राज्यसत्ता, २७ अप्रिल, नेपाल मगर संघ केन्द्रिय समितिका पुर्व अध्यक्ष तथा आदिवासी जनजाति नेता र पूर्वमन्त्री गोरेवहादुर खपाङगी मगर यहि २०७० बैशाख १२ गते करिब दिउसो १ बजे तिर राष्ट्रिय सभागृह अगाडी प्रदर्शनीमार्गमा बा ५१ प ७३७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो l
(नेता तथा पूर्वमन्त्री गोरेवहादुर खपाङगी मगर भेन्टिलेटरमा)
मोटर साईकलको ठकरबाट घाईते हुनु भएको र पहिलो चरनमा विर हस्पिटल र अहिले माइतीघर मण्डला नजिकैको अन्नपूर्ण न्यूरो अस्पतालको ICU कक्षमा बेहोस अवस्थामा उपचार भै रहेकोछ । उहाँ अदिबासी चलचित्र महोत्सवमा अतिथिको रूपमा भाग लिन त्यस तर्फ गैरहनु भएको थियो ।
खपांगी अझै होसमा आउनु भएको छैन । मोटरसाइकल चालक भक्तपुर निवासी मुहमद मशिन शेख प्रहरीको नियन्त्रर्णमा भए पनि कुनै कारबाही अगाडि बडाइएको छैन । नेपाल सरकारले उहाँको स्वास्थ्य उपचारमा उदासिनता देखाएर सक्कली ब्राहमणबादको रूप देखाइ रहेको छ । राजयसत्तामा कुंडलि मारेर बस्ने ब्राहमणबादी शासकहरू र उनका वोरीपरि घुम्ने भरौटे, धपौरेहरू सामान्य रुघाखोकी लाग्दा सिटामोल खान राज्यको ढुकुटी स्वाहा पारेर बैंकक, सिंगापुर, अमेरिका र भारत पुग्ने तर राजनेता खपांगीको उपचारका निम्ति भने बेवास्ता र सौतेलो ब्यबहार गर्ने ? के यो देश तिमारको मात्रै हो ?
(मुहमद मशिन शेख, चालक)
स्व. गिरिजा प्रशाद कोइरालालार्इ डक्टरहरूले बाहिर नलान भन्दा भन्दै पनि एयर एम्वुलेन्सनै चार्टर गरेर स्वास्थ्योपचार गराउन सिंगापुर लादा उनकी छोरी शुजाता कोइरालाले बाबुको नाममा ठुलै ब्रह्मलुट गरीन । गत साल मात्र सुशील कोइराला, के.पि. ओलीहरूले राज्यको ठूलो धनराशी खर्च गरेर अमेरिका पुगेर स्वास्थ्योपचार गराएका हुन् । उता बिरामीको यथोचित उपचार काठमाडौँमा नै हुने भन्दा भन्दै पनि माओवादीका नारायण काजी श्रेष्ठहरु २५ सौं लाख खर्च गरेर जापान उडेका कुरा मिडियामा अझै सेलाइ सकेको छैन ।
एक्कल जातिय हैकमबादी शासकहरूले इयरडिफेन्डर र कालो चश्मा लगाएर बसेकोले उनिहरूलार्इ सचेत गराउन जनजाति महासंघ र नेपाल मगर संघले छिट्टै घच्घचाउंने भएको जानकारी खपांगीका छोरी ज्वार्इ चन्द्र बहादुर थापा मगरले आज राज्यसत्तालाइ टेलिफोन मार्फत जानकारी दिए ।
(मुहमद मशिन शेखले चलाएको मोटर बाइक)
साथै उहाँको उपचारमा सरकारले बेवास्था गरेकै कारण उपचारको लागि आर्थिक अभाव हुने भएकाले नेपाल मगर संघ केन्द्रिय समितिल्रे सम्पूर्ण संघ सस्था व्यक्ति व्यक्तित्वहरुलाई स्वइच्छिक आर्थिक सहयोग गरि दिनको लागि सबैमा अपिल गर्दै सहयोगदाताहरुलाई नेपाल मगर संघको राष्ट्रिय बाणिज्य बैंक सिंहदरवार शाखा बचत खाता न. ३५३४६ मा डिपोजिट गरी उहाँको उपचारमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ । थप जानकारीका लागि कोषाध्यक्ष क्या. कुलप्रसाद पुनमगर (९८४१७०१८९२) लाई सम्पर्क गर्न समेत पत्रमा भनिएको छ ।