२८ अप्रिल २०१३, आइतबार ।
प्रेस विज्ञप्ति
पूर्व मन्त्रि तथा आदिवासी जनजातिका अग्रज व्यक्तित्व श्री गोरे बहादुर खपांगी मगर गत बिहिबार एक मोटरसाइकल दुर्घटनामा परि गम्भीर अवस्थामा काठमाडौँको बीर अस्पतालमा उपचारको लागि भर्ना गरिएको र थप उपचारको लागि भनि पछि अन्नपूर्ण न्यूरोलोजी अस्पतालमा उपचार भैरहेको जानकारी प्राप्त हुन आएको छ । तर, दुर्घटना भएको चार चार दिन सम्म वहाँको स्वास्थ्यमा कुनै सुधार नदेखिदा र अहिले वहाँको अवस्था झन् गम्भीर रहेको भन्ने समाचार सार्बजनिक हुँदा सम्म पनि नेपाल सरकारले वहाँको थप उपचारमा खासै चाँसो नदेखाएकोमा ूअन्तरराष्ट्रिय नेपाल आदिवासी जनजाति संयुक्त संघर्ष समितिू ले नेपाल सरकारको यो बेवास्ता प्रति दुख ब्यक्त गरेको छ ।
पूर्व मन्त्रि, श्री खपांगी मगर बिगत चालिस बर्ष देखि नेपाली राजनीतिमा अनवरत रुपले कृयाशिल रहनु भएको र वहाँले नेपाली समाज र राष्ट्रलाई पुर्याउनु भएको अमुल्य योगदानलाई कदर गर्दै, वहाँको थप उपचारको लागि नेपाल सरकारले छिटो भन्दा छिटो कुनै अन्तरराष्ट्रिय स्तरको सुबिधा सम्पन्न अस्पतालमा अबिलम्ब पुर्याई, वहाँको थप उपचार गर्न नेपाल सरकारले पहल शुरु गरोस्, जसरी नेपाल सरकारको ब्यबस्थापनमा अन्य राजनीतिक दलहरुका नेताहरुलाई सुबिधा दिने गर्ने गरिन्छ ।
पूर्व मन्त्रि, श्री खपांगी मगरलाई थप उपचार गराउन नेपाल सरकारले कुनै चाँसो नदेखाउदा नेपाली राजनीति र राजनीतिज्ञहरुमा पनि पक्षपात व्यवहार नेपाल सरकारबाट हुने गरेको र अहिले देखिएको यो भेदभाव पूर्ण व्यवहार प्रति नेपाल आदिवासी जनजाति महासंघको अन्तरराष्ट्रिय संगठनले नेपाल सरकार प्रति गम्भीर ध्यानाकर्षण गर्दछ ।
हुम सुनारी मगर
संयोजक,
अर्न्तराष्ट्रिय नेपाल आदीवासी जनजाति संयुक्त संघर्ष समिति