२० अप्रिल, हङकङ । आदिवासी जनजातिले कालो झण्डा देखाउने तयारी गरेपछि शनिबार हङकङमा एमाओवादी अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डेको सार्वजनिक कार्यक्रम स्थगित भएको छ ।
पार्टी कार्यकर्ता एवं नेपाली शुभेच्छुकसँग समसामयिक परिस्थितिबारे सामुहिक छलफल गर्ने कार्यक्रममा आदिवासी जनजातिले कालो झण्डा देखाउने तयारी गरेको सूचना पाएपछि उनी चाइना बोर्डरबाट सीधै एयरपोर्ट गएको हङकङस्थित पत्रकार किसन राईले हाम्रो सम्बादातालाई फोनमा बताए । हङकङमा रहेका आदिवासी जनजातिले महेश प्रशाद दाहाल बाहुनलाई फिर्ता बोलाई जनजाति मूलको महावाणिज्यदूत पठाउन नेपाल सरकारसँग माग गर्दै आएका छन् ।
‘हङकङको महावाणिज्यदूत गैरजनजाति व्यक्तिलाई पठाइएको विरोधमा सार्वजनिक कार्यक्रम गर्न नदिने भनेपछि प्रचण्ड सीधै एयरपोर्ट गए ।’-राईले भने । (Everest weekly) का प्रधान् सम्पादक समेत रहेका पत्रकार रार्इ अशोक राई समर्थित संघीय समाजवादी पार्टीका नेता समेत हुन् । राईका अनुसार प्रचण्डले हंगकंग विमानस्थलस्थित रिगल होटलमा नेपाल चेम्बरर्स अफ कमर्सका अध्यक्ष जगन्नाथ ज्ञवाली, एनआरएनका अध्यक्ष दूर्गाबहादुर गुरुङ, बुद्दि बहादुर थापा क्षेत्रि, कृष्ण लिङखा, चोइटिएका एमाओबादीका स्थानिय नेता, कार्यकर्तासँग खुसुक्क भेटेर नेपाल टाप कसेका छन् । तर, कालोझण्डाको तयारीपछि सार्वजनिक कार्यक्रम स्थगित भएकाले केही कार्यकर्ताहरुले सोही होटलमा पुगेर प्रचण्डसँग भेट गरेको राईको भनाइ छ ।
एकताका एमाओबादी नचोइटिदै दाहाल हङकङ आउँदा जादा डनहरूलार्इ अगाडी पछाडि लिएर ठुलै देशको राजा महाराजा जस्तै भैटोपलिन्थे। अहिले यहाँ यो पार्टी दुइ चिरामा बिभाजित भएपछि अब हङकङमा दाहालको दाल नगल्ने प्रस्ट देखियो ।
चाइनाले दाहाललार्इ रातो कार्पेटमा स्वागत गरे पश्चात के दियो के लिए ? अब हेर्नु बांकी नै छ ।
प्रचण्डको पूर्वनिर्धारित विमान नेपाल एयरलाइन्सले समेत धोका दिएको छ । नेपाल एयरलाइन्सको फ्लाइट रद्द भएपछि चीन भ्रमणबाट फर्किएको प्रचण्डको टोली शनिबार राति साढे दश बजे मात्रै काठमाडौं ओर्लने भएको छ ।
तिल बिक्रम आले मगर, सेङवान