतको एक सांस्कृतिक कार्यक्रममा अभियानका बिस्व कार्य समितिका सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठले र नेपालको तर्फबाट संयुक्तराज्य अमेरिकाको दुई राज्यहरु मेरिल्याण्ड र पेन्सिलभानियाका लागि अबैतनिक महाबाणिज्य दूत रहनु भएका लोक गायक प्रेमराजा महतलाई नेपालमा तेस्रो लुम्बिनी(कपिलवस्तु दिवस मनाउने क्रममा कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्पकमल दाहाल प्रचन्डले अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको प्रमाण-पत्र प्रदान गर्नु भएको थियो ।

कलाकारद्धयलाई प्रमाण-पत्र प्रदान गर्नु अघि अभियानका बिस्व संयोजक श्रेष्ठले बुद्धको बिस्वब्यापी महत्वका कारण लालायितहरुद्धारा बुद्ध जन्मस्थल बिषयमा सिर्जना गरिएको दिग्भ्रमले जटिल रुपमा बिस्वब्यापी रुप लिसकेकोले यो दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले शुरु गरिएको यो अभियानमा सबैले आ(आफ्नो क्षमता, कार्य क्षेत्र, रुची अनुसार बिभिन्न स्तर र बिभिन्न किसिमबाट योगदान दिन सकिने बताउँदै बिभिन्न देशमा बसेका नेपालीहरुले के कसरी अभियानको उद्धेस्य प्राप्तीमा काम गरिरहेका छन भन्ने कुराको फेहरिस्त पेश गर्नु भयो र अभियानका नव(नियुक्त सांस्कृतिक दूतद्धयले आफ्नो सांस्कृतिक अभियानको क्रममा अभियानको उद्धेस्य प्राप्तीलाई सहयोग पुग्ने किसिमले जन चेतना जगाउने कामलाई एउटा महत्वपूर्ण पाटो बनाउनु हुने कुरामा अभियान बिस्वस्त भएको बताउनु भयो ।

उक्त कार्यक्रममा अस्ट्रेलियाकै धनी ब्यक्तिको सूचिमा पर्नु हुने शेष घले, साउथ अस्ट्रेलियाका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम दिपक धमला, डा राजु अधिकारी लगायतका ब्यक्तिहरुले रेडियो जनादेशको सफलताको कामना गर्दै मन्तब्य ब्यक्त गर्नु भएको थियो । स्मरण रहोस रेडियो जनादेशको ऊदघाटन पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले गत २७ मार्चका दिन सिडनीमा गर्नु भएको थियो ।

कलाकारद्धय जीवन शर्मा र बद्री पंगेनीको गीतमा नेपाली मात्रै नभएर मोरल्याण्ड सिटी काउन्सिलका काउन्सिलर सु बोल्टन, ट्रान्सफर्म एशियाका अध्यक्ष फिलिपिनकी रेइहाना मोहिदिन लगायतका बिदेशीहरु समेत खुलेर नाचेका थिए भने स्थानीय कलाकारहरुको पनि कार्यक्रममा सहभागिता थियो ।

कार्यक्रमको शुरु नेपाली जनप्रगतिशील मन्च अस्ट्रेलियाका अध्यक्ष माण्डब राज कार्कीको स्वागत मन्तब्यबाट शुरु भएको थियो भने कार्यक्रम सन्चालन निरान्जन गउलीले गर्नु भएको थियो ।

R. K.

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %