काठमाडौ, १२ वैशाख मोटरसाइकलको ठक्करले घाइते भएका नेपाल मगर संघका पूर्व अध्यक्ष तथा जनाजाति नेता साथै पूर्व मन्त्री गोरेबहादुर खपांगी मगर बीर अस्पतालको इमर्जेन्सी कक्षाको आर्इ सि य मा उपचार गराइरहेका छन् l उनलाई आज प्रदर्शनीमार्गमा बा ५१ प ७३७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो l
पारिवारीक स्रोतका अनुसार उनको टाउकोको देब्रोपट्टी र हातमा चोट लागेको छ l उनको अवस्था स्थिर रहेता पनि अहिलेसम्म होस नआएको परिवारले जनाएका छन l दुर्घटना कसरी भयो यसको बिवरणा आइसकेको छैन l दुर्घटना घटेको हो की षडयन्त्रवस घटाइएको हो यसमा आशंका रहेको कतिपयको भनाइ छ l जनजातिलार्इ सचेत गराइ आजको यो अवस्थामा ल्यार्इ पर्रयाउन खपाङगीको ठुलो योगदान छ l उनी वाहुनबादको खुलेर विरोध गर्ने पहिलो प्रखर नेताको रूपमा चिनिन्छन l